रुफस नेक्ड हर्नबिल भनिने हङ्रायोको फोटो देवेन्द्र खरेलले इलाममा खिचेका हुन्। हतार हतार धेरै खानुलाई "हङ्रायोले पाङ्ग्रा खाएजस्तो" भन्ने उखान प्रचलित भएतापनि त्यो हङ्रायो कसैले देखेका भने थिएनन्।
यो चरालाई विश्वमै पहिलो पटक सन् १८२९ मा ब्रायन हटन हज्सनले नेपालमा भेटेर अभिलिखित गरेका थिए।
यो चरा भारत लगायत एसियाका अन्य मुलुकमा पाइने भएतापनि त्यसपछि नेपालमा त्यसपछि कतै उल्लेख नभएको हुँदा लोप भएको मानिएको थियो।
जैविक विविधता विश्लेषक कमल मादेनसँगको हाम्रो कुराकानी सुन्नुहोस्: नेपाल प्रसङ्ग: डेढ शताब्दी पछि झुल्कियो हङ्रायो हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
हङ्रायो फेरी पूर्वी नेपालमा भेटिएकोमा जैविक विविधता विश्लेषक कमल मादेन भन्छन्, "यो समाचार पक्कै नेपालको प्रकृति र जैविक विविधताको लागि राम्रो हो। यसको मतलब पूर्वी नेपालमा यो चराको लागि वासस्थान राम्रो भएको हुनुपर्छ"।
पछिल्लो समयमा नेपालको जङ्गल राम्रो भएको छ, वन्यजन्तु सम्बन्धी ऐन कानुन कडा भएका छन् र चोरी सिकारी गर्ने मानिस देशबाहिर छन्। त्यस कारणले वन्यजन्तुको अवस्थामा सुधार हुँदै छ।
भर्खरै नेपालमा देवेन्द्र खरेलले नै पहिलो पटक हरियो परेवाको पनि फोटो खिचेका थिए भने स्मीउ भन्ने पानीहाँस टौदहमा काठमान्डुमै पहिलो पटक देखिएको समाचार मादेनले नै लेखिसकेका छन्।

जङ्गली याक र जङ्गली गधा पनि हिमाली क्षेत्रमा पहिलेभन्दा बढी देखिन थालेको मादेनले बताएका छन्।
"भारतमा, थाइल्यान्डमा र अरू देशमा हर्नबिललाई निकै चासोका साथ हेरिएको छ र यो चरा हेर्न निकै मानिसहरू जान्छन्," मादेन भन्छन्।
"नेपालमा पनि यो चराको संरक्षण र प्रवर्द्धन गर्नका लागि सरकारले सुन्दर र दुर्लभ चराहरूसँग जोडेर आन्तरिक र बाह्य पर्यटनको विकास गर्नुपर्छ।"
यो पनि पढ्नुहोस्:

एन्टीजेन किट: पाउनै मुस्किल पाइए चर्को शुल्क








