विश्वका ठुला नेता, राजनीतिज्ञ र अरबपतिहरूको गोप्य राखिएका धन र कारोबारहरूको पर्दाफास गर्दै अहिलेसम्मकै सबै भन्दा ठुलो खुलासा भएको छ जसलाई प्यान्डोरा पेपर्स भनेर नामाकरण गरिएको छ। वर्तमान तथा पूर्व नेताहरू गरेर ३५ जना र ३०० जना भन्दा बढी सरकारी कर्मचारीहरूको विवरण "अफ्शोर" कम्पनीहरूका फाइलबाट पत्ता लागेको हो। नेपालका केही व्यक्ति तथा व्यवसायहरूको नाम प्यान्डोरापेपर्समा आएको समयमा, यस अनुसन्धानमा संलग्न एक नेपाली खोज पत्रकारसँग पनि हामीले कुराकानी गरेका थियौँ।
Share





