न्यु साउथ वेल्सको संसदमा स्वैच्छिक मृत्युलाई सहायता गर्न पाउने कानुन सम्बन्धि बहस

Assisted dying laws have been passed in New Zealand.

New South Wales remains the only state in the country that is yet to pass voluntary assisted dying laws. Source: AAP

अस्ट्रेलियाको न्यु साउथ वेल्स मात्र एक राज्य हो जहाँ स्वैच्छिक मृत्युलाई सहायता गर्न पाउने कानुन अनुमोदन गर्न बाँकी रहेको छ। राज्य संसदमा उक्त विधेयक माथि बहस भई रहँदा राज्यका प्रिमियर डोमिनिक पेरोटे भने उक्त व्यवस्थाको विरुद्ध रहेका छन्।


स्वेच्छाले जीवन अन्त्य गर्न चाहनेहरूलाई सहायता गर्न पाउने व्यवस्थाको पक्ष र विपक्षमा संसदमा चलिरहेको बहसको समयमा

न्यु साउथ वेल्स प्रिमियर डोमिनिक पेरोटेले आफ्नी बिरामी हजुरआमाको बारेमा बोलेका छन्। 

उक्त व्यवस्थालाई कानुनी मान्यता दिन बाँकी रहेको अस्ट्रेलियाको यो नै एक मात्र राज्य हो। 

र प्रिमियर पेरोटे यसको समर्थनमा छैनन्।

उनले आफ्नो हजुरआमा पाचन प्रणालीमा महत्त्वपूर्ण हुने प्यान्क्रियाजको क्यान्सर भएको र जीवनको अन्त्यतिर रहेको बताएका छन्। 

"जब म उहाँको नजिक बस्ने गर्थे, उहाँको हात समातेर, म भन्न सक्थे  उहाँ चरम दुखाइमा हुनुहुन्छ र उहाँलाई यो सब सकियोस् भन्ने चाहना थियो। अरूले जस्तै मैले पनि किन मानिसहरूले त्यो पीडालाई जति सक्दो चाँडो अन्त्य गर्न चाहन्छन भन्ने बुझेको छु। तर पिडाको बारेमा कुरा गर्दा हामीले आफ्नो आत्मालाई पनि फर्किएर हेर्नु पर्छ, किनकि पीडाको उत्तर मृत्युको विकल्प दिनु हैन, बरु हेरचाह, आराम र माया दिनु हो।"

NSW Premier Dominic Perrottet
Source: AAP

राज्यका विपक्षि नेता क्रिस मिन्स पनि उक्त विधेयकको विरुद्ध रहेका छन् तर दुवै पार्टीहरूले यस बारे आफ्नो विवेक प्रयोग गरेर मत राख्न पाउने व्यवस्था दिएका छन्।

उक्त कानुनको पक्षधरहरूले यसमा कडा सुरक्षा उपायहरू रहेको बताएका छन्।

निवेदकहरूलाई दुई स्वतन्त्र चिकित्सकहरूले परीक्षण गर्छन् र कुनै पनि व्यक्तिलाई स्वैच्छिक मृत्युका लागी निवेदन हाल्न प्रेरित गर्नुलाई अपराधका रूपमा लिइने छ।

निको नहुने, जटिल, गम्भीर प्रकारका रोग लागेका र ६  महिना भित्रै मरण पक्का भएका  वा १२ महिना सम्म बाँच्ने स्नायु प्रणालीमा खराबी हुँदै जाने बिरामीहरूले   आफ्नो जीवन अन्त्यका लागि निवेदन हाल्न सक्नेछन् ।

पूर्व फर्मुला वान विश्व च्याम्पियनसिप ग्रोन प्री का चालक बेजिल वन रोएन भन्छन् उक्त कानुनले यथार्थलाई सङ्केत गर्छ।

उनलाई सन् २०१४ मा फोक्सो सम्बन्धी एक विरलै प्रकारको क्यान्सर,  मेजोथीलीयोमा, को निदान गरिएको थियो। एक प्रकारको खनिज पदार्थ अस्बेस्टस् को सम्पर्कका आएका व्यक्तिलाई हुने उक्त क्यान्सर धेरै वर्ष पछि देखिन सक्छ तर रोएनलाई भने एकै वर्षमा देखिएको थियो।

उक्त रोगका कारणले उनले पछिल्ला सात वर्षमा ५० भन्दा बढी स्वास्थ्य प्रक्रियाहरू पुरा गरेका छन्। र उनी भन्छन् स्वैच्छिक जीवन अन्त्यबारेको कानुनले निश्चितता दिन्छ।

कुनै समयमा मैले सहनै नसक्ने पिडा हुन थाले पछि आफ्नो जीवन अन्त्य गर्ने एक विकल्प होस् भन्ने चाहन्छु।

दुई खेमामा बाँडेको उक्त कानुन को समर्थनमा दुवै पक्षका २८ जना संसद् सदस्यहरू रहेका छन्। र उक्त विधेयक सांसद एलेक्स ग्रीनविचले सर्वप्रथम प्रस्तुत गरेका थिए।

उनले उक्त कानुनले चरम पिडाबाट गुज्रनु पर्ने अवस्थालाई कम गर्ने बताएका छन्।

तर सबैले यसको समर्थन गरेका छैनन्।

प्रोस्पेक्ट क्षेत्रका राज्य प्रतिनिधि लेबर सांसद ह्यू म्याकडर्मटले इतिहासले यो कानुनलाई दयाको दृष्टिले नहेर्ने बताएका छन्।

उनी भन्छन्, "यसलाई एक असभ्य र बर्बर किसिमको कानुनको रूपमा पाइनेछ जसले मानव अधिकारलाई कमजोर बनाउँदै जोखिममा रहेकाहरूको रेखदेख गर्ने मूल्य मान्य तालाई कमजोर बनाउँछ।"

अहिलेको लागी एउटा कुरा भने निश्चित देखिएको छ।

न्यु साउथ वेल्स देशको एक मात्र राज्य हो जहाँ स्वैच्छिक जीवन अन्त्यमा सहायता गर्ने सम्बन्धी कानुन पारित भएको छैन।

भिक्टोरियाले सन् २०१७ मा उक्त कानुन पारित गरेको थियो भने सन् २०१९ देखि कानुन लागू गरिएको थियो। पश्चिम अस्ट्रेलियामा यसै वर्षको जुलाई देखि उक्त कानुन लागु गरिएको छ।

टास्मेनिया सन् २०२२ सम्ममा उक्त कानुन लागू गरिसक्ने मार्गमा रहेको छ भने दक्षिण अस्ट्रेलिया र क्वीन्सल्याण्डमा २०२३ सम्ममा सो व्यवस्था लागू हुनेछ। 

सङ्घीय कानुनमा स्वैच्छिक जीवन समाप्त गर्ने व्यवस्था सम्पूर्ण टेरिटोरीहरूमा गैर कानुनी रहेका छन्।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now