Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

चोरी विवाह: “जबरजस्ती तानेर विवाह गर्ने कुरा हाम्रा बाउ बाजेले भन्थे, हामीले त देखेनौँ”

Nepali Wedding

कुनै समयमा नेपालका जनजाति समुदायमा प्रचलित 'चोरी विवाह' अर्थात् केटीलाई तानेर ल्याएर विवाह गर्ने प्रचलन आजकाल हराउँदै गएको छ। काठमाण्डूबाट सेवा भट्टराईको रिपोर्ट।


Published

Updated

By सेवा भट्टराई

Source: SBS



Share this with family and friends


कुनै समयमा नेपालका जनजाति समुदायमा प्रचलित 'चोरी विवाह' अर्थात् केटीलाई तानेर ल्याएर विवाह गर्ने प्रचलन आजकाल हराउँदै गएको छ। काठमाण्डूबाट सेवा भट्टराईको रिपोर्ट।


पुरुषले आफूलाई मन परेकी महिलालाई साथीहरूसँग मिलेर तानेर ल्याउने प्रचलन विभिन्न जनजाति समूहमा रहेको थियो। 

त्यसरी तानेर लैजाँदा विवाह नै भएको भने मान्न नमिल्ने मानव शास्त्री जनक राई बताउँछन्।

उनी भन्छन् कि कुनै समयमा जनजाति समुदायमा यो एउटा विवाह गर्ने सामान्य प्रक्रिया रहेको थियो।

"त्यसपछि माइती पक्षले सोधखोज गर्दै आउँछन्, र केटीको मन्जुरी छ कि छैन भनेर सोधेर मात्र प्रक्रिया अगाडि बढ्छ। विवाहको रीत पनि पुरा गरिन्छ।"

छेउछाउ र गाउँ गाउँका बिचमा यस्तो भइरहने हुनाले यसका बारेमा आफ्नै संस्था र अधिकारहरू विकसित भएमा थिए।

तान्ने मानिस नपरेमा केटीले सम्बन्ध अस्वीकार गर्न पाउनुका साथै केटीको परिवारको शिर उठाउनका लागि केटा पक्षले विभिन्न सगुन दिनुपर्ने हुन्थ्यो। 

तामाङ समुदायमा त्यसो गरेपछि केटी पक्षले विवाहका लागि विभिन्न सगुनहरू माग्न सक्ने विमला तामाङ बताउँछिन्।

"त्यसो गरेपछि माइतीपट्टीले कसैले ठुलै बाख्रा माग्छन्। कसैले सानो पठ्याङ्ग्री माग्छन्, र कसैले छोरीको धेरै खाइदिन्न भनेर सानोतिनो सगुन मै चित्त बुझाउँछन्।"

जनजाति समुदायमा रहेको यो प्रचलनले जनजाति समूहको सामाजिक र लैङ्गिक व्यवस्था उजागर गरेको छ।

पितृसत्तात्मक व्यवस्था भित्र पनि महिलाको स्वनिर्णय गर्ने स्थान भने कायम रहेको देखिने राईको भनाई छ।

पूरा रिपोर्ट यहाँ सुन्नुहोस् चोरी विवाह: “जबरजस्ती तानेर विवाह गर्ने कुरा हाम्रा बाउ बाजेले भन्थे, हामीले त देखेनौँ” हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

"महिलामाथि हिंसा र मानसिक पीडा त दिन्थ्यो यस्तो अभ्यासले। तर पनि त्यसपछि महिलालाई चोरिएको वस्तु जसरी व्यवहार गरिन्नथ्यो, उनीहरू धेरै कुरामा स्वतन्त्र र अधिकार सम्पन्न हुन्थे," राईले भने।

प्राचीन चलनलाई आजको मानव अधिकारको दृष्टिकोणले हेर्न नहुने र प्राचीन समयकै सन्दर्भमा विश्लेषण गर्नुपर्ने पनि राईको मत छ।

A senior Nepali women dancing at a wedding in Rukum in western Nepal.
A senior Nepali women dancing at a wedding in Rukum in western Nepal. Source: Getty Images/Tuul & Bruno Morandi

आजकाल भने भागी विवाह सामान्य भए तापनि महिलाको मन्जुरीबिना तानेर ल्याउने प्रचलन निकै कम भइसकेको धादिङका पूर्ण तामाङ बताउँछन्।

"जबरजस्ती तानेर विवाह गर्ने कुरा हाम्रा बाउ बाजेले भन्थे, हामीले त देखेनौँ, आजकाल सामाजिक विकृतिको रूपमा लिएर यस्ता चलन हराउँदै छन्," उनले भने।

जुन समुदायमा यस्तो विवाहको प्रचलन हुन्छ, त्यसमा चोरी विवाह भन्ने शब्द प्रयोग नगरिने हुनाले यसले अर्कै अर्थ दिने राईको बुझाइ छ।

“कहिलेकाहीँ शब्दले नै हिंसा गरिरहेका हुन्छ। अफ्रिका लगायत अरू ठाउँमा पनि योसँग मिल्दोजुल्दो प्रचलन भएकाले त्यसलाई थेफ्ट म्यारिज भनियो र नेपालीमा रूपान्तरण गर्दा चोरी विवाह भनियो।”

"मान्छे चोर्ने भन्दा अलि कस्तो कस्तो सुनिन्छ नेपालको सन्दर्भमा। यसलाई तान्ने विवाह भन्नु अलि उचित हुन्छ," राईले भने।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now