नेपालको सामाजिक सञ्जाल विधेयकका प्रावधानहरूबारे केही समयदेखि निकै चर्चा चलिरहेको छ। सरकारले मङ्गलवार, २८ ज्यानुअरी २०२५ मा राष्ट्रिय सभामा दर्ता गरेको विधेयक नियन्त्रणमुखी भएको र कतिपय प्रावधानले अभिव्यक्तिको स्वतन्त्रता हनन गर्ने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरिरहँदा सरकारले भने सोसल मिडियालाई नियमन गर्न विधेयक ल्याएको बताउँदै आएको छ। विधेयकमा रहेका प्रावधानहरूबारे नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष तारानाथ दाहालसँग नेपाल संवाददता प्रयास दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।
Share





