SKIP TO MAIN CONTENT

मौसम परिर्वतन: जलवायुका सूचक खतरनाक नयाँ स्तरमा

Icebergs in Greenland, where global warming is having a profound effect
Icebergs near Ilulissat, Greenland. Climate change is having a profound effect in Greenland with glaciers and the Greenland ice cap retreating. Source: Getty Images

गत हप्ता सार्वजनिक भएका दुई नयाँ प्रतिवेदनले जलवायु परिवर्तनका सूचकहरू खतरनाक नयाँ स्तरमा पुगेको देखाएको छ।


Published

Updated

Presented by SBS Nepali

Source: SBS



Skip to podcast episode content

गत हप्ता सार्वजनिक भएका दुई नयाँ प्रतिवेदनले जलवायु परिवर्तनका सूचकहरू खतरनाक नयाँ स्तरमा पुगेको देखाएको छ।


सार्वजनिक भएका नयाँ सूचकहरूले हरित गृह ग्यास उत्सर्जनलाई कम गर्न र जलवायु परिवर्तन सम्बन्धी वाचाहरूमा विश्वका नेताहरू झनै बढी प्रतिबद्ध हुनु पर्ने आवश्यकता देखिएको छ।

भर्खरै मात्र संयुक्त राष्ट्र सङ्घको एक सभालाई सम्बोधन गदै महासचिव एन्टोनियो गुटरेसले एक डरलाग्दो तथ्यको उजागर गरेका छन्।

“विश्वव्यापी ऊर्जा प्रणाली बिग्रिएपछि हामी जलवायु प्रकोपको नजिक पुगी रहेका छौ,” गुटरेसले भने।

“युक्रेनमा भएको युद्धका कारण ऊर्जाको मूल्यमा परेको प्रभावले भविष्यका लागि नवीकरणीय ऊर्जा मात्र एक विकल्प देखिएको छ।”

विश्व मौसम विज्ञान संस्थाको पछिल्लो जलवायु सम्बन्धी रिर्पोट सार्वजनिक पछि वातावरणीय प्रकोप बढ्दै गएको भन्दै गुटरेसले विश्वका देशहरूलाई चेतावनी दिएका हुन्।

रिपोर्ट सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्

रिर्पोटमा पछिल्ला सात वर्षमा तापक्रम निकै माथि उक्लिएको र सन् २०२१ मा यसले उच्च रेकर्ड कायम गरेको बताइएको छ।

“जलवायु सम्बन्धी आजको रिर्पोट, जलवायुको बिग्रँदो अवस्थालाई रोक्न मानव जातिकै असफलता प्रतीक हो, एक निराशाजनक घटना हो, सन् २०२१ मा समुन्द्री सतह बढेको छ, तातेको छ, अम्लीकरण भएको छ, ग्रिन हाउस ग्यास घट्दै गएको छ,” उनले भने।

विश्वका देशहरूमा गर्मी महसुस भइरहेको पनि उनले बताएका छन्।

यसै गरी विश्व मौसम सङ्गठनका महासचिव पेटेरी टलासले दक्षिणी इटाली, क्यानडा, स्पेन, टर्की लगायतका मुलुकले अघिल्लो गर्मीको रेकर्डलाई तोडेको बताए।

Climate change is having a profound effect in Greenland with glaciers and the Greenland ice cap retreating.
Climate change is having a profound effect in Greenland with glaciers and the Greenland ice cap retreating. Source: NurPhoto

यसै गरी मौसम सम्बन्धी विषयमा संयुक्त राष्ट्र सङ्घका महासचिवका विशेष सल्लाहकार सेल्नवीन हार्टले जलवायु परिवर्तनका प्रभावहरू विकासशील देशहरूले भोग्नु परेको विषयलाई जोड दिएका छन्।

उत्तरी अमेरिकामा पनि हिट वेभले नयाँ रेकर्ड कायम गरेको छ, क्यालिफोर्नियाको डेथ भ्यालीमा गत वर्षको जुलाईमा तापक्रम ५४.४ डिग्री पुगेको छ।

यो तापक्रम १९३० पछि कै सबैभन्दा धेरै भएको बताइन्छ।

पृथ्वीको तापक्रम बढ्दै जाँदा यसका प्रभाव, बिशेषगरि स्वास्थ्यमा पर्ने प्रभाव पनि बढ्दै गएको छ।

चरम मौसमी घटनाहरूले मानिसहरूलाई विस्थापन गरिदिएको छ। खाद्य असुरक्षा पैदा गरिदिएको छ, जसका बारेमा हालै मात्र अमेरिकी सचिव एन्टोनी ब्लिन्केनले बोली सकेका छन्।

“हामी हाम्रो समयको सबैभन्दा ठुलो खाद्य सङ्कटको सामना गरिरहेका छौ,” ब्लिन्केनले भने।

जर्मन विदेश मन्त्री एनालेना बेरबोकले पनि ब्लिन्केनकै भाषा दोहोर्‍याएकी छन्।

उनी भन्छिन् कि खाद्य सङ्कट रातारात समाधान हुँदैन।

“भोकमरी सिर्जना गर्न सक्ने सबै कारकहरू माथि ध्यान केन्द्रित गर्नुपर्दछ, जलवायु सङ्कटको सामना गर्नुपर्दछ, हामीले किसानहरूलाई खडेरी, बाढी र चरम वर्षाबाट कम जोखिममा पार्न मद्दत गर्नु पर्दछ,” विदेश मन्त्री बेरबोक भन्छिन्।

अस्ट्रेलियाले भने नयाँ आएको रिर्पोट प्रति कुनै टिप्पणी गरेको छैन।

संयुक्त राष्ट्र सङ्घको जलवायु परिवर्तन सम्बन्धी सभामा यस अघि अस्ट्रेलियाका लागि प्रतिनिधित्व गरेका क्यानबेरा स्थित द अस्ट्रेलिया इन्स्टीच्यूटका जलवायु एवम् ऊर्जा सम्बन्धी निर्देशक रिची मेर्जीन यसलाई निकै चिन्ताजनक मान्छन्।

“आगामी आठ वर्षमा हामी के गछौ भन्ने कुरा हामीले २०/३० वर्षमा के गर्छौ भन्ने भन्दा महत्त्वपूर्ण हुन्छ,” उनले भने।

नवनिर्वाचित प्रधानमन्त्री एन्थोनि एल्बनिजीले जलवायु परिवर्तनको मुद्दालाई आफ्नो चुनावी अभियानहरूमा जोडतोडका साथ प्रस्तुत गरेका थिए।

जापानमा भएको क्वाड बैठकका दौरान पनि प्रधानमन्त्रीले जलवायुमा आफ्नो प्रतिबद्धतालाई दोहोर्‍याएका छन्।

यी मुद्दाहरुमा सरकार कसरी अगाडी बढ्छ भन्ने कुरा सरकारले आगामी गर्ने निर्णयहरूमा भर पर्नेछ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now