नेपालको राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, तथा नेपालमा सात वटा प्रदेश मध्ये तीनका सभामुख र अन्य चारका उपसभामुख सहितको प्रतिनिधिमण्डल गत नोभेम्बर महिनाको अन्त्यमा अस्ट्रेलियामा भ्रमणमा आएको थियो। उक्त औपचारिक भ्रमणको प्रमुख उद्देश्य भनेको दुई देशको संसदीय कार्यविधिको बारेमा अनुभव आदानप्रदान गर्ने रहेको, तिमिल्सिनाले एसबीएस नेपालीलाई बताएका छन्। यस्ता भ्रमणहरूले अस्ट्रेलियाको नेपाली भाषी समुदायलाई कस्तो मद्दत पुर्याउला? समुदायका सदस्यहरूसँगको कुराकानी सहितको यस रिपोर्ट सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share




