नेपालबाट अस्ट्रेलिया पठाउने भन्दै ठगी गर्ने ६ जना पक्राउ

Trafficking In Nepal

Nepal Police controlling the buses and mini-van the leaving the valley in search for victims of trafficking (Photo by Jonas Gratzer/Getty Images) Source: Getty Images AsiaPac

नेपालबाट इन्डोनेसिया हुँदै अस्ट्रेलिया पठाउने कार्यमा संलग्न रहेको आशङ्कामा ६ जनालाई पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ।


कम्तीमा पनि १० नेपालीहरूलाई अस्ट्रेलिया पठाउने भन्दै रकम ठगी गर्ने कथित मानव तस्कर गिरोहका हुन सक्ने आशङ्कामा ६ जनालाई पक्राउ गरिएको नेपाल प्रहरीको मानव तस्करी विरुद्धको ब्युरोले जनाएको छ।

छ जना मध्ये प्रमुख रूपमा संलग्नता रहेकामा तिन नेपाली र अर्का एक जना जकार्तामा बसोबास गर्ने भारतीय नागरिक रहेका छन्।

जकार्तामा नै बस्दै आएका शिव शर्मा र अस्मिरा चौलागाईं ले मिलेमतोमा नेपालमा रहेका आफन्तहरूको सहयोगमा सजिलै अस्ट्रेलिया पठाइदिने भन्दै नेपाली युवा युवतीलाई प्रलोभनमा पार्ने गरेको  प्रहरी उपरीक्षक तथा ब्युरोका प्रवक्ता गोविन्द थपलियाले बताए।

Anti Human Trafficking Bureau Nepal_human trafficking
Source: facebook/ Anti Human Trafficking Bureau

नेपालमा रहेका डोलेन्द्र कार्कीले त्यस्ता विदेश जान इच्छुकहरूलाई प्रलोभनमा पारेर शिव शर्मा सँग सम्पर्क गराउने गरेको अनुसन्धानमा देखिएको छ।

'Journey to Australia' नामको फेसबुक पेजमा गलत परिचय प्रयोग गरि अस्ट्रेलिया पठाउने प्रलोभन देखाउने गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्ने शर्मा र चौलागाईले आफूहरू श्रीमान् श्रीमती भएको बताउने र अस्मिराले आफू पनि अस्ट्रेलियामा बसेको र त्यहाँ कुनै समस्या परे आफूले सहयोग गर्ने बताउने गरेको थपलियाले बताएका छन्।

यो पनि पढ्नुहोस्

Circus Act: Survivors of child trafficking in Nepal

पक्राउ पर्ने भारतीय नागरिक परषोत्तम लाल लाई भने अन्यलाई पनि इन्डोनेसिया लाने मनसायले नेपालमा आएको समयमा प्रहरीले पक्राउ गरेको थियो।

बन्धक बनाइएका नेपालीहरूको भिसा सकिए पछि इन्डोनेसियाको अध्यागमन विभागले उनीहरूलाई नियन्त्रणमा लिएको जानकारीको आधारमा नेपाली दूतावास र इन्डोनेसियामा बसोबास गर्ने नेपालीहरूको सहयोगमा उनीहरूलाई नेपाल ल्याइएको थियो।

उक्त गिरोहका सदस्यहरूले अस्ट्रेलिया पठाउने आश्वासनमा एक नेपालीबाट रु १५ लाख देखि २० लाख सम्म लिएको प्रहरी उपरीक्षक थपलियाले बताएका छन्।

Human trafficking
Human trafficking Source: (LightRocket)

साथै थपलियाले त्यसरी रकम लिएका नेपालीहरूलाई जकार्तामा रहेको एक अपार्टमेन्टमा राखेको पनि बताएका छन्।

अनुसन्धानका क्रममा नेपाल प्रहरीले पटक पटक गरी पीडितहरूबाट रकम असुल्ने गरेको पनि खुलाएको छ।

थपलियाले पीडितहरूलाई आफ्नो परिवारलाई फोन गर्न दबाब दिएर पैसा मगाइने गरेको बताएका छन्।

"सुरुमा एक चोटि चैँ कोठा भाडामा लिनलाई चाहियो भन्ने अर्को चोटि चैँ मेरो यहाँ कोठा सोठा व्यवस्थापन भयो, अब मलाई कलेज भर्ना गर्न पैसा चाहिने भो भन्ने कहिले मेरो भिसा थोरै समयको लागि थ्यो भिसा थप्नु पर्‍यो भन्दै अनेक बहाना बनाएर घरमा फोन गरेर पैसा मगाउने गरेको देखियो।"

त्यसरी रकम ल्याउन नमाने शारीरिक यातना पनि दिइने गरेको पीडितहरूको गुनासो रहेको छ।

Human trafficking_nepal_anti human trafficking bureau
Source: facebook/ Anti Human Trafficking Bureau

४ जना नेपालीलाई उद्धार गरिएको भए पनि उनीहरूले अन्य धेरै नेपाली र अन्य राष्ट्रका व्यक्तिहरूलाई पनि अलपत्र बनाएको हुन सक्ने पीडितहरूले प्रहरी समक्ष बताएका छन्।

पक्राउ पर्नेमा शिब शर्मा (बर्ष २७), अस्मिरा चौलागाईं (बर्ष २२) , डोलेन्द्र कार्की (बर्ष ३०), भारतीय परषोत्तम लाल (बर्ष ३०) रहेका छन्।

त्यस्तै प्रमुख चार अभियुक्त सहित उक्त कार्यमा सहयोग गर्ने सहयोगीहरू शशी लामा भनिने शशी कुमार तामाङ (बर्ष ३०)  र अर्जुन कार्की (बर्ष २८) लाई मानव बेचबिखन तथा ओसारपसार मुद्धा दर्ता गरिएको प्रहरी उपरिक्षक थपलियाले जानकारी दिएका छन्।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now