Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

गलत फोटो प्रयोग: 'दुई श्वेत मोडलहरूको फोटोमा यस्तो हुँदैन'

Adut Akech

Süpermodel Adut Akech Source: SBS

अफ्रिकी पृष्ठभूमिका दुई अस्ट्रेलियाली मोडलहरूको गलत तस्बिर प्रकाशित गरिएको भन्दै अस्ट्रेलियाको एक पत्रिका र जन सम्पर्क वा पिआर एजेन्सीको आलोचना गरिएको छ।


Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


अफ्रिकी पृष्ठभूमिका दुई अस्ट्रेलियाली मोडलहरूको गलत तस्बिर प्रकाशित गरिएको भन्दै अस्ट्रेलियाको एक पत्रिका र जन सम्पर्क वा पिआर एजेन्सीको आलोचना गरिएको छ।


दक्षिण सुडानी सुपर मोडल अडूट् अकेच मेलबर्नमा हुन गइरहेको फेशन सप्ताहकी दूत हुन् तर अस्ट्रेलियाको एक पत्रिका 'हु' ( डब्लूएचओ) र पिआर एजेन्सी(ओ- पी- आर) ले उनको गलत तस्बिर प्रकाशित गरे पछि सबैको ध्यान त्यस तर्फ तानिएको छ।

अडूट् अकेचबारे को एक लेखमा युगान्डा पृष्ठभूमिकी अस्ट्रेलियाली मोडल फ़्लावीया लाज़ारस ठुलो तस्बिर राखिएको थियो।

Ugandan-Australian model Flavia Lazarus, who was incorrectly pictured as Adut Akech.
Ugandan-Australian model Flavia Lazarus, who was incorrectly pictured as Adut Akech. Source: Instagram/flavialazarus_

पत्रिका र पिआर एजेन्सी दुवैले यस सम्बन्धमा माफी मागेको भए पनि अकेचले यसलाई फेशन उद्ध्योगमा विविधतामा कमी रहेको प्रस्ट्याउने घटना भनेकी छन्।

मेलबर्नको एबिसी रेडियोमा कुरा गर्दै उनले यो गल्ती अपमानजनक रहेको बताएकी छन्।

"यो रंगभेदी कार्य हो र जतिनै मानिसहरूले यसलाई मानवीय त्रुटि भने पनि यस्तो गल्ती सामान्यतया दुई श्वेत मोडल वा नायिकाहरूमा हुँदैन।"

अस्ट्रेलिया आउनु पूर्व केन्याको शरणार्थी शिविरमा आफ्नो जीवनको केही समय बिताएकी १९ वर्षीय अकेचले आफ्नो अन्तरवार्तामा आफूले शरणार्थी र जनजातिलाई हेरिने दृष्टिकोण परिवर्तन गर्ने चाहना व्यक्त गरेको बताएकी छन्।

तर फोटो प्रयोगमा देखिएको गल्तीले सोही दृष्टिकोणलाई दोहोर्याएको बताएकी छन्।

यसै सम्बन्धमा मेलबर्नकी मेयर स्याली क्यापले गलत तस्बिर प्रयोग गरेको बारे राष्ट्रिय स्तरमा हेडलाइन बनिसक्दा गल्ती गर्ने पिआर एजेन्सी र उक्त पत्रिकाले यो विषयलाई अझ सही ढङ्गबाट सम्बोधन गर्न सक्थ्यो भन्ने विचार राखेकी छन्।

मोडल अकेच एक हप्ता अगाडी प्रकाशित उक्त लेखमा गलत तस्बिर प्रकाशित गरिएको भए पनि अडूट् अकेचले सामाजिक सञ्जाल बाट यसको विरोध गरे पछि मात्र माफी मागिएको थियो।

Adut Akech with Melbourne Lord Mayor Sally Capp
South-Sudanese-Australian model Adut Akech with Lord Mayor Sally Capp, after being announced as the 2019 Ambassador for Melbourne Fashion Week. Source: AAP

मेलबर्न फेशन सप्ताहको परिचयात्मक कार्यक्रममा मेयर क्यापले यो घटनाले अझ विविधताले स्थान पाउनु पर्ने आवश्यकता देखाएको बताएकी छन्।

"मा पूर्णतया स्विकार्छु कि हामीले छिट्टै नै यस सम्बन्धी कदम चाल्नु पर्दथ्यो। तर हामीले अडूट् को के इच्छा छ भन्ने बारेमा पनि ध्यान दिनु पर्छ। यो अडूट् को लागी अत्यन्त व्यक्तिगत कुरा हो तर यो विषयले पूर्णतया सामुदायिक समस्याको रूप लियो।"

अडूट् अकेच ले फेशन सप्ताहको दूतका साथै अब एक नयाँ भूमिकामा रहने भएकी छन्।

उनी विविधताका पक्षमा कदम चाल्न आव्ह्वान गर्ने एक अभियानमा संलग्न रहने भएकी हुन्।

सुरुमा उक्त लेख देखे पछि चुप लागेर बस्ने बारे सोचेको भए पनि यो अवस्थामा परिवर्तन ल्याउन पनि आफूले बोल्ने निर्णय गरेको बताएकी छन्।

Adut Akech (L) will appear on the cover an edition of British Vogue magazine guest edited by the Duchess of Sussex, Meghan.
Adut Akech (L) Source: Instagram

भोग अस्ट्रेलियाकी सम्पादक एडविना म्यक्क्यानले विविधताका बारेमा बोल्न सुरुवात गरेको भन्दै अकेचको कदमको प्रशंसा गरेकी छन्।

उक्त तस्बिर प्रकाशनमा देखिएको उक्त गल्ती नजानिँदो तरिका बाट हुने गरेको पक्षपातको सङ्केत भएको गैर नाफामूलक मिडिया डाइभर्सिटी अस्ट्रेलिया कि एनटोईनेट लातौफ़ले बताएकी छन्।

त्यस्तै समलिङ्गी एलजीबिटिआइक्यु प्लस समुदायबाट आदिवासी मोडल कलिन्स वाइडर्स ले एसबीएससँग कुरा गर्दै अकेचले यो विषयमा बोलेर बहादुरीको काम गरेको  बताएका छन् ।

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now