Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

नयाँ अपाङ्गता बिमा योजनाअन्तर्गतको कार्यक्रमले चाहेको स्थानमा बस्न सकिने विकल्प दिने

Carly Bishop (L) and Phoebe Tough (SBS).jpg

Carly Bishop (L) and Phoebe Tough

राष्ट्रिय अपाङ्गता बिमा योजना (एनडीआइएस) अन्तर्गत अपाङ्गता भएकाहरू मध्ये केहीले आफूले चाहेको तरिका र स्थानमा बस्न पाउने विकल्प प्राप्त गर्ने भएका छन्। व्यक्तिगत रूपमा जीवन यापनको विकल्प छान्न सकिने इन्डीभिजुअलाइज्ड लिभिङ्ग अप्सन्स (आइएलओ) एनडीआइएस अन्तर्गतको सहायता हो जसमा हाल रहेको सेवाहरूलाई पनि लिँदै समुदायको सहयोगमा सहभागीहरू अनौपचारिक स्याहार प्रदान गर्ने साथीसँग एकै घरमा बस्छन्।


Published

Updated

By Emma Kellaway, Monique Pueblos

Presented by Sunita Pokharel

Source: SBS




Share this with family and friends


राष्ट्रिय अपाङ्गता बिमा योजना (एनडीआइएस) अन्तर्गत अपाङ्गता भएकाहरू मध्ये केहीले आफूले चाहेको तरिका र स्थानमा बस्न पाउने विकल्प प्राप्त गर्ने भएका छन्। व्यक्तिगत रूपमा जीवन यापनको विकल्प छान्न सकिने इन्डीभिजुअलाइज्ड लिभिङ्ग अप्सन्स (आइएलओ) एनडीआइएस अन्तर्गतको सहायता हो जसमा हाल रहेको सेवाहरूलाई पनि लिँदै समुदायको सहयोगमा सहभागीहरू अनौपचारिक स्याहार प्रदान गर्ने साथीसँग एकै घरमा बस्छन्।


यसै वर्षको सुरुवातदेखि एकसाथ बस्न थालेका कार्ली बिसप र फिबी टफ दक्षिण सिड्नीको कायमाको दुई बेड रुमको घरमा राष्ट्रिय अपाङ्गता बिमा योजना (एनडीआइएस) अन्तर्गत इन्डीभिजुअलाइज्ड लिभिङ्ग अप्सन्स (आइएलओ) कार्यक्रम अन्तर्गत रहेका छन्।

२५ वर्षीय कार्ली हल्का बौद्धिक असक्तता र एपीलेप्सीका साथ जन्मिएकी थिइन्।

उनलाई हरेक समय स्याहारको आवश्यकता नरहने भए पनि यस अघि उनी एक सामूहिक घरमा बस्दै आएकी थिइन्।

"त्यहाँ उनीहरूको मार्ग निर्देशहरू मान्नु पर्ने जस्तै हुन्थ्यो, तपाइले आफ्ना अभिभावकहरू भेट्न आउने कुराको जानकारी कार्यालय समयमा २४ घण्टा अगाडी नै दिनु पर्थ्यो र उनीहरूलाई आफू कहाँ जाँदै छु भन्ने कुराको पनि जानकारी दिनु पर्ने जस्तै हुन्थ्यो।"

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

कार्ली भन्छिन् फिबीसँग बस्न थालेपछि आफ्नो दैनिकी कसरी चलाउने भन्नेबारे निर्णय गर्न थप स्वतन्त्रता पाएकी छिन्।

उनका अनुसार घरमा फिबीको भूमिका भनेको उनलाई चाहिने न्यूनतम सहायता प्रदान गर्नु हो।

"हामी सँगै किनमेल गर्न जान्छौँ, सँगै खाना पकाउँछौँ, दुवैले प्रयोग गर्ने ठाउँहरूको सँगै सरसफाइ गर्छौँ र सँगै बसेर बोन्डाइ भेट हेर्छौँ।"

३० वर्षीय फिबी फुल टाइम मानव संसाधनमा काम गर्छिन्।

यो कार्यक्रम अन्तर्गत उनले हप्ताको १ सय डलर मात्र तिर्नु पर्छ।

फिबीलाई आफ्नो समयको सट्टा घर भाडाबाट राहत दिने यो कार्यक्रम अन्तर्गतको आफ्नो बसाइ प्रबन्ध काम जस्तो लाग्दैन।

"मलाई आफू कार्लीको स्याहारकर्ता जस्तो लाग्दैन, यो त सँगै कामहरू गर्ने भाडामा सँगै बस्ने साथी जस्तो बढी छ।"

अपाङ्गता भएकाहरूको समुदाय र राष्ट्रिय अपाङ्गता बिमा योजना (एनडीआइएस)ले यो विकल्पलाई धेरै भन्दा धेरै व्यक्तिहरूले छान्ने आसा लिएका छन्।

गत वर्ष सफलता पूर्वक सञ्चालनमा ल्याइएको आइएलओ अन्तर्गत अस्ट्रेलियाभर बाट करिब १ हजार मानिसहरूले आइएलओ कोष प्राप्त गरेका छन्। त्यस्तै लगभग थप १ हजार प्रक्रियामा रहेका छन्।

हाएरअप एनडीआइएसको यो कार्यक्रम प्रदान गर्ने सीमित संस्थाहरू मध्येको एक हो।

र यसकी प्रमुख कार्यकारी अधिकृत लौरा ओ'राइली भन्छिन् यो कार्यक्रम भविष्यमा असक्तता भएकाहरूले कसरी जीवन अगाडी बढाउँछन् भन्ने कुराको प्रतिनिधि कार्यक्रम हो।

"आइएलओ सामान्य बसाइ प्रबन्ध जस्तै नै हो, जहाँ अपाङ्गता भएका व्यक्तिहरू सबल मानिसहरूसँग फ्ल्याट मेट जस्तो गरी वा उनीहरूको आतिथ्यमा बस्छन्।"

यस वर्षको सेप्टेम्बरसम्ममा ५ लाख ५० हजार भन्दा धेरै अपाङ्गता भएकाहरूलाई एनडीआइएसले सहायता प्रदान गरेको छ।

हाल आइएलओ सहायता लिने सहभागीहरूको सङ्ख्या कम भए पनि एनडीआइएसले आइएलओलाई परम्परागत सामूहिक बसाइ प्रबन्धको विकल्पको रूपमा अगाडी बढाएको छ।

अस्ट्रेलियाभर कार्यक्रम लागू भइरहँदा अपाङ्गता समुदायबाट पनि समर्थन प्राप्त गरिरहेको छ।

पिपल विद डिसअबिलिटीकी अध्यक्ष निकोल ली यसले अरू मानिसहरूको जस्तै दैनिकी आफूहरूलाई दिने बताउँछिन्।

साथै उनी यो कार्यक्रम सकारात्मक सुरुवात भए पनि बसाइ प्रबन्धको सहायता खोज्ने असक्तता भएकाहरूलाई अन्य विकल्पहरू पनि दिइनु पर्ने भनाइ राख्छिन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now