SKIP TO MAIN CONTENT

नयाँ वर्षलाई स्वागत गर्न अस्ट्रेलियामा कस्तो छ तयारी?

Community
Fireworks are seen over Sydney harbour during New Year's Eve celebrations on January 01, 2022. Source: Getty

नयाँ वर्षको पूर्व सन्ध्यामा हुने आतिसवाजीका लागि तैयारी अन्तिम चरणमा पुगेको छ ।


Published

By Julien Oeuillet, Virginia Langeberg

Presented by Krishna Pokhrel

Source: SBS



Skip to podcast episode content

नयाँ वर्षको पूर्व सन्ध्यामा हुने आतिसवाजीका लागि तैयारी अन्तिम चरणमा पुगेको छ ।


सन् २०२३ लाई स्वागत गर्न विश्वभरका मानिसहरू आतुर छन्।

विश्वका अन्य विकसित मुलुक जस्तै भव्य आतिसवाजीका साथ अस्ट्रेलियाले नयाँ वर्षलाई स्वागत गर्ने तयारी थालिएको छ।

विश्वका अन्य धेरै मुलुकहरूमा भन्दा केही अघि नै अस्ट्रेलियाले सन् २०२३ लाई स्वागत गर्नेछ, त्यो पनि धमाकादार तरिकाले।

सिटी अफ सिड्नीका मुख्य कार्यक्रमहरूमा निर्माताको भूमिका निर्वाह गरिरहेका स्टेफेन गिल्बी, नयाँ वर्षको आगमनका कार्यक्रम जतिसक्दो आकर्षक बनाउनका लागि दिनरात खटिरहेका छन्।

“हाम्रो टिम मानिसहरूलाई हेरेको हेर्‍यौ पार्ने खालका आतिसबाजीका लागि तैयारी गरिरहेका छन्, नयाँ वर्षको पूर्व सन्ध्यामा रङ्गले आकाशलाई चकमन्न बनाउनेछ,” टेफेन गिल्बी भन्छन्।

पछिल्ला १० दिन आतिसवाजीका लागि सम्पूर्ण टोली लागि परेको छ।

लाखौँ पटाखाहरुले नयाँ वर्षको पूर्व सन्ध्यामा अस्ट्रेलियालाई उज्यालो बनाउनेछ।

अघिल्ला वर्षा झैँ नयाँ वर्षको फायर वर्क्सको निर्देशकीय जिम्मेवारी फोर्टुनाटो फोटीले सम्हालेका छन्।

उनका अनुसार पछिल्ला केही वर्ष उत्साहजनक सहभागिता नरहेपनि यस पटकको नयाँ वर्ष उत्सवमय हुनेछ।

“यस वर्ष हामी केही बढी उत्साहित छौ, सन् २०२० र २१ मा मानिसहरूको उपस्थिति त्यति धेरै भएन,” उनले भने।

फोटी परिवार आठ पुस्तादेखि आतिसबाजीको व्यापारमा संलग्न छन्।

उनीहरूले सिड्नीको नयाँ वर्षको आतिसबाजी कार्यक्रमको जिम्मेवारी लिन थालेकै २५ वर्ष भइसक्यो।

संस्थाले हाल ५० जनालाई रोजगारी दिइरहेको छ।

कतिपय स्थानमा शुल्क लिएर र अधिकांस स्थानबाट निःशुल्क रूपमा पनि हेर्न सकिने भएकाले मानिसहरूको अत्यधिक भिडभाड हुने कार्यक्रममा विभिन्न खाले सुरक्षा खतरा पनि रहन्छन्।

आयोजकले सुरक्षालाई विशेष ध्यान दिएको बताएको छ।

Fireworks Director Fortunato Foti holds a firework ahead of the New Year's Eve fireworks display
Fireworks Director Fortunato Foti holds a firework ahead of the New Year's Eve fireworks display Source: AAP

फोर्टुनाटो, आफैले मौसम र अन्य सुरक्षा प्रबन्धका लागि खटिएका छन्।

“मौसम, विशेष गरी हावाको गतिले कार्यक्रम ढिला वा स्थगित गर्नु पर्ने हुन सक्छ, यस्तो एक पटक मात्र भएको छ, हामीसँग विकल्पहरू पनि रहने भएकाले यस वर्ष सबै कुरा ठिक रहनेमा म ढुक्क छु।”

अधिकारीहरूले नयाँ वर्षको दिनमा अनुमति नलिईकन आतिसबाजी नगर्नका लागि अनुरोध गरिरहेका छन्।

गत वर्ष भिक्टोरियामा आतिसबाजीका दौरान १७ जना मानिसहरू घाइते हुन पुगेका थिए।

यता गत महिना क्यारल्ड एभेन्टमा पाटाका पड्काउँदा धेरै बालबालिकाहरू घाइते हुन पुगे।

यता जनावरहरू पटाका एवम् आतिसवाजी हुँदा डराउने भएकाले, उनीहरूको कल्याणका बारेमा सोच्न समेत आग्रह गरिएको छ।

आरएसपिसिए भिक्टोरियाकी प्रमुख पशु चिकित्सक डाक्टर ब्रनविन वक नयाँ वर्षमा पशुपक्षीहरूलाई सुरक्षित राख्नु पर्ने बताउँछिन्।

“उनीहरूको माइक्रोचिप अपडेट भएको छ कि छैन भन्ने बारेमा यकिन गर्नु जरुरी छ, जति प्रयास गर्दा पनि तपाईँले पालेका जनावर बाहिर निस्कन सक्छन्, सबै कुरा बन्द रहेको बेला तपाईँले आकस्मिक उपचारका लागि लिएर जानु पर्ने हुन सक्छ,” डाक्टर वक भन्छिन्।

नयाँ वर्षको पूर्व सन्ध्यामा बेलुकी ९ बजे र मध्यरात १२ बजे आतिसबाजी गरिनेछ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now