नेपाली फुटबलमा परिचित नामहरू मध्येको एक हो, भरत खवास। सन् २००६-०७ मा सङ्कटा बोइज स्पोर्ट्स क्लबबाट फुटबल करिअर सुरु गरेका खवास त्रिभूवन आर्मी क्लबसँग आवद्ध छन्। नेपाली राष्ट्रिय टोलीबाट खवासले खेल्न थालेको डेढ दशकभन्दा बढी भइसकेको छ र यस क्रममा उनले नेपालका लागि विश्वकप छनोटका खेलहरु पनि खेलेका छन्। त्यस्तै मध्येको एक थियो सन् २०११ मा जोर्डन विरुद्ध भएको खेल। जोर्डनमा भएको खेलमा ९-० को विशाल अन्तरले पारित भएको नेपालले घरेलु मैदानमा भने एसियाको फुटबल पावरहाउस मध्ये एक मानिएको यो टोलीलाई १-१ को बराबारीमा रोकेको थियो जसमा गोल नेपालको लागि खवासले गरेका थिए। विश्वकपमा केन्द्रित भएर खवाससँग नेपाल संवाददाता प्रतिक्षा दुलालले गरेको कुराकानी सुन्नुहोस्।
भरत खवास सन् २००७ देखि २०११ सम्म फ्रेन्ड्स, ११ देखि १२ पोलिस क्लब र सन् २०१२ यता भने यी ३४ वर्षीय खेलाडी त्रिभूवन आर्मी क्लबसँग आवद्ध छन्। यो बिचमा उनले २०२३/२४ सिजनमा चाहिँ स्पोर्टिङ इलाम डे मेची एफसीबाट खेलेका थिए।
उनी सन् २०१८ मा भुटान विरूद्ध बंगबन्धु राष्ट्रिय रंगशाला, ढाकामा सम्पन्न २०१८ साफ च्याम्पियनसिपमा र त्यो भन्दा अगाडी सन् २०१३/१४ मा एएफसी च्यालेन्ज कप छनोट चरण अन्तर्गत घरेलु मैदान दशरथ रंगशालामा मारियाना आइल्यान्ड्स विरूद्ध ह्याट्रिक गर्न सफल स्ट्राइकर पनि हुन्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
फिफा विश्वकप २०२६ को हरेक पलका मजा उठाउनु होस् निःशुल्क, SBS र SBS On Demand मा। नेपाली भाषामा थप प्रस्तुतिहरूका लागि sbs.com.au/nepali जानुहोस्।
एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।
Share





