प्रविधिको सहज उपलब्धिसँगै अहिले सोसल मिडियाको प्रयोग पनि बढेको पाइन्छ। साथी भाइ र परिवारको अपडेट लिन, सर्म्पकमा रहन वा नयाँ सूचना वा जानकारीका लागि पनि सोसल मिडियाको प्रयोग हुँदै आइरहेको छ। तर यसका नकारात्मक पाटाहरू पनि रहेको बताइन्छ। हामीले अस्ट्रेलियामा रहेका नेपाली समुदायका केही सदस्यलाई सोसल मिडिया के का लागि बढी चलाउनुहुन्छ भनेर प्रश्न गरेका छौ। नेपालमा रहेका आफन्त र नातागोतासँग सम्पर्कमा रहन र दैनिक जानकारी प्राप्त गर्न सोसल मिडिया निकै महत्त्वपूर्ण रहेको हामीसँगको कुराकानीमा उनीहरूले बताएका छन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





