नेपालमा गत महिना सम्पन्न भएको स्थानीय निर्वाचनको नतिजा आइसकेको छ, र नतिजा मध्ये केही अप्रत्याशित परिणामहरू पनि छन्।
काठमान्डु महानगरपालिका, धरान लगायतका केही स्थानमा आश्चर्यजनक रूपले स्वतन्त्र उम्मेदवारहरू नगर प्रमुखको पदमा विजयी भएका छन् भने नेपाली काँग्रेस सबैभन्दा धेरै स्थानीय तहमा विजयी भएको छ।
वरिष्ठ पत्रकार र खोज पत्रकारिता केन्द्रकी अध्यक्ष नम्रता शर्माले नेपाली जनताले दलभन्दा माथि उठेर देश र जनताको सेवा गर्ने नेता खोजेको सन्देश यो चुनावको नतिजाले दिएको बताएकी छिन्।

निर्वाचनका यी नतिजा र चुनावमा महिला प्रतिनिधित्वका बारेमा शर्मासँग गरिएको पूरा कुराकानी सुन्नुहोस्। null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।





