SKIP TO MAIN CONTENT

आर्थिक कुराकानी: सिड्नीमा खाली जग्गा सकिनै लागेकोले अपार्टमेन्टबारे सोच्न सुझाव

A young couple happily displaying a house key.
A young couple happily displaying a house key. Credit: kate_sept2004/Getty Images

'ब्याक यार्ड' सहितको घर किन्ने चाहना धेरैको हुने भए पनि आफ्नो बजेट र जग्गाको उपलब्धतालाई हेरेर अपार्टमेन्ट वा युनिटबारे सोच्न आर्थिक सल्लाहकार विश्वास भट्टराईको सुझाव छ। घर जग्गा बजारको पछिल्लो अवस्था साथै बजेटले यस क्षेत्रलाई पर्याप्त सम्बोधन नगरेको लगायतका विषयमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

'ब्याक यार्ड' सहितको घर किन्ने चाहना धेरैको हुने भए पनि आफ्नो बजेट र जग्गाको उपलब्धतालाई हेरेर अपार्टमेन्ट वा युनिटबारे सोच्न आर्थिक सल्लाहकार विश्वास भट्टराईको सुझाव छ। घर जग्गा बजारको पछिल्लो अवस्था साथै बजेटले यस क्षेत्रलाई पर्याप्त सम्बोधन नगरेको लगायतका विषयमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरिएको कुराकानी सुन्नुहोस्।

कुराकानीका मुख्य विषयहरू:

  • आवास सङ्कट पछिल्लो समयमा अस्ट्रेलियाको प्रमुख समस्या बन्दा, के सङ्घीय बजेटले यसलाई पर्याप्त सम्बोधन गर्‍यो?
  • सिड्नीमा घर किन्न सक्ने सम्भावना किन कम हुँदै गएको छ?
  • यस वर्षको पहिलो चार महिनालाई हेर्दा वेस्टर्न अस्ट्रेलियाको घर जग्गा बजार साथै रिजनल क्षेत्रमा 'रेन्टल' बजार के कारणले उकालो लाग्यो?
  • तलब वृद्धि र विद्युत् महसुलमा राहत दिने निर्णय अर्थतन्त्रका लागि सकारात्मक कि नकारात्मक?
  • क्यान्बरालाई बसोबासका लागि किन रुचाइन्छ?

के आगामी महिना प्रसारण हुने शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुक, एक्स (ट्विटर), इन्स्टाग्राम मार्फत वा यहाँ क्लिक गरेर पठाउन पनि सक्नुहुनेछ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now