SKIP TO MAIN CONTENT

क्रिकेटको बाटो पछ्याउँदै मेलबर्नमा युथ टेबल टेनिस प्रतियोगिता

Ping Pong
“以小球推动大球”,“乒乓外交”开启了中美和中澳关系正常化的历史进程。 Source: Pixabay

क्रिकेट र फुटबल प्रतियोगिता त अस्ट्रेलियामा अनगिन्ती रूपमै आयोजना हुने गरेका छन् तर अब भने टेबल टेनिसको पालो आएको छ।


Published

Updated

Source: SBS


Skip to podcast episode content

क्रिकेट र फुटबल प्रतियोगिता त अस्ट्रेलियामा अनगिन्ती रूपमै आयोजना हुने गरेका छन् तर अब भने टेबल टेनिसको पालो आएको छ।


गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलिया (एनआरएनएए)को भिक्टोरियाली शाखा अन्तरगतको युथ फोरम र नेप्लिज इन भिक्टोरिया (न्याभ) मिलेर मेलबर्नमा आगामी डिसेम्बर २२ तारिख, आइतबारका दिन प्रथम एक दिवसीय युथ कप टेबल टेनिस प्रतियोगिता आयोजना हुँदैछ।

कोबर्ग टाउन हल नजिकै रहेको एक टेनिस क्लबमा खेलमा भाग नलिए पनि साथीभाइ भेट्न र भाग लिनेहरूलाई थप ऊर्जा र उत्साह प्रदान गर्न आयोजकले मेलबर्नका सम्पूर्ण नेपाली समुदायलाई आह्वान गरेको छ।

बिहान ११ बजे सुरु हुने उक्त प्रतियोगिता दिउसो पाँच बजेसम्ममा समापन भइसक्ने बताइएको छ।

फुटबल वा क्रिकेट जस्ता खेलमा भाग लिन मैदानमै पुग्नु पर्ने अनि त्यस माथि शारीरिक रूपमा तन्दुरुस्त हुनुपर्ने जस्ता कारणहरूले गर्दा यी खेलहरूले समुदायका सीमित व्यक्तिहरूलाई मात्र आकर्षित गर्ने गरेको छ।

Kajal Kiran Singh Bhandari spoke to SBS Nepali on First NRNAA Table Tennis Comp
Kajal Kiran Singh Bhandari spoke to SBS Nepali Source: Supplied

महिला एवं बालबालिका सहित नेपाली अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई समुदायमा अझ बढी घुलमिल गर्दै लाने योजनाका साथ उक्त प्रतियोगिता आयोजना गर्न लागिएको नारी निकुञ्ज भिक्टोरियाकी काजल किरण सिंह भण्डारीले एसबीएस नेपालीलाई बताइन (भण्डारीसँग हामीले गरेको कुराकानी यो पेजको माथि रहेको मिडिया प्लेयरमा थिचेर सुन्नुहोस्)। 

“वुमेन र किड्सलाई इन्क्लुसिभ गर्न टेबुल टेनिस चाही बेस्ट होला भनेर यो (प्रतियोगिता) सुरुवात गर्न लागेको छौँ,” उनले भनिन्।

यस किसिमको पहिलो खेलकुद प्रतियोगिता आयोजना हुँदै गर्दा, पुरुषहरूको सहभागिता प्रति उत्साहित देखिए पनि थप महिलाहरू बिना आफ्नो योजना पूर्ण नहुने भण्डारी बताउँछिन्।

“स्पोर्ट्सबाट (सामुदायिक कार्यक्रमहरूमा महिला सहभागिता) जसरी पनि बढाउनुपर्ने छ,” उनले भनिन्।

“हामीले चाहिँ …कलेजहरूमा, युनिभर्सिटीहरूमा जो इन्भल्भ छन् उनीहरूसँग सहकार्य गरेका छौँ…भाइबहिनीहरू जो सम्पर्कमा छन्, चिनेका छन्…तर लेडिजहरूको इच्छै टेबल टेनिस प्रति नभएको हो कि?”

मानसिक र शारीरिक स्वास्थ्य दुवै खेलकुदको माध्यमबाट मात्र सम्भव रहेको पनि भण्डारीको भनाई छ।

यसका साथै, उक्त प्रतियोगितामा भाग लिने नेपाली पृष्ठभूमिका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई ‘लङ्गटर्म’मा एनआरएनको स्वतः सदस्य लिन मिल्ने गरी व्यवस्था पनि गरिएको उनले जानकारी दिइन्।

प्रतियोगितामा १६ वर्ष मुनिका बालबालिका, महिला र पुरुषको एक-एक गरी तीन समूह बनाइएको छ।

यो यस प्रकारको पहिलो प्रतियोगिता भएको हुनाले आगामी दिनहरूमा सिक्दै, परिमार्जन गर्दै अगाडी बढ्ने पनि भण्डारीको भनाई थियो।

“सबै जना इन्भल्भ हुने हो, सबै जनालाई वेलकम छ र उहाँहरू कै सजेसनमा हामी नेक्स्ट एर कसरी गर्दा यो उपयुक्त हुन्छ भन्ने कुरा गर्नेछौँ।”

सामाजिक आवश्यकता परिपूर्ति गर्न यस किसिमका आयोजनाहरू सङ्ख्यामा थप हुनुपर्ने पनि उनको धारणा थियो।

“हामी महिलाहरू धेरै नै पीडित छौँ, यस्ता कार्यक्रममा सहभागी हुँदै समाजमा सशक्त बनेर नेतृत्व गर्न सक्यौँ भने हाम्रो समुदाय धेरै नै अगाडी बढ्ने थियो कि?”


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now