Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

अस्ट्रेलियाका नेपाली कामदार आफ्नो समस्या र कार्यस्थलमा हुने शोषणका बारेमा खुलेर भन्न सक्दैनन्

A worker wearing a face mask at Marrickville, Sydney.

A worker wearing a face mask at Marrickville, Sydney. Source: AAP

आप्रवासी कामदारहरू आफ्ना रोजगारदाताबाट पारिश्रमिकलाई लिएर ठगिने या शोषणमा परेका भन्ने समाचारहरू हामीले सुन्दै आएका छौँ। यस्ता समस्यामा परेकाहरूको मद्दत गर्ने कानूनी सेवा प्रदायकमा संलग्न कविता पराजुलीसँगको कुराकानी।


Published

Updated

By Dinita Rishal

Source: SBS



Share this with family and friends


आप्रवासी कामदारहरू आफ्ना रोजगारदाताबाट पारिश्रमिकलाई लिएर ठगिने या शोषणमा परेका भन्ने समाचारहरू हामीले सुन्दै आएका छौँ। यस्ता समस्यामा परेकाहरूको मद्दत गर्ने कानूनी सेवा प्रदायकमा संलग्न कविता पराजुलीसँगको कुराकानी।



यस शृङ्खलामा चर्चा गरिएका विषय:

  • अस्ट्रेलियाली सरकारको मापदण्ड अनुसार कर्मचारीहरूको कार्यस्थलीय अधिकार
  • एबिएनमा काम गर्दा ध्यान दिनु पर्ने कुराहरू
  • कार्यस्थलीय शोषण भएमा कहाँबाट मद्दत लिने

अस्ट्रेलियाका कार्यस्थलमा शोषण परेका कामदारहरूलाई गोपनीयता प्रदान गर्दै निःशुल्क कानूनी सहायता दिने सेवाहरू उपलब्ध रहेका छन्।

आप्रवासन रोजगारी सम्बन्धी कानूनी सेवा प्रदायक संस्था माइग्रेन्ट इम्प्लोइमन्ट लिगल सर्भिस (मेल्स) मा कार्यरत कविता पराजुली श्रमिकको हक अधिकारका जानकारी समुदायसम्म पुर्‍याउने कार्यमा संलग्न रहेकी छिन् र उनी भन्छिन् कि कार्यस्थलमा पाइने अधिकार बारे सबै कामदारले जान्नु र बुझ्नु आवश्यक छ।

अस्ट्रेलियामा कामदारहरू मुख्य तीन प्रकारका हुन्छन्:

  • क्याजुअल,
  • पार्ट-टाइम र
  • फुल-टाइम।

त्यसको आधारमा कर्मचारीहरूको आ-आफ्नै कार्यस्थलीय अधिकार र हुने पराजुलीले एसबीएस नेपालीसँगको कुराकानीका क्रममा बताएकी छिन्।

“अस्ट्रेलियामा हामी जुनसुकै उद्योगमा - चाहे त्यो लन्ड्रीदेखि लिएर कर्पोरेट क्षेत्र नै किन नहोस् - त्यो राष्ट्रिय रोजगार मापदण्ड नेश्नल इम्प्लोइमेन्ट स्ट्यान्डर्ड्स अन्तर्गत हुनु पर्छ।”

अस्ट्रेलिया सरकारको फेयरवर्क अम्बड्सम्यान अन्तर्गतका ११ वटा राष्ट्रिय रोजगार मापदण्डले कर्मचारीहरूका आधारभूत अधिकारहरू दर्साउँदै रोजगारदाताहरूको कर्तव्यलाई उल्लेख गर्दछ।

फेयरवर्क अम्बड्सम्यानले कार्यस्थल सम्बन्धि समस्यामा परेका मानिसहरूलाई मद्दत गर्दै यी मापदण्डहरू पालना भएको छ कि छैन भनेर हेर्छ।

पराजुलीसँग हाम्रो कुराकानी सुन्नुहोस् : अस्ट्रेलियाका नेपाली कामदार आफ्नो समस्या र कार्यस्थलमा हुने शोषणका बारेमा खुलेर भन्न सक्दैनन् हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

साधारणतया: अस्ट्रेलियामा फुल-टाइम कर्मचारीहरूले हप्तामा अधिकतम ३८ घण्टा र आवश्यकता अनुसार त्यो भन्दा बढी काम गर्न पाउँछन् भने ३८ घण्टा भन्दा कम समय नियमित काम गर्दा पार्ट-टाइम स्थायी कर्मचारी हुने प्रावधान रहने कविता पराजुलीले बताइन्।

त्यस्तै उनी भन्छिन् कि क्याजुअल कर्मचारीहरूको भने निश्चित समय हुँदैन र आवश्यकता अनुसार काममा बोलाइन्छ।

आफ्नो व्यक्तिगत जीवनका कामकाजको लागि समय मिल्ने गरी आफू काम गर्न मिल्ने र नमिल्ने समयको बारेमा रोजगारदातालाई बताउनु सबै कर्मचारीहरूको अधिकार रहेको पनि उनको भनाई छ।

घरबाट गर्न मिल्ने काम छ भने घरबाट काम गर्नको लागि पनि अनुरोध गर्न सकिने पराजुलीले जानकारी दिइन्।

“कामबाट बिदा लिन पाउने पनि कर्मचारीहरूको अधिकार हुन्छ,” उनी भन्छिन्।

Kabita Parajuli encourages people to ask for help in case of workplace rights violation.
Kabita Parajuli encourages people to ask for help in case of workplace rights violation. Source: Supplied
फुल-टाइम र पार्ट-टाइम कर्मचारीहरूले मासिक बिदा, अभिभावक बिदा, हेरचाहकर्ता बिदा, बिरामी बिदा सामुदायिक बिदा आदि पाउँछन्।

क्याजुअल कर्मचारीहरूको लागि यी उपलब्ध हुँदैन, जस कारण उनीहरूको न्यूनतम ज्याला दर अरूको भन्दा २५ प्रतिशत बढी हुन्छ।

योसँगै, यदि कुनै कर्मचारीको काम छोड्ने बिचार भएमा उनले आफ्नो रोजगारदातालाई पाँच हप्ता या तोकिएको समय भन्दा अगाडी खबर गर्नु पर्छ।

आफू या आफ्नो वरिपरि कोही कार्यस्थलीय शोषणमा परेका छन् भने गोपनीय सहयोगका सामुदायिक कानुनी केन्द्रहरूमा सम्पर्क गर्न सकिने पराजुलीको सुझाव छ।

“अस्ट्रेलियामा धेरै निःशुल्क सामुदायिक सेवा प्रदायकहरू छन्, जसले विशेष गरी भिसामा रहेका मानिसहरूलाई सजिलो हुन्छ।”

अस्ट्रेलियाका राष्ट्रिय रोजगार मापदण्डहरूको विस्तृत जानकारीका लागि फेयर वर्क अम्बड्सम्यानको वेबसाइटमा जान सक्नु हुन्छ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो सामुदायिक कानुनी केन्द्र या फेयर वर्क अम्बड्सम्यानलाई सम्पर्क गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now