अस्ट्रेलियाको आन्तरिक सीमा खोल्न राज्य तथा प्रादेशिक सरकारहरूलाई सङ्घीय सरकारको दबाब

People talk to each other over the barriers at the QLD/NSW border at Tweed Heads, Gold Coast.

People talk to each other over the barriers at the QLD/NSW border at Tweed Heads, Gold Coast. Source: AAP

सङ्घीय सरकारले ८० प्रतिशत वयस्कहरूले खोप लगाई सकेपछि आफ्ना सीमा खोल्ने प्रतिबद्धतालाई कार्यान्वयन गर्न राज्य तथा टेरिटरीहरूलाई दबाब दिएको छ।


सङ्घीय सरकारले  ८० प्रतिशत वयस्कहरूले खोप लगाई सकेपछि आफ्ना सीमा खोल्ने प्रतिबद्धतालाई कार्यान्वयन गर्न राज्य तथा टेरिटरीहरूलाई दबाब दिएको छ।

न्यु साउथ वेल्स तथा भिक्टोरिया लगायतका स्थानमा सङ्क्रमण सङ्ख्या उच्च रहँदा सीमा खोल्ने बारे राज्य सरकारहरूले प्रतिबद्धता अनुरूप निर्णय लिन सङ्घीय सरकारले दबाब दिएको हो।

तर यसै बिच सङ्घीय सरकारको लागी सीमा खोल्ने अधिकार आफूमा निहित रहेको पश्चिम अस्ट्रेलियालाई लिएर अलि बढी चिन्ता रहेको छ।

उक्त राज्यले खोप लगाउनेहरूको सङ्ख्या ८० प्रतिशत नै पुगे पनि अन्य राज्यहरूमा सङ्क्रमितको सङ्ख्या बढेको समयमा आफ्नो सीमा नखोल्ने निर्णय लिन सक्नेछ।

ट्रेजरर जोस फ्राइडन्बर्गले हरेक राज्यले सीमा खोल्नेबारे प्रतिबद्ध हुनु पर्नेमा जोड दिएका छन्।

Australian Treasurer Josh Frydenberg speaks to the media during a press conference in Melbourne on Monday, July 26, 2021. (AAP Image/Luis Ascui) NO ARCHIVING
Australian Treasurer Josh Frydenberg speaks to the media during a press conference in Melbourne. Source: AAP

७० देखि ८० प्रतिशत खोप लगाउने लक्ष १६ वर्ष र सो भन्दा माथिको जनसङ्ख्यालाई मात्र समेट्ने हुँदा ग्रिन्सका नेता एडम ब्यान्डटले बालबालिका, आदिवासी अस्ट्रेलियालीहरू र अपाङ्गता भएकाहरूको लागी पनि खोप लगाउनेहरूको सङ्ख्यामा लक्ष निर्धारण गरिनु पर्ने भनाइ राखेका छन्।

उनले प्रतिबन्धहरू हटाइँदै गर्दा यस्ता समूहहरूलाई सुरक्षित राख्नेबारे योजना बनाइनु पर्नेमा जोड दिएका छन्।

यस सम्बन्धमा प्रधान मन्त्री स्कट मोरिसन भन्छन् जोखिममा रहने समूहहरू लक्षित व्यवस्था ल्याइनेछ।

उनले त्यस्ता पिछडिएका समुदायहरूको स्वास्थ्य आवश्यकतालाई हेरेर स्पष्ट र सहयोगी किसिमको राष्ट्रिय योजना ल्याइने बताएका छन्।

नेताहरूको भनाई सहितको पुरा रिपोर्ट सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

भिक्टोरियामा प्रतिबन्धहरू हटाउने योजना तत्काल केही महिनाका लागी पर सरेको छ र यस अघि नै  राज्यका प्रिमियर ड्यानियल एन्ड्रुजले दैनिक मामिलाहरू अझै थपिने भन्दै सचेत गराएका थिए ।

भिक्टोरियाले अहिले शून्य कोभिड मामिलाहरू पुर्‍याउने लक्षलाई  हटाएर सङ्क्रमण सङ्ख्या घटाउने र खोप दर बढाउने तर्फ ध्यान केन्द्रित गरेको प्रिमियर एन्ड्रुज बताउँछन्।

Victorian Premier Daniel Andrews addresses the media during a press conference in Melbourne, Friday, September 3, 2021. Victoria recorded 208 new cases of locally acquired cases of Covid19 in the past 24 hours. (AAP Image/James Ross) NO ARCHIVING
Victorian Premier Daniel Andrews addresses the media during a press conference in Melbourne. Source: AAP

यही शुक्रवार भिक्टोरियामा बालबालिकाहरूको लागी खेल्ने स्थानहरू खुल्ला गरिँदै छ तर ती बालबालिकाहरूलाई एक अभिभावक वा हेरचाह गर्ने व्यक्तिले मास्क लगाएर लिएर जानु पर्ने हुन्छ।

काम गर्न अनुमति पाएका कर्मचारीले आफ्ना विद्यालय जाने उमेर भएका बालबच्चाहरूलाई हेर्ने व्यक्ति वा बेबी सिटर राख्न पाउने छन्।

यस बाहेक अन्य सबै प्रतिबन्धहरू आगामी तिन हप्ता ( २३ सेप्टेम्बर) सम्मका लागी यथावत् रहने छन्। भिक्टोरियाले सो समयसम्ममा आफ्ना १६ र सो भन्दा माथि उमेर समूहका मानिसहरू मध्ये ७० प्रतिशतले कम्तीमा पनि एक डोज खोप  लगाइसक्ने अनुमान गरेको छ।

तत्पश्चात् भने ५ किलोमिटर भित्र मात्र यात्रा गर्न पाउने नियमलाई बढाएर १० किलोमिटर बनाइने छ  र एक दिनमा ३ घण्टासम्म बाहिर गएर व्यायाम गर्न पाइने छ। 

भिक्टोरिया सरकारले आउँदा दिन हप्ता भित्र ७० हजार एस्ट्राजेनेका खोप लगाउने अपोइन्टमेन्टहरू खालि रहेको बताएको छ।

प्रमुख स्वास्थ्य अधिकारी प्रोफेसर ब्रेट सटनले खोप नलगाएकाहरूले फाइजरको खोप उपलब्ध हुन अझै केही हप्ता पर्खनु पर्ने बारे बुझ्न जरुरी रहेको बताएका छन्।

एस्ट्राजेनेका खोप पनि राम्रो भएकाले फाइजरका लागी लामो समय पर्खनु भन्दा उपलब्ध रहेको खोप लगाउन उनले आग्रह गरेका छन्।  

न्यु साउथ वेल्स प्रिमियर ग्लाडिस बेरेजिक्लियनले बुधवार मात्र १ लाख २१ हजार मानिसहरूले खोप लगाएको बताएकी छन्।

यसै समयमा राज्यका १२ अति जोखिमयुक्त स्थानीय सरकार क्षेत्रका केही मेयरहरू प्रिमियर ग्लाडिस बेरेजिक्लियनसँग रुष्ट रहेको बताइएको छ।

अधिकांश लेबर पार्टी समर्थक रहेका ती क्षेत्रका मेयरहरूलाई भेट्न प्रिमियरले अस्वीकार गरेपछि उनीहरू रुष्ट भएका हुन्।

NSW Premier Gladys Berejiklian and Deputy Premier John Barilaro speak to the media during a press conference in Sydney, Friday, August 3, 2021. (AAP Image/Dean Lewins) NO ARCHIVING
NSW Premier Gladys Berejiklian and Deputy Premier John Barilaro speaks to the media during a press conference in Sydney. Source: AAP

क्यान्टबरी-ब्याँक्सटाउन काउन्सिलका मेयर खल अस्फ़रले यस्तो कडा प्रतिबन्धहरूका कारण मानिसहरू कति पीडित भएका छन् भन्ने बारे प्रिमियरले सुन्न नचाहेको बताएका छन्। 

र प्रिमियर बेरेजिक्लियनलाई पनि ती क्षेत्रका मेयरहरू सँग भेटेर  प्रतिबन्धहरू हटाउने सम्बन्धमा के गर्न सकिन्छ भन्ने बारे रोडम्याप बनाउन तयार भए नभएको बारे धेरै प्रश्न हरू आएका छन्।

र त्यसको जबाफमा उनले मेयरका साथ साथै समुदायका अन्य धेरै सांस्कृतिक तथा धार्मिक नेताहरूसँग पनि आफूले छलफल गरेको बताएकी छन्। 

त्यस्तै राज्यकी बहुसांस्कृतिक मन्त्री नटाली वार्डले अन्य भेटहरूका लागी पनि सरकारका मन्त्रीहरू तयार रहेको र त्यस्ता छलफलको व्यवस्था मिलाउन सकिने एसबीएससँगको कुराकानीमा बताएकी छन्।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now