SKIP TO MAIN CONTENT

फुटबलसँगै अन्य खेलमा पनि उत्तिकै सक्रिय नेपाली समुदाय

15-year-old Yangchi Lama plays Taekwondo in the National levels in Australia.
15-year-old Yangchi Lama from Melbourne playes Taekwondo in the National levels in Australia Credit: Yangchi lama/Supplied

अस्ट्रेलियामा नेपाली भकुन्डोको छैटौँ भागमा फुटबल बाहेकका अन्य खेलकुद गतिविधिमा नेपाली समुदायको उपस्थितिका बारेमा हामीले कुरा गरेका छौं, मेलबर्नकी प्रेरणा मल्ल र अस्ट्रेलियामा राष्ट्रिय स्तरमा तेक्वान्दो खेल्दै गरेकी १५ वर्षककी याङ्गछी लामासँग।


Published

Updated

Presented by Krishna Pokhrel, Shikha Basnet Khadka

Source: SBS



Skip to podcast episode content

अस्ट्रेलियामा नेपाली भकुन्डोको छैटौँ भागमा फुटबल बाहेकका अन्य खेलकुद गतिविधिमा नेपाली समुदायको उपस्थितिका बारेमा हामीले कुरा गरेका छौं, मेलबर्नकी प्रेरणा मल्ल र अस्ट्रेलियामा राष्ट्रिय स्तरमा तेक्वान्दो खेल्दै गरेकी १५ वर्षककी याङ्गछी लामासँग।


प्रेरणा मल्ल 'काका' ८ वर्ष भयो अस्ट्रेलिया आएको, पेसाले उनी पीटीइ पढाउँछिन्।

बास्केटबल आफ्नो पहिलो प्रेम भएको बताउने प्रेरणा १३ वर्षको उमेरदेखि यसमा रमाउँदै आइरहेकी छन्।

पहिलो पटक तालिममा गएपछि, उनलाई बास्केटबलको नशाले कहिल्यै छाडेन र उनको निरन्तरता अस्ट्रेलिया आएर पनि चलिरहेको छ।

“अरू काम गर्न भ्याइँदैन की भनेर धेरै चोटि सन्यास लिन कोसिस गरेँ तर र्स्पोट्स भनेको त्यस्तै हुँदो रै'छ,” उनले भनिन्।

यु कम ब्याक टु इट!
प्रेरणा मल्ल

याङ्गछी उमेरले १५ वर्ष पुगिन्, उनले ८ वर्षदेखि तेक्वान्दो खेल्न सुरु गरेकी हुन्।

अहिले कक्षा १० मा पढ्दै गरेकी याङ्गछीले प्रशिक्षण समेत दिने गरेकी छन्।

विद्यालय शिक्षाको अन्तिम केही वर्षमा रहेकी याङ्गछीले के पढाइसँगै तेक्वान्दोलाई पनि सँगसँगै लिएर जालिन्? पोडकास्टको पुरा भाग सुन्नुहोस्।

अस्ट्रेलियामा नेपाली भकुन्डो पोड्कास्ट एसबीएस रेडियो एप वा तपाइको रोजाइको पोड्कास्ट एप्पल पोड्कास्ट वा स्पटीफाइ एपलाई फलो गरेर सुन्न सक्नु हुनेछ।

अस्ट्रेलियामा नेपाली भकुन्डो पोड्कास्टको पाँचौँ भाग सुन्न यहाँ जानुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now