SKIP TO MAIN CONTENT

मुद्रास्फीति अझ बढ्नेबारे रिजर्भ बैंकका गभर्नरको चेतावनी

PHILIP LOWE CEDA ADDRESSES
Governor of the Reserve Bank of Australia Philip Lowe delivers an address at the Committee for Economic Development of Australia (CEDA) annual dinner in Melbourne, Tuesday, November 22, 2022. (AAP Image/Diego Fedele) NO ARCHIVING Source: AAP / DIEGO FEDELE/AAPIMAGE

अस्ट्रेलियाली रिजर्भ बैंक (आरबीए)ले कामदारहरूलाई थप मुद्रास्फीतिका लागि तयार बस्न सचेत गराएको छ। लेबरले औद्योगिक सम्बन्ध बारेको विधेयकलाई अगाडी बढाउन प्रयास गरिरहँदा आरबीएका गभर्नर फिलिप लोइले श्रम बजारमा थप लचकता आवश्यक भएको बताएका छन्।


Published

Updated

By Hannah Kwon

Presented by Sunita Pokharel

Source: SBS



Skip to podcast episode content

अस्ट्रेलियाली रिजर्भ बैंक (आरबीए)ले कामदारहरूलाई थप मुद्रास्फीतिका लागि तयार बस्न सचेत गराएको छ। लेबरले औद्योगिक सम्बन्ध बारेको विधेयकलाई अगाडी बढाउन प्रयास गरिरहँदा आरबीएका गभर्नर फिलिप लोइले श्रम बजारमा थप लचकता आवश्यक भएको बताएका छन्।


अस्ट्रेलियालीहरूलाई थप मुद्रास्फीतिका लागि तयार रहन सचेत गरिएको छ। यससँगै कामदारहरूले निकट भविष्यमा आफ्नो पारिश्रमिक वृद्धि हुने अनुमान गर्नु व्यर्थ हुने देखिएको छ।

रिजर्भ बैंकका गभर्नर फिलिप लोइले यो अवस्थाका लागि प्रमुख चार कारकहरू जिम्मेवार रहेको बताएका छन्। जलवायु परिवर्तनको असर, कार्यक्षेत्र जनशक्तिको उमेर ढल्किँदै जानु, विश्वव्यापीकरणको प्रभाव घट्दै जानु र विश्वव्यापी ऊर्जा सङ्क्रमण।

मुद्रास्फीतिलाई घटाउन रिजर्भ बैंकले सम्पूर्ण विकल्पहरूलाई खुल्ला राखेको छ जसमा ५० बेसीस पोइन्टको ब्याजदर वृद्धि पनि रहेको छ।

आरबीए गभर्नर फिलिप लोइले केन्द्रीय बैंकले अगाडीका नीतिहरूको प्रभाव देखुन्जेल ब्याजदर तत्कालको लागि नबढाउने विकल्प पनि त्यागि नसकेको बताएका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

"मलाई थाहा छ मानिसहरूलाई मुद्रास्फीति बढेसँगै पारिश्रमिक वृद्धि नहुने कुरा स्विकार्न गाह्रो हुन्छ। यद्यपि यसको विकल्प भनेको थप जटिल छ, यदि हामीले पारिश्रमिक वृद्धि अलि अलि बढाए पनि अहिलेकै दायरामा राखेर यो अवस्थालाई पार गरियो भने त्यो तुलनात्मक रूपमा सजिलो हुन्छ।"

तर मुद्रास्फीतिको भरपाई गर्न पारिश्रमिक बढाउने कुरा झन् पिडादायी हुने भन्दै त्यसबाट टाढा रहनु पर्ने गभर्नर लोइको भनाइ छ।

राष्ट्रिय अपाङ्गता बिमा योजना (एनडीआइएस) सम्बन्धी सङ्घीय मन्त्री बिल शर्टनले भने यसको विरुद्धमा बोलेका छन्।

एबीसीसँगको कुराकानीमा उनले पारिश्रमिक हलचल नै नहुनु भनेको निकै खराब कुरा भएको बताए।

लेबर सरकारले आफ्नो सुरक्षित काम र थप राम्रो पारिश्रमिक सम्बन्धी विधेयक पारित गर्ने प्रयास गरिरहेको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now