Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

न्यु साउथ वेल्समा चिनियाँ विद्यार्थीहरूको नक्कली अपहरणका घटना बढ्दो

Some victims were told to pretend they had been kidnapped.

Some victims were told to pretend they had been kidnapped. Source: NSW Police

सन् २०२० मा न्यु साउथ वेल्स प्रहरीले नौ वटा नक्कली अपहरणका घटनाहरू दर्ता गरिसकेको बताउँदै गर्दा त्यसता घटनामा सहभागी हुने विद्यार्थीहरूसम्म पुग्न प्रहरीले सामाजिक सञ्जाल "वी-च्याट" नै गर्नुपर्ने माग उठेको छ।


Published

Updated

Source: SBS




Share this with family and friends


सन् २०२० मा न्यु साउथ वेल्स प्रहरीले नौ वटा नक्कली अपहरणका घटनाहरू दर्ता गरिसकेको बताउँदै गर्दा त्यसता घटनामा सहभागी हुने विद्यार्थीहरूसम्म पुग्न प्रहरीले सामाजिक सञ्जाल "वी-च्याट" नै गर्नुपर्ने माग उठेको छ।


नक्कली अपहरणकर्ताहरूले अहिलेसम्म ३० लाख डलर भन्दा बढी रकम फिरौती लिइसकेको अधिकारीहरूले बताएका छन्।

अस्ट्रेलियन कम्पिटिसन एन्ड कन्स्युमर कमिसन (एसीसीसी) वा अस्ट्रेलियाली प्रतिस्पर्धा र उपभोक्ता आयोगकी डेलिया रिकार्डले मानिसहरू आफू चिनियाँ अधिकारी भएको नक्कल गर्दै घोटाला गर्ने क्रम बढिरहेको बताइन्।

यस्ता घटनाहरूमा, मानिसहरूले नक्कली चिनिया अधिकारी बनेर अरूलाई ठग्ने, मानिसहरूलाई चीनमा केही अपराधमा फसेको या उनीहरूको पहिचान चोरी भएको जस्ता झुटो आरोप लगाउने अनि आफूले भने झैँ नगरे उनीहरूको देश फिर्ता पठाइने धम्की दिइने गरेको पाइएको छ।

सिड्नी विश्वविद्यालयको चिनियाँ विद्यार्थी सङ्घका सदस्य भिक्की किन् भन्छन् कि, विशेष गरी पहिलो पटक अस्ट्रेलिया आउनेहरू यस्ता ठगीमा सजिलै फस्ने सम्भावना बढी हुन्छ।

सिड्नीकी एक १८ वर्षिया विद्यार्थी आठ दिनको लागि बेपत्ता भइन् र उनको परिवारलाई पुलिसलाई खबर नगर्न धम्की दिइयो। अनि उनको रिहाइको बदलामा लाखौँ अस्ट्रेलियाली डलरको फिरौती रकम माग गरियो तर आखिरमा, यो सबै एक घोटाला मात्र रहेको पत्ता लाग्यो। न्यु साउथ वेल्स प्रहरीका प्रमुख गुप्तचर अधिकृत ड्यारेन बेनेटका अनुसार ती विद्यार्थीले आफ्ना अभिभावकलाई आफ्नो रिहाइका लागि फिरौती तिर्न बिन्ती गर्दै भिडियोहरू पठाएकी थिइन्। यो घटनाको भिडियो च्याट्सवुड स्थित एक २२ वर्षीय कानुनको विद्यार्थीको युनिटमा खिचिएको थियो। ती पुरुष पनि यस्तै घोटालाको सिकार भएको बेनेट बताउँछन्। उनीहरूले ७ सेप्टेम्बरको दिन सिड्नी फिश मार्केटमा एक अर्कालाई भेटे, र त्यहाँबाट ती दुबै जना उक्त युनिटमा गए। भोलि पल्ट ८ सेप्टेम्बरको बिहान ती महिला विद्यार्थीका साथीहरूले उनी बेपत्ता भएको पुलिसलाई रिपोर्ट गरे। उनी च्याट्सवुड स्थित सो फ्ल्याटमा एक हप्तासम्म बसिन् र ती पुरुष आफ्नो पढाइको लागि विश्वविद्यालय गएको समयमा उनले आफ्नो भिडियोहरू बनाउँदै आफ्ना अभिभावकलाई पठाइन् । आफ्ना आमा बुवाले फिरौती तिरेपछि उनी १५ सेप्टेम्बरको दिन त्यहाँबाट निस्किन, र गुप्तचरहरूले उनलाई पिर्मोंटमा भेट्टाए।

यस किसिमको घटना अविश्वसनीय रहेको र यो सहित सन् २०२० मा न्यु साउथ वेल्स प्रहरीले नौ वटा नक्कली अपहरणका घटनाहरू दर्ता गरिसकेको बेनेटको भनाई छ।

यस्ता घोटालाहरूका बारे विद्यार्थीहरूलाई सचेत बनाउनका लागि प्रहरीले विभिन्न भाषाहरूमा सहयोगी सेवाहरू उपलब्ध गराउने गरेको छ तर चिनियाँ विद्यार्थी सङ्घ चाहिँ वी-च्याट नामक सामाजिक सञ्जाल एप प्रयोग गरेको हेर्न चहान्छ।

 

 

 

 

 

 

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now