नेपालका परराष्ट्र मन्त्री नारायण प्रकाश साउद र अस्ट्रेलियन विदेश मामिला मन्त्री पेनि वङको उपस्थितिमा दुई देशबिच व्यापार र लगानी सम्बन्धी रूपरेखामा सम्झौता भएको छ। सहायक विदेश मन्त्री टिम वाट्सले उक्त सम्झौताले अस्ट्रेलिया र नेपालबिच व्यापार र लगानी कसरी गर्न सकिन्छ भन्ने रूपरेखा प्रदान गर्दै दुई देश बिच बलियो आर्थिक सम्बन्ध स्थापित गर्न मदत गर्ने बताएका छन्। हाल पर्थमा जारी सातौँ इन्डियन ओसन कन्फ्रेन्समा भाग लिन मन्त्री साउद सहितको प्रतिनिधि मण्डल अस्ट्रेलिया आएको हो।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।





