Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

इद उल फित्रबारे विशेष कुराकानी

Nepal Eid

आज मुसलमान धर्मावलम्बीको महान् चाड ईद उल फित्र परेको छ। यसै अवसरमा पत्रकार गनी अन्सारीसँग उनको रमादान र ईदको अनुभव बारे नेपाल संवाददाता सेवा भट्टराईले गरेको कुराकानी।


Published

By Sewa Bhattarai

Source: SBS




Share this with family and friends


आज मुसलमान धर्मावलम्बीको महान् चाड ईद उल फित्र परेको छ। यसै अवसरमा पत्रकार गनी अन्सारीसँग उनको रमादान र ईदको अनुभव बारे नेपाल संवाददाता सेवा भट्टराईले गरेको कुराकानी।


वीरगन्जका पत्रकार अन्सारीले आफू हुर्केको नगरमा मुसलमान समुदायको राम्रै उपस्थिति रहेको बताउँछन्।

तर पनि उनी बहुसांस्कृतिक माहोलमा हुर्केका थिए जहाँ ईदका लागि साथीहरूलाई बोलाउने, शुभकामना दिने र मिठो खानेमा हिन्दु मुस्लिम दुवै साथी उत्तिकै थिए।

Gani ansari_Nepali journalist
Source: Supplied by Gani Ansari

ईद मनाउने बेलामा एक महिनाभरि उनी दिनभरि व्रत बस्ने गर्छन्, र त्यो एक महिना सकिएपछि सामूहिक प्रार्थना गरेर, एक अर्कालाई अङ्कमाल गरेर, शुभकामना दिएर र मीठा मीठा परिकार खाएर ईद मनाउने गर्दछन्।

यस्तो प्रचलनले मानिसहरूलाई संयम सिकाउने उनी बताउँछन्।

"व्रत बस्नुको अर्थ आफ्ना इन्द्रियहरूमाथि नियन्त्रण कायम गर्न सिक्नु हो, ताकि हामी वर्षभरि पनि त्यस्तै बन्न सकौँ। यसका साथै ईदमा हामी अनिवार्य दान दिनु पर्ने हुन्छ, आफ्नो बचतको साढे दुई प्रतिशत जोसँग पैसा छैन उनीहरूलाई दिनु पर्ने हुन्छ।"

"यस्ता कुराले पनि हामीलाई सकारात्मक बनाउँछन्। र साबिक भन्दा बढी प्रार्थना पनि हुने हुनाले बढी आध्यात्मिक भावना पनि आउँछ," अन्सारी भन्छन्।

हाम्रो कुराकानी सुन्नुहोस्: इद उल फित्रबारे विशेष कुराकानी हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

 

यस हप्ताका प्रमुख समाचारमा:

  • यस हप्ता अमेरिका र नेपालको सम्बन्धको ७५ वर्ष पुगेको उपलक्ष्यमा अमेरिकी सांसद टोलीले नेपाल भ्रमण गरेको छ। क्रिस्टन जिलिब्रान्डको नेतृत्वमा शेल्डन ह्वाइटहाउस, कोरी बुकर, मार्क केली र मोन्डेयर जोन्सले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेर नेपालले एमसीसी पास गरेकोमा बधाई दिनुका साथै जलवायु परिवर्तन लगायतका विश्वव्यापी मुद्दामा छलफल गरेका छन्।
  • नेपालले यस हप्तादेखि विभिन्न १० किसिमका सामग्री आयातमा रोक लगाएको छ भने सरकारी कार्यालयहरू हप्ताको दुई दिन, शनिवार र आइतबार, बन्द हुन थालेका छन्। पेट्रोलको आयातमा निर्भर नेपालको अर्थतन्त्रमा विश्वव्यापी रूपमा पेट्रोलियम पदार्थको भाउ बढेपछि सङ्कट उत्पन्न गरेको हो। यसको सामना गर्नका लागि सरकारले पैसा देशबाहिर जान रोक्नाका लागि सवारीसाधन, खेलौना, मदिरा, चुरोट लगायतका विलासी वस्तुको आयातमा रोक लगाएको छ र मितव्ययीताका लागि हप्ताको एक दिन बिदा बढाएको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now