नेपालमा महिला स्वयंसेविकाहरूले ‘ब्लड प्रेसर’ नाप्ने र ‘लाइफस्टाइल चेन्ज’ सम्बन्धी कार्यक्रमहरू गर्दै आएता पनि दीर्घकालीन रूपमा ती प्रभावकारी नरहेको बताइएको छ। जनस्वास्थ्य विज्ञ राजश्री थापाको नेतृत्वमा चार वर्षको अन्तराल पछि गरिएको अध्ययनले स्वयंसेविकाहरूद्वारा सम्पन्न एक १२-महिने कार्यक्रम खासै प्रभावकारी नरहेको पत्ता लगाएको हो। हाल मेलबर्न स्थित मोनास युनिभर्सिटीमा पोस्ट डक्टरल रिसर्च फेलो रहेकी थापा सहितको एक समूहले गरेको उक्त अध्ययनको नतिजा “दि ल्यान्सेट ग्लोबल हेल्थ” नामक एक मेडिकल जर्नलमा केही दिन अघि मात्रै प्रकाशित भएको थियो। थापा भन्छिन् कि स्वस्थ रहन नेपालीहरूलाई यसबारे नियमित रूपमा जनचेतना फैलिने खालको शिक्षा र अनुगमन आवश्यक हुन सक्छ। अस्ट्रेलियामा आफ्नो अध्ययन, अनुसन्धान, बसोबास लगायत नेपालमा जनस्वास्थ्यको स्थिति सम्बन्धी विविध विषयहरू बारे उनीसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





