अस्ट्रेलिया र नेपाल बिच सन् २०२२ मा करिब १३८.८ मिलियन डलर बराबरको व्यापार भएको तथ्याङ्कले देखाउँछ। उक्त डाटाका अनुसार, अस्ट्रेलियाबाट १२५ मिलियन डलर बराबरका सामान नेपालले आयात गरेको थियो भने सोही अवधिमा नेपालले मात्र १३.८ मिलियन डलर बराबरको सामान अस्ट्रेलिया निर्यात गरेको थियो। पछिल्ला वर्षहरूमा दुई देशबिचको व्यापार, आउँदा दिनका सम्भावनाहरू र अस्ट्रेलियामा रहेका नेपालीले नेपालमा गर्न सक्ने लगानीका बारे नेपाल अस्ट्रेलिया उद्योग वाणिज्य सङ्घका अध्यक्ष अखिल चापागाईँसँग प्रयास दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।
Share





