Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

यति एयर दुर्घटनाः 'हालसम्म ७० जनाको शव फेला पर्‍यो'

Deadly plane crash in Nepal

Rescue teams work at the crash site of a Yeti Airlines ATR72 aircraft in Pokhara, central Nepal. Source: EPA / AAP

गत आईतवार पोखरामा भएको यति एयरको विमान दुर्घटनामा परेका ७० जनाको शव भेटीएको छ।


Published

Updated

Presented by Krishna Pokhrel, Sunita Pokharel

Source: SBS



Share this with family and friends


गत आईतवार पोखरामा भएको यति एयरको विमान दुर्घटनामा परेका ७० जनाको शव भेटीएको छ।


यति एअरलाईन्सका पोखरा स्थित प्रतिनिधि हर्क रावलले एसबीएस नेपालीसँग कुरा गर्दै, हालसम्म ७० वटा शव बरामद गरेर ल्याइएको बताएका छन्।

"अस्पतालमा रहेका मध्ये २१ वटाको गण्डकी क्षेत्रीय अस्पतालमा पोस्टमार्टम गर्ने भएको छ, अनि अरू सबै डडेको अवस्थामा छ, अन्य सबैको काठमाण्डौमा गर्ने कुरा छ," उनले भने।

“सनाखत गर्न नसकिएको र विदेशी नागरिकको हकमा काठमाण्डौको टिचीङ्ग अस्पतालमा पोस्टमार्टम गर्ने कुरा छ।”

सोही विमानमा सवार भनिएका अस्ट्रेलियन नागरिक माइरन लभको स्थितिका बारेमा भने केही पनि आधिकारिक जानकारी आएको छैन।

६८ जना यात्रु र चार जना चालक दलका सदस्यहरू बोकेर पोखराका लागि उडेको यति एयरको एटिआर विमान आइतबार विमानस्थल नजिकै दुर्घटनामा परेको थियो।

दुर्घटनाग्रस्त विमानको रेर्कडीङ्ग डिभाइस 'ब्ल्याक बक्स' फेला परेको यति एयरलाइन्सले विज्ञप्ति मार्फत जनाएको छ।

२५ महिला, ३७ पुरुष , तीन बालक र तीन शिशु सहित ६८ यात्रु बोकेको यति एयरको उडान नम्बर एनवाईटी६९१ को विमान आइतबार दुर्घटनामा परेको हो।

विमानमा सवार मध्ये ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रसियन, २ जना कोरियन, १ जना अस्ट्रेलियाली, १ जना अर्जेन्टीनी, १ जना आइरिस र १ जना फ्रान्सेली नागरिक रहेको यति एयरलाइन्सद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

काठमाण्डौदेखि पोखराको उडान समय करिब २७ मिनेट रहेकोमा अवतरण गर्ने क्रममा सेती नदीको खोचमा गएर विमान दुर्घटना भएको हो।

विमानमा जडान रेर्कर्डीङ्ग डिभाइस एफडिआर र सिभिआर भेटिसकिएको र अनुसन्धानका लागि काठमाडौँ पठाइएको विमान कम्पनीले विज्ञप्ति मार्फत जनाएको छ।

“घर यता घरी उता ढल्कँदै प्लेन आएको थियो”

पोखरामा भएको यति एअरलाईन्सको विमान दुर्घटनाका एक प्रत्यक्षदर्शीले दुर्घटना भएको केही समयसम्म विमानमा सवार रहेका यात्रुहरू कराएको आवाज सुनिएको बताएका छन्। घटनास्थलका प्रत्यक्षदर्शी अस्ट्रेलिया सिड्नी निवासी दीपक क्षेत्रीले घटना बिहान १० बजेतिर भएको बताएका छन्।

“अनयुजल तरिकाले तल माथि गर्दै आएको थियो, राष्ट्र बैङ्क चोक तीरबाट देख्नेले फाइटर प्लेज जस्तै फ्लिप भएको भन्ने सुनिएको थियो,” क्षेत्रीले एसबीएस नेपालीसँग भने।

“आधी आधी जस्तो घरी यता घरी यता ढल्किँदै आयो, लेफ्ट तिरको विङ्ग अलिकति बाङ्गियो, त्यसपछि एकैचोटी ब्लास्ट सुनियो।”

विमान निकै तल र अस्वाभाविक रूपमा उडेको देखेपछि पोखराका कतिपय स्थानीय मानिसहरूले भिडियो पनि बनाएका थिए।

आफ्नो घरको छतमा पुगेर विमानको भिडियो खिचेका स्थानीय दिवस बोहराले विमान निकै तल उडेको देखेपछि भिडियो बनाएको बताए।

“निकै ठुलो आगोको मुस्लो देखिएको थियो म त्यो देखेर डराए, मलाई थाहा थिएन कि त्यो विमान दुर्घटना हुदैछ, मैले भिडियो बनाउँदा विमान फाइटर प्लेन जस्तै ढल्किएको थियो, मलाई लाग्यौ कि यो हाम्रो घर तीरै आउदैछ,” बोहराले भने।

दिवसले घटना पछिको दर्दनाक दृश्य पनि आफनै आँखाले देखेको बताए।

“ठुलो आवाज आयो र मैले भिडियो खिच्न बन्द गरे, आगो र धुवाको मुस्लो देखियो, भूकम्प आए जस्तै थर्कियो, हामी दौडिएर त्यहाँ गयौ, त्यसपछि छिमेकीहरू पनि आउन थाले।”

अर्का प्रत्यक्षदर्शी मेहमुद खानले पनि विमान निकै तल आएको देखेको बताए।

"ठुलो आवाज आयो, छतमा गएर हेरे, धुवाको मुस्लो आएको देखेपछि विमान दुर्घटना भयो होला भनेर घटनास्थल तर्फ दौडियौ, मेरा साथीहरूले खोचमा पुगेर करिब ३५ वटा लासहरू निकाले।”

अर्का प्रत्यक्षदर्शी इन्द्रधोज बरुवालले घटना पछि आफूले प्रहरीलाई खबर गरेको बताए।

“घटना १०ः५५ देखि १०ः५७ को बिचमा भएको हुनुपर्छ, मैले ठिक ११ बजे प्रहरीलाई खबर गरेको हु, हामीले बाल्टीमा पानी बोकेर सडकबाट खन्यायौ पछि प्रहरी आएपछि घाइतेलाई उद्धार गर्‍यौ।”

दुर्घटना हुँदै गर्दा विमान भित्रैबाट एक जना यात्रुले फेसबुकमा लाई गरिरहेका थिए।

वेर्स्टन अस्ट्रेलियाका उड्डयन विज्ञ जेफ थोमसले च्यानल सेभेनसँग कुरा गर्दै, विमानले विङ्गसले लिफ्ट गर्न नसक्दा भुईँमा आएर बजारिएको जस्तो देखिने बताएका छन्।

विमान दुर्घटनामा मारिएकाहरूको शव पहिचानका लागि काठमाण्डैबाट फरेन्सीक टोली समेत पुगेको छ।

पत्रकार पनि मारिए

यसैबिच नेपालका एक जना सक्रिय पत्रकार पनि विमान दुर्घटनामा मारिएका छन्।

पोखरामा बसेर सक्रिय पत्रकारिता गरिरहेका त्रिभुवन पौडेलको बिमान दुर्घटनामा ज्यान गएको हो।

निधन प्रति निकै लामो समय अस्ट्रेलिया बसेर फर्किएका पत्रकार मनऋषि धितालले त्रिभुवन पौडेलसँग आफ्नो व्यक्तिगत र व्यवसायीक सम्बन्ध सम्झना गरे।

सन् २००१ देखिनै त्रिभवनसँग समाप्यता भएका धितालले उनलाई व्यवसायीक र ऊर्जावान् पत्रकार भएको बताए।

"उहाँसँग मेरो सन् २००१ यता देख चिनिजान थियो, हामीले सँगै काम पन गर्‍यौ, टेलिभिजन, रेडियो र छापा पत्रकारिता उहाँको प्रतिभा थियो,” धितालले एसबीएस नेपालीसँग भने।

पोखरामा नया अर्न्तराष्ट्रिय विमानस्थल संचालनमा आएको करीव दुई हप्तामै आन्तरीक तर्फको उडान दुर्घटनामा परेको हो।

नेपालमा हाल त्रिभुवन विमानस्थल सहित भैरहवाको गौतमबुद्ध अर्न्तराष्ट्रिय विमानस्थल र पोखराको अर्न्तराष्ट्रिय विमानस्थल संचालनमा छन्।

गौतमबुद्ध विमानस्थलमा केही अर्न्तराष्ट्रिय उडान सुरु भएता पनि पोखरा बिमानस्थलमा भने हालसम्म घरेलु उडान मात्र भइरहेका छन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now