अस्ट्रेलियामा उग्रवादको जाँच गर्न संसदीय अनुसन्धान अघि बढ्यो

Far-right extremists are increasingly forming global links, according to a new study.

Victoria's parliament to investigate the rise of far-right extremism in the state Source: AAP

दक्षिणपन्थी उग्रवादले देखाएको बढ्दो खतराका बीच संसद्को सुरक्षा सम्बन्धी समिति अष्ट्रेलियामा चरमपन्थी आन्दोलनको अनुसन्धानमा अघि बढेको छ।


हालै अनलाइन मार्फत दक्षिणपन्थि चरमपन्थी सर्मर्थीत सामाग्री प्रकाशन गरेको आरोपमा एक १८ बिर्षया  युवक पक्राउ परेपछि सङ्घीय सरकारले अस्ट्रेलियामा सम्भावित उग्रवादको बढ्दो जोखिमलाई बिचार गदै यस विषयमा छानबिन गर्न सहमति जनाएको छ ।

विपक्षी लेबरले दक्षिणपन्थी उग्रवादी विरुद्ध छानबिनका लागि माग गरेपछि सङ्घीय सरकार यस विषयमा छानबिन गर्न अघि बढेको हो ।

गृहमन्त्री पीटर डट्टनले पठाएको सिफारिश पछि गुप्तचर तथा सुरक्षासम्बन्धी संसदीय संयुक्त समितिले छानबिनमा हस्ताक्षर गरेको हो।

यसैबिच न्यूजील्याण्डकी प्रधानमन्त्री जेसिन्डा आर्नडले क्राईस्टचर्चमा भएको आतङ्ककारी हमलाको अन्तिम रिपोट अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरीसन सँग छलफल गर्ने बताएकी छन् ।

WELLINGTON, NEW ZEALAND - DECEMBER 08: Prime Minister Jacinda Ardern speaks to media during a media lock-up ahead of the release of the Royal Commission of Inquiry in relation to the Terrorist Attack on Christchurch Mosques at Parliament on December 08, 2
Prime Minister Jacinda Ardern speaks to media of the release of the Royal Commission of Inquiry in relation to the Terrorist Attack on Christchurch Source: Hagen Hopkins/Getty Images

आर्डनले अस्ट्रेलियाको खुफिया एजेन्सी सँग आतङ्कवादको कुनै पनि रेकर्ड नभएको पनि बताएकी छन् ।

न्यूजल्याण्ड क्राईस्टर्चच आतङ्कवादी हमलाको कारण  बारेमा गहिराइ सम्म पुग्न नसक्दा यस घटनाले अस्ट्रेलियाली नेताहरूलाई समेत घचघच्याउन बाध्य पारेको छ ।

छाया गृह मामिला मन्त्री क्रिस्टीना केनली अब यसको समय आएको बताउँछिन् ।

५१ जनाको ज्यान जाने गरी २०१९ को आम नरसंहारमा अस्ट्रेलियाली आतङ्कवादीको हात रहेको बताइँदा न्यूजील्याण्डकी प्रधानमन्त्री जेसिन्डाले प्रधानमन्त्री मोरीसन सँग फेला परेका तथ्यहरूको बारेमा छलफल गर्ने भएकी हुन् ।

लेबरले यस घटनामा तितो सत्यलाई आत्मसाथ गदै सरकारबाट उचित प्रतिक्रियाको माग गरेको छ ।

Home Affairs Minister Peter Dutton
Lawyers say the ruling is a major victory over Home Affairs Minister Peter Dutton. Source: AAP

क्रिस्टीना केनिलीले संसद्को सबैभन्दा शत्तिशालि सुरक्षा समिति समक्ष दक्षिणपन्थी उग्र वादीविरुद्ध जाँचबुझ आयोग गठन गर्न आग्रह गरेकी थिइन् ।

क्राइस्ट चर्चको गोलीवारिको घटनामा शाही आयोगले न्यूजील्याण्डको सुरक्षा एजेन्सी इस्लामिक आतङ्कवादको खतरामा बढी केन्द्रित रहेको बताएको छ ।

गत हप्ता गृह मामला मन्त्री पिटर डट्टनले आतिवादीहरुले गर्ने विभिन्न किसिमका खतराहरूलाई आफुले एकै किसिमले हेर्ने  बताएका थिए ।

डेकिन बिश्वबिद्यालका प्रोफेसर एवम् आंतकबाद विरोधी विशेषज्ञ ग्रेग बार्टनले यो विषयमा जाँचबुझ अगाडी बढाउनु मौसम अनुकूल एक समझदार कदम हुने बताए।

 

अस्ट्रेलियाली सुरक्षा एजेन्सीहरूले पनि महामारीको कारण दक्षिणपन्थी उग्र वादको जोखिम बढ्दै गएको बारेमा चिन्ता व्यक्त गरेका थिए ।

यस वर्षको सुरुवातमा ए एस आई व ले आंतकबाद विरुद्धको ४० प्रतिशत कामको भार दक्षिणपन्थी उग्रवादी र यस्ता व्यक्तिहरूमा केन्द्रित रहेको बताएको थियो ।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now