Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

पृथ्वी जयन्ती: "शाहलाई दैवी र दानवी करण गर्ने प्रयासहरू भइरहेका छन्"

Thousands of people gathered to celebrate the birth anniversary of Nepal's first king Prithivi Narayan Shah amid government restrictions on large public gatherings due to the recent spike of the coronavirus's Omicron variant. Prithvi Narayan Shah had form

A statue of late King Prithivi Narayan Shah during a rally to mark his birth anniversary and Nepal's National Unification Day in Kathmandu on 11 January 2022. Source: EPA

देशभर ३०० औँ पृथ्वी जयन्ती राष्ट्रिय एकीकरण दिवसका रूपमा मनाइरहँदा कतिपयले भने यो दिवसलाई लिएर आफ्ना असन्तुष्टि पोखेको बारे काठमाणडूबाट सेवा भट्टराईको प्रस्तुती।


Published

Updated

By Sewa Bhattarai

Source: SBS



Share this with family and friends


देशभर ३०० औँ पृथ्वी जयन्ती राष्ट्रिय एकीकरण दिवसका रूपमा मनाइरहँदा कतिपयले भने यो दिवसलाई लिएर आफ्ना असन्तुष्टि पोखेको बारे काठमाणडूबाट सेवा भट्टराईको प्रस्तुती।


पृथ्वी जयन्ती फेरी विवादित बनेको छ।

आधुनिक नेपालका प्रथम शाह वंशीय राजा पृथ्वीनारायण शाहको जन्मदिनलाई शाहकालमा एकता दिवसका रुपमा मनाइँदै आएको थियो, तर आजकाल त्यस दिनको धेरै विरोध भइरहेको छ। 

एकातर्फ भूतपूर्व राजा ज्ञानेन्द्रले शाहको सालिकमा माल्यार्पण गरेर गणतन्त्र विरुद्धको वक्तव्य दिएका छन् भने अर्कोतर्फ कीर्तिपुरमा कालु पाँडेसाग सम्बन्धित ढुङ्गालाई पृथ्वी नारायण शाहसँग सम्बन्धित भनेर थुक्ने कार्यक्रम हुँदै छ। 

"पृथ्वीनारायण शाह आधुनिक नेपालका संस्थापक हुन्, तर उनले स्थापना गरेको राज्य समावेशी हुन नसकेकाले यस राज्यले सीमान्तकृत गरेका र समान हक नदिएका मानिसले असन्तुष्टि व्यक्त गर्न थालेका हुन्," संस्कृति र इतिहासका अध्ययनकर्ता वसन्त महर्जनले एसबीएस नेपालीसँग भने।

Prithivi Jayanti
Source: EPA

यस असन्तुष्टिका साथै पृथ्वी जयन्तीलाई राजनीतिक मुद्दाहरूको प्रचार गर्ने अवसर पनि बनाइएको र विभिन्न समूहले आफ्नै रुचि अनुसार शाहलाई दैवीकरण र दानवीकरण गरेको पनि महर्जन बताउँछन्। 

"आधुनिक नेपालका निर्माता प्रति श्रद्धा हुनु स्वाभाविक हो र माल्यार्पण गर्न पनि पाइन्छ। त्यस्तै, राज्य समावेशी नहुँदा असन्तुष्टि हुनु पनि स्वाभाविक हो, तर कीर्तिपुर को हकमा ३०-४० वर्ष अघि हराइसकेको परम्परा फेरी ब्युँताएर राजनीतिक कार्यक्रम गरेर कीर्तिपुर बाहिरका अरू जनजाति समूह पनि आएर ढुङ्गामा थुक्ने काम भइरहेको छ," उनले भने।

"पृथ्वीनारायण शाहलाई एकातर्फ दैवीकरण र एकातर्फ दानवीकरण गर्ने प्रयासहरू भइरहेका छन्।"

ऐतिहासिक व्यक्तित्वलाई वर्तमान परिप्रेक्ष्यमा घसिटेर विवादास्पद बनाउने काम भइरहेको छ। त्यसले द्वन्द्व झन् चर्किन सक्छ," महर्जन भन्छन्।

संस्कृति र इतिहासका अध्ययनकर्ता वसन्त महर्जनसँग गरिएको पूरा कुराकानी सुन्नुहोस्: पृथ्वी जयन्ती: "शाहलाई दैवी र दानवी करण गर्ने प्रयासहरू भइरहेका छन्" हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

गत हप्ता नेपालका अन्य मुख्य समाचारमा,

  • कोरोना भाइरसको ओमिक्रन भेरिएण्ट दस दिनमा नौ गुणा बढेपछि अवस्था चिन्ताजनक भएको छ। सक्रिय सङ्क्रमितको सङ्ख्या एक हप्तामै करिब ६००० बाट बढेर १८ हजार भन्दा माथि पुगेको छ। सरकारले २५ जना भन्दा धेरै मानिस भेला हुनमा रोक लगाएको छ। 
  • नारायणहिटी राजदरबार परिसरभित्र रेस्टुरेन्ट चलाउने प्रकरणमा दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन्। पर्यटन मन्त्रालयको एक अनुसन्धानले जानाजान सस्तो दरमा त्यो जग्गा एउटा व्यापारिक समूहलाई लीजमा दिइएको निष्कर्ष निकालेपछि दाहालले राजीनामा दिएका हुन्। दाहालले आफूले कुनै अनियमित काम नगरेको बताउँदै आएका छन्।
  • अमेरिकाको रुबिन म्युजियमले नेपालबाट चोरिएका दुई वटा कलाकृति नेपाल फर्काउने सहमति गरेको छ। इटुम्बहालबाट चोरिएको मालासहित उडिरहेकी अप्सरा र यम्पी महाविहारबाट हराएको मूल ढोकाको माथि राखिने तोरण आकृति नेपाल फर्काउने खर्च सङ्ग्रहालयले नै बेहोर्ने भएको छ। नेपालबाट चोरिएका कलाकृतिका बारेमा अभियानकर्ताहरूले आवाज उठाउने क्रम बढ्दा केही कलाकृति नेपाल फर्काइन थालेका छन्। 
  • ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले जुनियर विश्व ब्याडमिन्टन वरीयताको पहिलो नम्बरमा पुग्ने पहिलो नेपाली भएर इतिहास रचेका छन्। 

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now