Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियामा गर्मी चढ्दै जाँदा 'सनबर्न च्यालेन्ज'का भिडियोहरू हटाउने टिकटकको भनाई

pexels-mikhail-nilov-8156201.jpg

युवा अस्ट्रेलियालीहरू माझ स्वास्थ्यका लागि खराब र ज्यान नै लिन सक्ने ट्यानिङ्ग अभ्यासलाई लिएर चिन्ता व्यक्त गरिँदा क्यान्सर सम्बन्धी इन्स्टिच्युट तथा सामाजिक सञ्जाल टिकटकले डढेको छालालाई सुन्दर चित्रित गर्दै बनेका भिडियोहरू हटाउने निर्णय गरेको छ।


Published

Updated

By Omar Dehen

Presented by Sunita Pokharel

Source: SBS



Share this with family and friends


युवा अस्ट्रेलियालीहरू माझ स्वास्थ्यका लागि खराब र ज्यान नै लिन सक्ने ट्यानिङ्ग अभ्यासलाई लिएर चिन्ता व्यक्त गरिँदा क्यान्सर सम्बन्धी इन्स्टिच्युट तथा सामाजिक सञ्जाल टिकटकले डढेको छालालाई सुन्दर चित्रित गर्दै बनेका भिडियोहरू हटाउने निर्णय गरेको छ।


अस्ट्रेलियामा गर्मी याम सुरु हुँदा घामको विकिरणबाट सुरक्षा र छालाको स्वास्थ्यलाई लिएर सन्देशहरू आउने क्रम पनि बढेको छ।

घाममा छाला डढाउने प्रतिस्पर्धा वा 'सनबर्न च्यालेन्ज' को ट्रेन्ड बढ्न थालेपछि स्वास्थ्य सम्बन्धी वकालत गर्नेहरूमा चिन्ता थपिएको हो।

यस अन्तर्गत सामाजिक सञ्जाल टिकटकमा प्रयोगकर्ताहरूले घामले डढेको छालालाई गर्वका साथ देखाएको भिडियो राख्ने पनि रहेको छ।

यो चलनले पछिल्लो समयमा युवा अस्ट्रेलियालीहरू माझ निकै लोकप्रियता कमाएको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

मेलानोमा इन्स्टिच्युट अफ अस्ट्रेलियाका प्रमुख कार्यकारी अधिकृत म्याथ्यू ब्राउन त्यस्ता भिडियोहरूको प्रभाव विनाशकारी हुने बताउँछन्।

"ट्यानिङ्ग वा घाम धेरै समय सम्म रहनाले मेलानोमा निम्त्याउँछ। ट्यानिङ्ग भनेको छालाका कोशाणुहरूमा आघात हुनु हो। त्यसैले यस्तो कुरालाई प्रोत्साहित गर्ने कुराहरू देखे पछि हामी त्यसको विरोध गर्छौँ र त्यो (क्रियाकलाप) बन्द हुनुपर्छ।"

टिकटक पनि यो कुरा बाट चिन्तित भएको बताउँछ। यो सामाजिक सञ्जाल मेलानोमा इन्स्टिच्युटसँग एक अभियानमा पनि जोडिएको छ। "ट्यानिङ्ग: दयाट्स कूक्ड' नामक उक्त अभियान देशमा देखिएको छाला डढाउने संस्कृतिलाई लिएर युवा अस्ट्रेलियालीहरू प्रति लक्षित रहेको छ।

टिकटक अस्ट्रेलियाका महाप्रबन्धक ली हन्टर भन्छन् यो प्लेटफर्ममा घाम सुरक्षालाई बढवा दिने हास्यव्यङ्ग्यका भिडियोहरूको बाढी ल्याइने छ। साथै छाला डढाउने अभ्यासलाई आकर्षक देखाउने भिडियोहरू हटाइने छ।

"यदि हामीले अस्ट्रेलियाली (टिकटक) प्रयोगकर्ताहरूलाई हानी पुर्‍याउने कन्टेन्टहरू देख्यौँ भने तत्काल कदम चाल्ने छौँ।"

"हामी ट्यानिङ्गलाई लिएर रहेको सोचाइ परिवर्तन गर्न चाहन्छौँ र हामी चाहन्छौँ कि सही सन्देश प्रवाह होस् ताकी हामीले जीवन रक्षा गर्न सकौँ र अस्ट्रेलियालीहरू सुरक्षित हुन्।"

अस्ट्रेलियामा मेलानोमा (छालासँग सम्बन्धित क्यान्सर)को दर विश्वभरमा नै सबैभन्दा उच्च रहेको छ।

प्रत्येक आधि घण्टामा एक जनामा यो रोगको निदान गरिन्छ र त्यो सङ्ख्या प्रत्येक वर्ष १७ हजारको हाराहारीमा रहेको छ।

१३ सय अस्ट्रेलियालीहरूले वार्षिक रूपमा यसका कारण ज्यान गुमाउने गर्दछन्, जुन हरेक छ घण्टामा एक मृत्यु बराबर रहेको छ।

साथै मेलानोमा २० देखि ३९ वर्ष समूहका अस्ट्रेलियालीहरूमा सबैभन्दा धेरै देखिने क्यान्सरको प्रकार हो।

जेन बेन्फिल्ड झन्डै एक दशकदेखि छालाको क्यान्सरसँगै बाँचिरहेकी छिन्।

दुई बच्चाकी आमा उनमा रहेको आक्रामक किसिमको मेलानोमा सन् २०१४ मा चिकित्सकीये प्रक्रियाबाट हटाइएको थियो।

चार वर्ष पछाडि, उनी भन्छिन्, एक नियमित जाँचमा उनको फोक्सोमा दाग देखियो जुन पछि उनको मिर्गौलासम्म फैलियो।

"ग्रीक-अस्ट्रेलियन भएको कारण मलाई पनि मेलानोमा हुन्छ भनेर कहिले सोचिन, मलाई लाग्थ्यो यो त गोरो छाला भएकाहरूलाई मात्र हुन्छ।"

आफूलाई केही हुँदैन भनेर हामीले सोच्ने गरेको भए पनि त्यो सत्य नभएको र सबैले आफ्नो छालाको स्वास्थ्यको ख्याल राख्नु पर्ने उनको भनाइ छ।

जेन 'दयाट्स कूक्ड' अभियानको समर्थन गर्छिन्, र भन्छिन् युवा अस्ट्रेलियालीहरूलाई घाम सुरक्षा सम्बन्धी उनीहरूको दृष्टिकोण परिवर्तन गर्न यो निकै महत्त्वपूर्ण अभियान हो।

र म्याथ्यू ब्राउन यो अभियानले प्रभावकारी परिणाम ल्याउने आसा व्यक्त गर्छन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now