Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

आप्रवासी सम्बन्धी रिपोर्टद्वारा भिसाका लागि लामो समय प्रतीक्षा गर्नु पर्ने अवस्थाको खुलासा

Campaigners rally against visa delays (SBS).jpg

आप्रवासी कामदारहरू सम्बन्धी काम गर्ने माइग्रेन्ट वर्कर्स सेन्टरको एक रिपोर्टले केही भिसाहरूको प्रक्रियाका लागि पछिल्ला चार वर्षहरूमा दोब्बर समय लाग्ने गरेको खुलासा गरेको छ।


Published

Updated

By Gareth Boreham

Presented by Sunita Pokharel

Source: SBS




Share this with family and friends


आप्रवासी कामदारहरू सम्बन्धी काम गर्ने माइग्रेन्ट वर्कर्स सेन्टरको एक रिपोर्टले केही भिसाहरूको प्रक्रियाका लागि पछिल्ला चार वर्षहरूमा दोब्बर समय लाग्ने गरेको खुलासा गरेको छ।


स्थायी बसोबासका लागि लामो समय पर्खनु परेको भन्दै अस्थायी भिसामा रहेकाहरूले देशभर विरोध प्रदर्शन गरेका छन्।

मेलबर्नमा भएको एक र्‍यालीमा, भारतमा जन्मिएका इन्जिनियर ब्रिजेश बत्राले कडा नीतिहरूका कारण आफ्नो जीवन नै अनिश्चिततामा रहेको बताएका छन्।

"अत्यन्त अनिश्चित, अस्थिर। हामीलाई थाहा छैन हामीले कैले घर किन्ने, कैले हामीले व्यवस्थित भएको महसुस गर्ने। मलाई थाहा छैन कैले यी सबै कुराहरूले सही मोड लिनेछ। जीवनका सम्पूर्ण निर्णयहरू एक पटक पीआर (स्थायी वासस्थान भिसा) लिए पछिमा आधारित छ।"

अस्थायी भिसामा रहेका आप्रवासीहरू स्थायी बसोबास प्राप्त गर्न लामो समय पर्खनु परेको भन्दै यसको विरोधमा सडकमा उत्रिएका छन्।

चीनमा जन्मिएका आप्रवासी पार्ड ट्यान भन्छन्, उनले स्थायी वासस्थान भिसाका लागि दुई वर्ष अगाडी नै आफ्ना कागजातहरू पेस गरिसकेका छन्।

"झन्डै २५ महिना। थाहा छैन किन यति लामो समय लागिरहेको छ।"

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

माइग्रेन्ट वर्कर्स सेन्टरको एक विश्लेषणले अस्ट्रेलियालाई आफ्नो घर बनाउने चाहना राख्ने आप्रवासीहरूको लागि कठिन अवस्था देखाएको छ।

यसको रिपोर्टका अनुसार ब्रिजिङ्ग भिसामा रहनेहरूको सङ्ख्या छ गुणा बढेको छ.… त्यस्तै सिपयुक्त रिजनल भिसा सब क्लास ८८७ प्रक्रियाको समयावधि दोब्बर हुँदै दुई वर्ष पुगेको छ।

रोजगारदाताहरू प्रायोजक रहने स्पोन्सर भिसा १८६ को लागि लगभग एक वर्ष पर्खनु परेको छ।

त्यस्तै सिपयुक्त भिसा १८९ को लागि पिआर पाउन ३९ महिना पर्खनु पर्ने देखिएको सेन्टरका प्रमुख कार्यकारी म्याट कन्केलले बताए।

"दशौँ हजार मानिसहरू अस्ट्रेलियाभर आफ्नो भिसाका लागि पर्खेर बसेका छन्। हामीले अहिले देखेका छौँ कि मानिसहरू १५ महिना, २० महिना सम्म पर्खिएर बसेका छन्।"

"देशमा यति धेरै वर्षदेखि बस्दै आए पनि उनीहरूलाई अझै पनि विदेशी बासिन्दाकै रूपमा हेरिन्छ।"

कामदार अभावको समस्याको सामना गर्न विदेशबाट अझ धेरै कामदारहरू चाहिएको समयमा भिसाको पर्खाइमा रहेकाहरूको सुची हेर्दा यसबाट तत्काल राहत प्राप्त हुने सम्भावना निकै कम रहेको छ।

र्‍याली आयोजकहरूले गृह मामिला विभागलाई पहिले नै अस्ट्रेलियामा बसोबास गर्दै आएकाहरूको भिसालाई प्राथमिकतामा राख्न माग गरेका छन्। कतिपय त अस्ट्रेलियामा विगत पाँच वर्षदेखि बस्दै आएका पनि छन्।

माइग्रेन्ट वर्कर्स सेन्टरमा सामुदायिक कार्यकर्ता रहेकी हानिया डेभिस पनि उनीहरू मध्ये एक हुन्।

"हामीले सरकारसँग गरेका वाचा पुरा गरेका छौँ। हामीले सबै कुरा सही गरेका छौँ। आवेदन हाल्दा शुल्क तिरेका छौँ, हामी सम्पूर्ण प्रक्रियामा गएका छौँ - प्रहरी जाँच, कामका आवश्यकताहरू, ग्रामीण बसोबास आवश्यकताहरू र सबै। हामीले सबै गरेका छौँ।"

एल्बनिजि सरकारले अघिल्लो गठबन्धन सरकारको समयमा थुप्रिएको कामहरूलाई कम गर्न दृढ रहेको र यसलाई प्राथमिकतामा राखेको बताएको छ।

तर यस्ता आप्रवासीहरूको धैर्य भने टुट्दै गएको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now