SKIP TO MAIN CONTENT

क्यान्सर उपचारमा आसा बोकेको एक नयाँ औषधि

breast cancer
Source: Getty Images

आक्रामक र उपचार गर्न गाह्रो हुने किसिमको स्तन क्यान्सरको निदान गरिएका महिलाहरूका लागि एक नयाँ उपचार विकल्प आउन सक्ने देखिएको छ।


Published

Updated

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

आक्रामक र उपचार गर्न गाह्रो हुने किसिमको स्तन क्यान्सरको निदान गरिएका महिलाहरूका लागि एक नयाँ उपचार विकल्प आउन सक्ने देखिएको छ।


गार्वन इन्स्टिच्युटका वैज्ञानिकहरूले ट्रिपल नेगेटिभ वा अलि जटिल किसिमको स्तन क्यान्सर भएकाहरूमा किमो थेरापीको प्रभाव बढाउन डिजाइन गरिएको औषधिहरूको परीक्षण सुरु गरेका छन्।

यो त्यही रोग हो जसले अवार्ड विजेता खेलकुद रिपोर्टर तथा कमेन्टेटर रिबेक्का विल्सनको ५४ वर्षको उमेरमा ज्यान लिएको थियो।

अहिले उनका भाइ जिम ट्रिपल नेगेटिभ स्तन क्यान्सर सम्बन्धी अनुसन्धानको आवाज बनेका छन्।

मलाई थाहा छ उसले मलाई तल हेरेर भनेकी छिन् कि, तँलाई थाहा छ भाइ, यसलाई हामीले पुरा गरौँ र पाङ्ग्रालाई चलायमान राखौँ (काम गरी रहौँ) ताकि अरू परिवारहरूले यसबाट गुज्रिनु नपरोस्। र त्यो नै मेरो लागी प्रत्येक दिन अगाडी बढ्न प्रेरित गर्ने कुरा हो, उनी मेरी सबैभन्दा मिल्ने साथी थिइन्।"

Rebecca Wilson's brother Jim, a strong voice for research into aggressive cancers (SBS)
Rebecca Wilson's brother Jim, a strong voice for research into aggressive cancers (SBS) Source: SBS

१० देखि १५ प्रतिशत स्तन क्यान्सरहरू ट्रिपल नेगेटिभ वा जटिल किसिमको भएको निदान गरिन्छ। जसको अर्थ त्यस्ता क्यान्सरहरूमा अन्य अङ्गहरूमा फैलने  र क्यान्सर फेरी देखिने जोखिमका बिच अहिले रहेको उपचार पद्धतिले काम गर्दैन।

सिड्नीको गार्वन इन्स्टिच्युटका अनुसन्धानकर्ताहरूका अनुसार यसले किमो थेरापीलाई अस्वीकार गर्दै आफ्नो अवस्थामा परिवर्तन गर्दछ र उपचारका प्रयासहरू विफल पार्दछ। यो प्रक्रिया क्यान्सर सेलमा पाइने एण्ड्रोजन भनिने रिसेप्टरका कारणले हुन्छ र यसले क्यान्सरलाई फलाउन सक्छ।

गार्वन इन्स्टिच्युटकी प्रोफेसर क्रिस्टिन स्याफर भन्छिन् उनीहरूले सेभीटेरोनल औषधि पनि पत्ता लगाएका छन् ।  यसले एन्ड्रोजन उत्पादन र यसको रिसेप्टरलाई रोक्छ जसले गर्दा किमो थेरापीलाई अझ बढी प्रभावकारी बनाउँछ।

पुरा रिपोर्ट सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

"प्रि -क्लिनिकल मोडलहरूमा त्यो संयोजनले निकै राम्रो प्रभाव पारेको थियो क्यान्सरलाई रोक्न र यसको फैलावटलाई रोक्न, साथै ट्युमरहरूलाई किमो थेरापीको लागि संवेदनशील बनाउन।"

ल्याबमा गरिएको प्रयोगबाट किमो थेरापी मात्रले भन्दा ७० देखि १०० प्रतिशत बढी ट्युमरको आकारमा कमी आएको परिणाम प्राप्त गरिएको थियो।

इन्स्टिच्युटका अर्का अनुसन्धानकर्ता डा. बिएट्रिज सान जुआनले यो निकै उत्साहित बनाउने किसिमको आविष्कार भएको बताएकी छिन्।

"यदि सेभीटेरोनलले रोग बढ्ने क्रमलाई केही महिना वा सो भन्दा बढी ढिला गराउन सक्यो भने, ती महिलाले केही बढी राम्रो समय प्राप्त गर्छिन् राम्रो रोग रोकथाम विधिबाट जुन धेरै फाइदाजनक हुन्छ।"

Breast Cancer
Source: Cancer Net

डा रेचल डियर सिड्नीको सेन्ट भिन्सेन्ट अस्पतालकी क्यान्सर रोग विशेषज्ञ हुन्, र उनी भन्छिन् यो परीक्षणहरूले सो औषधि सुरक्षित रहेको र प्रभावकारी भएको प्रमाणित गर्न सफल हुनेमा अनुसन्धानकर्ताहरूले आसा लिएका छन्। 

यदि यो परीक्षण सफल भयो भने यसले व्यवस्थापन गर्न गाह्रो हुने क्यान्सरहरूको उपचारको लागि नयाँ बाटो बनाउने छ।

अनुसन्धानकर्ताहरूले यही औषधिको प्रयोग गरेर ग्लियोब्लास्टोमा ब्रेन ट्युमर र पाठेघर तथा रेनल क्यान्सरको उपचार गर्न सकिन्छ भन्ने सम्भावनालाई परीक्षण गर्न थालिसकेका छन्।

क्रिस्टिन स्याफ़र भन्छिन् किमो थेरापीको प्रभाव बढाउने यो औषधि निकै ठुलो उपलब्धि हो।

परीक्षणको लागि सहभागीहरूको छनौट आगामी महिना देखि नै सुरु हुनेछ।

 

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now