Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियामा आप्रवासी समुदायका मानिसहरू ठगिने क्रम बढ्दो

scam

Scams Awareness Week (8-12 November) is about starting a conversation about scams so that people can identify them more easily. Source: Getty Images/seksan Mongkhonkhamsao

आप्रवासी तथा विविध समुदायका मानिसहरू ठगी एवम् विभिन्न घोटालाहरूमा पीडित हुने गरेको एक अध्ययनले देखाएको छ।


Published

Updated

By Jennifer Scherer

Presented by Krishna Pokhrel

Source: SBS




Share this with family and friends


आप्रवासी तथा विविध समुदायका मानिसहरू ठगी एवम् विभिन्न घोटालाहरूमा पीडित हुने गरेको एक अध्ययनले देखाएको छ।


'स्क्याम'का कारण आफूले भोगेको आर्थिक हानिका बारेमा सिड्नी स्थित तामिल समुदायका तीन जनाले बोलेका छन् ।

यस्तै किसिमका ठगीका घटनामा अन्य मानिसहरू नपरून् र आर्थिक हानी बेहोर्नु नपरोस् भन्ने उद्देश्यले उनीहरूले सचेतना जगाउन पनि आफ्नो अनुभव बाँडेका हुन्।

हाल, यस्ता आप्रवासी समुदायका मानिसहरूले रकम गुमाउने क्रम दिनानुदिन बढिरहेको देखिएको छ।

लगानी सम्बन्धी एक स्क्याममा आफ्नो १७ हजार डलर गुमाएका कुमार*, आफ्नो रकम फिर्ता पाउने आशा गर्छन्।

उनी भन्छन्, "हामीले मुद्दा दायर गरेका छौं।" 

"सरकारले केही कदम चाल्ला र हाम्रो पैसा फिर्ता हुनेछ भन्ने आस छ।"

तामिल समुदायका यी तीन जनाले संयुक्त रूपमा 'होप बिजनेस' भन्ने लगानी सम्बन्धी ठगी धन्दामा २० हजार डलर भन्दा बढी गुमाएका हुन्।

Online fraud
Source: Getty images

तामिल भाषा बोल्ने एक ठगले उनीहरूलाई फेसबुक मार्फत सम्पर्क गरेको उनीहरूको भनाई छ।

मोहन* भन्छन् कि दु:ख गरेर कमाएको पैसा गुमाउन पुगे नै अन्य मानिसको पनि ठुलो रकम गुमेकोमा दुख लागेको छ।

अस्ट्रेलियाको उपभोक्ताको हकहित हेर्ने संस्था अस्ट्रेलियन कन्स्युमर एण्ड कम्पिटिसन कमिसनका अनुसार, यी ठगीका घटनामा अस्ट्रेलियामा भर्खरै बसाई सराई गरेर आएका श्रीलङ्का र म्यानमारका मानिसहरू बढी पीडित भएका छन्।

गत वर्ष मात्र यस्ता ठगी धन्दाहरूमा ८७ प्रतिशतको वृद्धि देखिएको छ, जसमा २३ करोड ६० लाख डलर भन्दा बढीको घोटाला भएको थियो।

यो वर्ष मात्र पनि स्क्यामवाचमा २ लाख ४० हजार वटा यस्ता रिपोटहरू परेका छन्।

रिपोर्ट सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

सबैभन्दा बढी, लगानी सम्बन्धी ठगीमा मानिसहरूले १२ करोड १० लाख डलर गुमाएका छन्।

अङ्ग्रेजी दोस्रो भाषाका रूपमा रहेका मानिसहरूले मात्रै करिब ३ करोड ६२ लाख डलर गुमाएका छन्।

यो तथ्याङ्क गत वर्षको तुलनामा ९२ प्रतिशतले बढी हो।

अना ब्लाइ अस्ट्रेलियन बैङ्किङ एसोसिएसनकी प्रमुख कार्यकारी अधिकृत हुन्।

उनी भन्छिन्, “ठगहरूले भेदभाव गर्दैनन्, उनीहरू जहाँबाट पनि पैसा निकाल्न खोज्छन् तर अङ्ग्रेजी पहिलो भाषा नभएका वा बैङ्किङ प्रणाली भिन्न भएका देशबाट आएका मानिसहरू ठग्न भने उनीहरूलाई सजिलो हुन्छ।”

ठगिएका यी तिन मानिसले आफ्नो रकम फिर्ता पाउलान् नपाउलान् अन्य मानिसहरूलाई यस्तै ठगीबाट बच्न भने उनीहरूले सचेत बनाएका छन्।

*गोपनियताका लागि नाम परिवर्तन गरिएको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now