डिसेम्बर ३ लाई अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाइरहँदा सिड्नी निवासी असिम सोतीले आफ्नो अपाङ्गताका कारण कुनै कुरामा आफूलाई समावेश नगरिएको अनुभव नभएको बताएका छन्। तर यसो भनिरहँदा सबै मानिसमा कमजोरी र बलियो पक्ष हुने तर त्यसलाई चिनेर आफूलाई अनुकूलन गराउनु पर्ने उनको भनाइ छ। असिम सोती र उनका बुवा पवन सोतीले एसबीएस नेपालीसँग कुराकानी गरेका छन्।
Share





