SKIP TO MAIN CONTENT

क्यान्सर रोग पहिचान र उपचारमा वरदान साबित भएको एक अनुसन्धान

Sarcoma cancer
Doctor David Thomas, from the Garvan Institute of Medical Research, is part of an international team that has found a new diagnostic tool for sarcoma cancer. Source: SBS

एक नयाँ अनुसन्धानले सारकोमा भनिने क्यान्सरको एक प्रकारलाई प्रारम्भिक चरणमै पत्ता लगाई निदान सुरु गर्न सहयोग गर्ने भएको छ।


Published

Updated

By Lucy Murray

Source: SBS



Skip to podcast episode content

एक नयाँ अनुसन्धानले सारकोमा भनिने क्यान्सरको एक प्रकारलाई प्रारम्भिक चरणमै पत्ता लगाई निदान सुरु गर्न सहयोग गर्ने भएको छ।


वाटर पोलो, नेट बल र नृत्यमा सोखिन १७ बर्सिया मिका सिंहलाई दुई वर्ष अघि सारकोमा भनिने हड्डी र रगत सम्बन्धी क्यान्सर रोग भएको पत्ता लागेको थियो।

शरीरमा गाँठो जस्तो देखिए पछि चिकित्सकको पुगेकी उनलाई सुरुमा त डाक्टरले खेलका कारण लागेको चोट होला भनेर घर फिर्ता पठाईदिए।

तर दुखाई कम हुने छाटकाट नदेखिएपछि बारम्बार उनी डाक्टर कहाँ गई रहन्थिन्।

“प्रत्येक चोटि दुखाइलाई लिएर जब म जिपिकोमा जान्थे खेलका कारण लागेको चोट भएको भन्दै मलाई फिर्ता पठाइन्थ्यो,” उनले भनिन्।

युवा उमेरका मानिस शरीरका विभिन्न भागमा गाँठो जस्तो वा डल्लो जस्तो देखिने समस्यालाई सामान्य मानिन्छ।

यसको सही र समयमै पहिचान नहुँदा भने ठुलो समस्या सिर्जना गर्न सक्ने सम्भावना पनि रहन्छ।

विशेष गरी बालबालिकामा देखा पर्ने यस रोगको पहिचान र उपचारमा पछिल्लो ४० वर्षमा खासै कुनै प्रगति भएको थिएन।

Doctors hope saliva test could revolutionise breast cancer treatment
File photo dated 15/06/06 of a consultant analyzing a mammogram. Source: PA Wire

तर हालै मात्र रोगको पहिचानमा भएको एक क्रान्तिकारी अन्वेषणले सारकोमा जस्तो ज्यानमारा रोगलाई चाडै पहिचान गर्न मद्दत गर्ने भएको छ।

सिड्नी स्थित गार्भन इन्स्टिच्युट अफ मेडिकल रिसर्चका डेभिड थोमस अन्तर्राष्ट्रिय टोलीको एक हिस्सा बनेका छन् जसले यस रोगको प्रराम्भीक पहिचान गर्न सकिने तथ्य फेला पारेको छ।

अनुसन्धान अगाडी बढ्दै जाँदा, डा थोमसले लि फ्राउमेनी सिनड्रोम भनिने विशेष किसिमका सूचक भएका मानिसहरूलाई टाउको देखि खुट्टा सम्म विशेष किसिमको एक्स रे, एमआरआई गर्न थाले।

क्लिनिकल ट्रायलहरूका दौरान प्रत्येक १४ जना मध्ये एकमा सारकोमा भएको पत्ता लागेको थियो।

यद्यपि ती बिरामीहरुमा रोगका कुनै पनि लक्षणहरू थिएनन्।

अनुसन्धानले जेनेटीक इन्डीकेटर अर्थात् विशेष किसिमका आनुवंशिक सूचक भएका बिरामीहरूलाई लक्षित गरेको छ।

रिपोर्ट सुन्नुहोस्। क्यान्सर रोग पहिचान र उपचारमा वरदान साबित भएको एक अनुसन्धान हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

प्रारम्भिक चरणमै फेला पारिएकाले क्यान्सरयुक्त कोषलाई शल्यक्रिया गरेर हटाउन सफल भएको डाक्टर थोमस बताउँछन्।

“हामीले छानेको पहिलो बिरामीमा स्पाईन नजिकै एक ट्युमर फेला पारेका थियौ, र यसका कुनै पनि लक्षणहरू थिएनन्, यो लिपो सारकोमा थियो, हामीले यसलाई सुरुमै पत्ता लगाउन सकेकाले उपचार विधि मार्फत निको पार्न सफल भयौ,” थोमसले भने।

एमआरआईबाट पत्ता लाग्ने भएपछि, धेरै मानिसले फाइदा लिन सकुन् भन्ने उद्देश्यले यसलाई बिस्तार गरिँदै छ।

डाक्टर थोमसले जेनेटीक मार्कर भएका यस्ता मानिसहरूलाई वार्षिक रूपमा एमआरआई गर्नका लागि मेडीकेयर समक्ष प्रस्ताव राखेका छन्।

हाल उक्त स्क्यानको व्यक्तिगत खर्च करिब ८०० डलर हुन आउँछ।

डाक्टर थोमसको उक्त प्रस्तावमा अहिले समीक्षा हुदैछ र तीन महिना भित्र यसका बारेमा नतिजा आउने अपेक्षा गरिएको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now