Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

एसबीएस नेपाली आर्थिक कुराकानी: अस्ट्रेलियामा घर खरिद गर्नका लागि सुपरएनुएसनको प्रयोग कसरी गर्ने ?

Property Markets

रिजर्भ बैङ्कले गएको एक वर्षदेखि ब्याज दरमा कुनै पनि परिवर्तन गरेको छैन। अस्ट्रेलियामा मुद्रास्फीति दर पनि बिस्तारै कम हुँदै गएको अवस्थामा सन् २०२५ को पहिलो बैठकमा के ब्याजदर कम गर्ने निर्णय होला? अस्ट्रेलिया सरकारले नयाँ खरिद कर्ताका लागि ल्याएका योजनाहरू र सुपरएनुएसनको प्रयोग गरी कसरी 'इन्भेस्टमेन्ट प्रपर्टी' किन्न सकिन्छ भन्ने लगायतका विषयमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँगको कुराकानी सुन्नुहोस्।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Share this with family and friends

रिजर्भ बैङ्कले गएको एक वर्षदेखि ब्याज दरमा कुनै पनि परिवर्तन गरेको छैन। अस्ट्रेलियामा मुद्रास्फीति दर पनि बिस्तारै कम हुँदै गएको अवस्थामा सन् २०२५ को पहिलो बैठकमा के ब्याजदर कम गर्ने निर्णय होला? अस्ट्रेलिया सरकारले नयाँ खरिद कर्ताका लागि ल्याएका योजनाहरू र सुपरएनुएसनको प्रयोग गरी कसरी 'इन्भेस्टमेन्ट प्रपर्टी' किन्न सकिन्छ भन्ने लगायतका विषयमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँगको कुराकानी सुन्नुहोस्।

कुराकानीका मुख्य विषयहरू:

  • एक वर्षदेखि रिजर्भ बैङ्कले आफ्नो ब्याज दर परिवर्तन गरेको छैन। मानिसहरूले आस गरे झैँ यो महिनाको बैठकमा के ब्याजदर कम गर्ने निर्णय होला?
  • अस्ट्रेलियामा 'प्रपर्टी 'खरिद गर्नका लागि सुपरलाई कसरी प्रयोग गर्ने ?
  • 'हेल्प टु बाइ' र रिजनल क्षेत्रमा रहेका सरकारी योजनाबाट कसरी फाइदा लिन सकिन्छ?
  • यो वर्ष अस्ट्रेलियाका कुन राज्य वा प्रदेशमा घर जग्गाको भाउ बढ्ला?
  • राजनीतिक परिवर्तनले प्रपर्टी मार्केटमा कस्तो असर पार्छ?
  • वित्तीय संस्थाहरूलाई घर खरिदका लागि 'हेक्स लोन'लाई नजर अन्दाज गर्न ट्रेजररले आग्रह गरेका छन्। यसले 'होम लोन' लिनेका लागि कसरी फाइदा पुर्‍याउन सक्ला?

के आगामी महिना प्रसारण हुने शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुकएक्स (पहिले ट्विटर भनिने)इन्स्टाग्राम मार्फत वा इमेल गरेर पठाउन पनि सक्नुहुन्छ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now