काठमाण्डू महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल हाल अस्ट्रेलियाको भ्रमणमा रहेकी छिन्। अस्ट्रेलियाली विदेश मामिला विभागको विशेष निमन्त्रणामा आएकी डंगोलले सिड्नीको एक कार्यक्रममा सहभागिता जनाएकी थिइन्। सो क्रममा अस्ट्रेलियाका नेपाली समुदायसँग पनि आफ्ना अनुभवहरू साटेकी उनले उपस्थित नेपाली समुदायले काठमाण्डू महानगरपालिकाको नीति र कार्यक्रमहरूबारे राखेका चासोहरूलाई पनि सम्बोधन गरिन्। यस क्रममा उपमेयर सुनिता डंगोलसँग एसबीएस नेपालीले गरेको कुराकानी र नेपाली समुदायहरूको प्रतिक्रिया समेटिएको रिपोर्ट सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
कार्यक्रमका केहि झलक:







Share





