Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

आप्रवासीहरूलाई नि:शुल्क अङ्ग्रेजी भाषा तालिमका लागि नयाँ विधेयक जारी

Free English classes

Free English classes for migrants to Australia Source: Getty images

कार्यवाहक अध्यागमन मन्त्री एलेन टजले धेरै भन्दा धेरै मानिसहरूलाई निःशुल्क अङ्ग्रेजी भाषा कक्षा प्रदान गर्नका लागि एक नयाँ विधान अघि सारेका छन्। आउँदो सन् २०२१ को अन्त्यदेखि नयाँ पार्टनर भिसा आवेदकहरूले अङ्ग्रेजी भाषा सिक्नका व्यावहारिक कदमहरू चालेको सुनिश्चित गर्नु पर्ने उनको भनाइ छ।


Published

Updated

By Peggy Giakoumelos

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


कार्यवाहक अध्यागमन मन्त्री एलेन टजले धेरै भन्दा धेरै मानिसहरूलाई निःशुल्क अङ्ग्रेजी भाषा कक्षा प्रदान गर्नका लागि एक नयाँ विधान अघि सारेका छन्। आउँदो सन् २०२१ को अन्त्यदेखि नयाँ पार्टनर भिसा आवेदकहरूले अङ्ग्रेजी भाषा सिक्नका व्यावहारिक कदमहरू चालेको सुनिश्चित गर्नु पर्ने उनको भनाइ छ।



मुख्य विषय:

  • अध्यागमन शिक्षा संशोधन विधेयक २०२० अघि सारियो
  • अस्ट्रेलिया आउने आप्रवासीहरूका निःशुल्क अङ्ग्रेजी भाषाको तालिम प्रदान गरिने
  • हाल अस्ट्रेलिया बाहिर रहेका भिसा धारकहरूले पनि यस सुविधाको प्रयोग गर्न सक्ने

अध्यागमन शिक्षा संशोधन अर्थात् इमिग्रेसन (एडुकेशन) अमेन्डमेन्ट विधेयक २०२० ले सन् १९७१ को अध्यागमन शिक्षा संशोधनमा परिवर्तन ल्याउँदै अस्ट्रेलियाका आप्रवासीहरूलाई अझै अधिक सङ्ख्यामा निःशुल्क अङ्ग्रेजी भाषाको तालिम पहुँच गर्न मद्दत गर्ने छ।  

 

सन् २०१६ को जनगणनामा आठ लाख बीस हजार मानिसहरूलाई राम्ररी या फिटिक्कै अङ्ग्रेजी बोल्न नआउने तथ्याङ्क रहेको अध्यागमन मन्त्री एलेन टजले बताए। ती मध्य आधा जनसङ्ख्या काम गर्ने उमेरका मानिसहरू थिए। 

New migrants to Australia can access free English courses through AMEP.
New migrants to Australia can access free English courses through AMEP. Source: Getty Images/10, 000 Hours

कतिपय आप्रवासीहरूलाई सामान्य बोलीचालीका लागि चाहिने अङ्ग्रेजी भाषा सिक्नका लागि तोकिएको ५१० पर्याप्त नहुने देखाएको थियो।  

त्यसैले, स्वीकार्य स्तरको अङ्ग्रेजी आउनका लागि मानिसहरूलाई धेरै समय लाग्ने गरेकोले यस योजना अघि सारिएको टज बताउँछन्। 

 

आप्रवासी तथा शरणार्थीहरूलाई बसोबास र आप्रवासन सम्बन्धी सेवा दिँदै आएको संस्था एम्स (AMES) अस्ट्रेलियाले यस विधेयकको समर्थन गरेको छ। 

 

यस नयाँ योजनाले अङ्ग्रेजी भाषा सिक्ने हरूका लागि तालिमको थालनी र समाप्तिको समय सीमा हटाउने भएकाले उनीहरूलाई आफ्नो उचित समयमा कक्षाहरूमा भाग लिने सुविधा प्रदान गर्ने उक्त संस्थाकी प्रमुख कार्यकारी अधिकृत क्याथ स्कार्थले बताइन्। 

 

त्यस्तै, हालै अस्ट्रेलिया बाहिर रहेका र स्थायी भिसाको आवेदन पेस गरेका या स्थायी भिसा प्राप्त गरेकाहरूले पनि अङ्ग्रेजी कक्षाहरू लिन मिल्ने सुविधा रहेको उनले बताए।

अस्ट्रेलियाको जातीय समुदाय परिषद्हरूको सङ्घ (FECCA) का अनुसार यी संशोधनले आप्रवासीहरूलाई अस्ट्रेलियामा बसोबास गर्न र काम गर्नका लागि अङ्ग्रेजी भाषाको महत्त्वलाई पनि दर्साएको छ। 

 

आउँदो सन् २०२१ को अन्त्यदेखि अङ्ग्रेजी भाषा नजानेका नयाँ पार्टनर भिसा आवेदकहरूले अङ्ग्रेजी भाषा सिक्नका व्यावहारिक कदमहरू चालेको सुनिश्चित गर्नु पर्ने पनि मन्त्री टजले बताए।  

 

यसका लागि नयाँ विधेयकले प्रदान गर्ने निःशुल्क अङ्ग्रेजी तालिममा सहभागी हुनु नै पर्याप्त रहने उनको भनाइ छ। 

 

त्यस्तै, पहिले कुनै पनि भाषामा औपचारिक शिक्षा हासिल नगरेका मानिसहरू, जस्तै सानो उमेरदेखि शरणार्थी शिविर हरूमा हुर्किएका व्यक्तिहरूका लागि भने थप सहायता प्रदान गरिनु पर्ने एम्स अस्ट्रेलियाकी स्कार्थले जोर दिइन्। 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now