नेपालका परराष्ट्र मन्त्री नारायणप्रकाश साउद र अस्ट्रेलियन विदेश मामिला मन्त्री पेनी वङको उपस्थितिमा अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल र अस्ट्रेलियाका सहायक विदेश मन्त्री टिम वाट्सले दुई देशबिच व्यापार र लगानी सम्बन्धी रूपरेखा ‘ट्रेड एन्ड इन्भेस्टमेन्ट फ्रेमवर्क अरेन्जमेन्ट’ (टीफा) सम्झौतामा हस्ताक्षर गरेका छन् । परराष्ट्र मन्त्री साउद र अस्ट्रेलियाका सहायक विदेश मन्त्री टिम वाट्सले टीफामा हस्ताक्षर भएसँगै दुई देशबिच बलियो आर्थिक सम्बन्ध स्थापित गर्न मद्दत गर्ने बताएका छन्। यही सन्दर्भमा अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायका सदस्यहरूले नेपालमा लगानी गर्न समस्याहरू रहेको कुरा उठाएका छन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।





