नेपाल सरकारबाट न्युजिल्याण्डका लगि नवनियुक्त अवैतानिक बाणिज्यदूत आत्माराम खनालले यस सुदूर पूर्वमा रहेको देशमा बस्ने नेपालीहरुसँग सम्पर्क अझ बढाउने र उनीहरुको काम-कारवाहिमा सहजता ल्याउनको लागि भूमिका खेल्ने बताउछन्।
यस अघि, उक्त पदमा, जुन हिलारि कार्यरत रहेकी थिइन् र अधिकारिक रुपमा उनी अझै न्युजिल्याण्डको केहि क्षेत्रहरु हेर्दै रहेकी छिन्।
अस्ट्रेलियाको क्यानबेरामा रहेको नेपाली दुतावासले, न्युजिल्याण्डमा रहेका नेपाली समुदायको राहदानीको पुर्ननवीकरण लगायतका अन्य कार्यहरु गरे पनि, त्यहाँको वैतानिक दूतको मुख्य भूमिका ती कार्यहरुको लागि सहजीकरण लगायतको अन्य कार्यहरु पनि रहन्छ।
यसै विषयमा हामीले नवनियुक्त दुत खनालसँग-उहाँको प्राथमिकताहरुको सम्बन्धमा कुराकानी गरेका थियौ। कुराकानी सन्न माथिको मिडिया प्लेयर थिच्नुहोस्।
Share





