पछिल्लो समयमा अस्ट्रेलिया र नेपालका बीचमा हुने उच्चस्तरीय भ्रमणहरू बाक्लिन थाले पछि यसबाट नेपालले पर्यटन, व्यापार र शिक्षाको क्षेत्रमा फाइदा लिन सक्नु पर्ने एक विदेश मामिलाका जानकारको भनाइ रहेको छ। गत मे महिनामा अस्ट्रेलियाका सहायक विदेश मन्त्री टिम वाट्स नेपाल पुगेका थिए भने केही समय अघि अस्ट्रेलियन सांसदहरूको एउटा टोली पनि नेपाल गएको थियो। त्यस्तै काठमाण्डू महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले यही नोभेम्बर महिनामा अस्ट्रेलिया भ्रमण गरेका छन्। यस विषयमा डेनमार्कका लागि नेपाली पूर्व राजदूत समेत रहिसकेका प्रोफेसर विजयकान्त कर्णले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





