Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

अस्थायी 'स्किल्ड भिसा' भएकालाई समेट्दै आप्रवासन नीतिमा सुधार ल्याइने

Australian visas : new migrant visas

Australia's migration system is to be overhauled after a once-in-a-generation review found it's not meeting the needs of the nation. Source: Getty / Digital Vision/Getty Images

अस्ट्रेलियाको आप्रवासन प्रणालीमा सुधारहरू ल्याइने भएको छ। एक समीक्षाले अस्ट्रेलियाको आप्रवासन नीतिले देशको आवश्यकता अनुसार काम गर्न नसकेको देखाए पछि सो निर्णय गरिएको हो। समीक्षा समितिले नयाँ आप्रवासन नीतिको ढाँचा दिने गरी ३८ वटा सुधारका सुझावहरू सरकार समक्ष प्रस्तुत गरेको छ।


Published

Updated

By Sam Dover, Sophie Bennett

Presented by Sunita Pokharel, Krishna Pokhrel

Source: SBS



Share this with family and friends


अस्ट्रेलियाको आप्रवासन प्रणालीमा सुधारहरू ल्याइने भएको छ। एक समीक्षाले अस्ट्रेलियाको आप्रवासन नीतिले देशको आवश्यकता अनुसार काम गर्न नसकेको देखाए पछि सो निर्णय गरिएको हो। समीक्षा समितिले नयाँ आप्रवासन नीतिको ढाँचा दिने गरी ३८ वटा सुधारका सुझावहरू सरकार समक्ष प्रस्तुत गरेको छ।


गृह मामिला मन्त्री क्लेयर ओनिलले समीक्षा समितिको रिपोर्ट सार्वजनिक गर्दै हालको प्रणाली ढिलो र अत्याधिक जटिल भएको बताएकी छिन्।

समीक्षा समितिले सरकार समक्ष कुल ३८ वटा नीति सुधारका सुझावहरू प्रस्तुत गरेको छ।

समीक्षाको बारेमा प्रतिक्रिया दिँदै मन्त्री ओनिलले दुई वटा परिवर्तनहरू हुने स्पष्ट पारेकी छिन् भने चाडै अन्य धेरै परिवर्तनहरू ल्याइने सङ्केत गरेकी छिन्।

सबैभन्दा महत्त्वपूर्ण परिवर्तनहरू मध्येको एक भनेको जुलाई १ देखि हाल स्पन्सर गरिएका आप्रवासीहरूलाई दिइने गरेको न्यूनतम रकम बढाउनु पर्ने रहेको छ।

टीएमएसएमआइटी भनेर चिनिने अस्थायी भिसामा रहेका सीपयुक्त आप्रवासीहरूलाई दिइने तलब थ्रेसहोल्ड एक दशक अगाडी ५३ हजार डलरमा सीमित गरिएको थियो।

त्यसपश्चात् नबढेको सो रकममा अब भने वृद्धि भएर ७० हजार पुग्नेछ।

साथै मन्त्री ओनिलले सीपयुक्त अस्थायी भिसामा रहेका कामदारहरूलाई सन् २०२३ को अन्त्यसम्ममा स्थायी वासस्थान भिसाको लागि आवेदन हाल्ने अवसर दिइने पनि घोषणा गरेकी छिन।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now