SKIP TO MAIN CONTENT

'पीफ्यास प्रदूषण प्रभावितलाई क्षतिपूर्ति दिन अस्ट्रेलिया सरकार सहमत हुनु उदाहरणीय छ': डा रामकृष्ण निरौला

PFAS.jpg
Source: AAP, Supplied / Ram Krishna Niroula

सङ्घीय सरकारले आगो निभाउन प्रयोग हुने फोमबाट भएको पिफ्यास प्रदूषणका कारण प्रभावित भएकाहरूका लागि क्षतिपूर्ति स्वरूप १३ करोड २७ लाख डलर तिर्नु पर्ने भएको छ। यो अभ्यासलाई युनिभर्सिटी अफ न्युकासलमा कार्यरत वैज्ञानिक डा रामकृष्ण निरौला प्रशंसनीय कदमको रूपमा व्याख्या गर्छन्।


Published

Updated

By Sunita Pokharel

Source: SBS


Skip to podcast episode content

सङ्घीय सरकारले आगो निभाउन प्रयोग हुने फोमबाट भएको पिफ्यास प्रदूषणका कारण प्रभावित भएकाहरूका लागि क्षतिपूर्ति स्वरूप १३ करोड २७ लाख डलर तिर्नु पर्ने भएको छ। यो अभ्यासलाई युनिभर्सिटी अफ न्युकासलमा कार्यरत वैज्ञानिक डा रामकृष्ण निरौला प्रशंसनीय कदमको रूपमा व्याख्या गर्छन्।


सैन्य अखडाहरूमा प्रयोग गरिने फायर फाइटिङ्ग फोममा प्रयोग भएको विषाक्त रसायन पानीमा मिसिएपछि देशभरका सात स्थानका बासिन्दाहरू यसको सम्पर्कमा आएको दाबी गरिएको थियो।

प्रदूषित स्थानहरूमा न्यु साउथ वेल्सका वागा वागा र रिचमन्ड रहेका छन् भने भिक्टोरियाको वाडोंगा परेको छ।

त्यस्तै नदर्न टेरिटरीको डार्विन, क्वीन्सल्याण्डको टाउन्सभिल, साउथ अस्ट्रेलियाको एडिन्बर्रा र वेस्टर्न अस्ट्रेलियाको बुल्सब्रूक छन्।

प्रभावितहरूको प्रतिनिधित्व गर्दै दायर गरिएको मुद्दामा सरकार सो क्षतिपूर्ति रकम लगभग ३० हजार दाबाकर्ताहरूलाई दिन सहमत भएको हो।

४ हजार ७ सय केमिकलहरूलाई समष्टिगत रूपमा पिफ्यास भनिने पर् एन्ड पलि-फ्लुरोअल्काएल सब्स्टेन्सेस् नटुट्ने वा नास नहुने किसिमको हुन्छ।

यसको साटो माटो, पानी र मानव शरीरमा जम्मा हुने गर्दछ।

पिफ्यास र यसको प्रभावबारे वैज्ञानिक डा रामकृष्ण निरौलाले एसबीएस नेपालीलाई बताएका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: यो कुराकानीमा व्यक्त भएका धारणाहरू निरौलाका आफ्ना हुन्। तपाईँको स्वास्थ्यमा उक्त रसायनले पार्न सक्ने प्रभावबारे थप बुझ्न आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now