Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

'लङ्ग कोभिड'ले गर्दा सम्झने शक्ति घट्न सक्ने

A survey of long-haulers found 66 symptoms that lasted more than 6 months, brain fog were most common.

एक नयाँ अध्ययनले लामो समय सम्म रहने कोभिडले बिरामीहरूको मस्तिष्कमा प्रभाव पार्ने देखाएको छ। यसले गर्दा बिरामीहरूको स्मरणशक्तिमा ह्रास आउने र दिमागमा चोट लागेका र स्ट्रोक भएकाहरूको जस्तै कुनै एक कुरामा ध्यान केन्द्रित गर्न गाह्रो हुने गरेको पाइएको छ।


Published

Updated

By SBS Nepali

Source: SBS



Share this with family and friends


एक नयाँ अध्ययनले लामो समय सम्म रहने कोभिडले बिरामीहरूको मस्तिष्कमा प्रभाव पार्ने देखाएको छ। यसले गर्दा बिरामीहरूको स्मरणशक्तिमा ह्रास आउने र दिमागमा चोट लागेका र स्ट्रोक भएकाहरूको जस्तै कुनै एक कुरामा ध्यान केन्द्रित गर्न गाह्रो हुने गरेको पाइएको छ।


दुई वर्ष अगाडी पहिलो पटक कोभिड०-१९ सङ्क्रमित भएकी जुडी लि शिथिल पार्ने किसिमको थकानको अनुभव गर्छिन् भने ब्रेन फग वा मस्तिष्क कुहिरोका कारण स्मरण शक्ति पनि घटेको बताउँछिन्।

"मैले पहिले थाहा पाएका कुराहरू पनि सम्झनामा आउँदैन र वाक्य बनाउन शब्द समेत (आउँदैन)। यो कस्तो हुन्छ भने जिब्रोको टुप्पो मै आइसकेको कुरा पनि बाहिर निकाल्न सकिँदैन।"

३८ वर्षीय प्रोजेक्ट म्यानेजर लिलाई लामो समयसम्म प्रभाव पार्ने कोभिड सङ्क्रमण भएको थियो।

यसले गर्दा उनको काम पनि बन्द भयो र आफ्ना बालबच्चाका लागी पनि सीमित काम मात्र गर्न सक्छिन्।

सिड्नीको सेन्ट भिन्सेन्ट अस्पतालको लङ्ग कोभिड क्लिनिकमा सञ्चालन गरिएको नयाँ अध्ययनले २० प्रतिशत बिरामीहरूमा स्मरण शक्ति हराउने र मस्तिष्क कुहिरो अनुभव गर्ने देखाएको छ। यो अवस्था १२ महिना पछि पनि सुधार भएको पाइँदैन।

उक्त अध्ययनका लेखक र सेन्ट भिन्सेन्ट अस्पतालका न्यूरोलजिस्ट हुन् प्रोफेसर ब्रुस ब्र्यु।

उनी भन्छन्, "यसले बिरामीहरूमा प्रभाव पार्छ। र धेरै दिमाग लगाउने पेसामा रहेकाहरूका लागि झन् धेरै प्रभाव पार्छ।"

सो अध्ययनले लङ्ग कोभिड-१९ भएकाहरू सङ्क्रमणको समयमा सिकिस्त बिरामी भएकै थिए भन्ने जरुरी नभएको पाएको छ।

पुरा रिपोर्ट सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

यथार्थमा दश मध्ये नौ जना त अस्पतालमा भर्ना समेत भएका थिएनन्।

प्रोफेसर स्टिभन फक्स सेन्ट भिन्सेन्ट अस्पतालमा लङ्ग कोभिड क्लिनिक सञ्चालन गर्दाको आफ्नो अनुभव सुनाउँछन्। उनले हप्तामा आठ देखि दश नयाँ बिरामीहरू हेर्ने गरेका थिए।

"हामीले प्राय युवाहरूलाई हेरेका छौँ, हुन त बृद्ध-बृद्धा यो (कोभिड-१९)को बढी जोखिममा रहेका हुन्छन्, हामीले प्राय युवाहरूलाई नै काममा फर्किएको देखेका छौँ।"

उक्त अध्ययनले मस्तिष्कमा पुर्‍याउने हानिको कारक भनेको मस्तिष्कको निश्चित बाटोमा रहेको एक विषादी युक्त पदार्थ भएको पनि पत्ता लगाएको छ।

A survey of long-haulers found 66 symptoms that lasted more than 6 months, brain fog were most common.
Source: AP

यसबाट अहिले नै प्रयोगमा रहेका औषधिहरूलाई प्रयोग गरेर यो अवस्थाको उपचार गर्न सकिने देखिएको छ।

यसले जुडी लि जस्ताहरूलाई नयाँ आशा दिएको छ।

न्यु साउथ वेल्स स्वास्थ्य विभागले कोभिड-१९ सङ्क्रमितहरू मध्ये १० देखि २० प्रतिशतमा कोभिडको प्रभाव लामो समय सम्म रहने गर्दछ।

देशभर करिब १४ लाख मानिसहरूमा यो अवस्था रहेको आङ्कलन गरिएको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now