Key Points
- नाता नपर्ने व्यक्तिहरू एक परिवारका एकै छानामुनि बस्नुलाई साझा आवास भनिन्छ।
- बढ्दो जीवन लागतका कारण मानिसहरू यस्ता आवासहरू प्रति आकर्षित भएका छन्।
- यस्ता घरहरू 'अफर' गर्ने व्यक्ति र उक्त घरको वैधानिकता जाँच गर्नु पर्छ।
तपाईँको अस्ट्रेलिया बसाइको क्रममा मानिसहरू अर्को व्यक्तिसँग एउटा अपार्टमेन्ट, घर वा युनिटमा बस्छन् अरे भनेर सुन्नुभएको छ? महँगी र जीवन लागत बढेको समयमा यस्ता साझा आवास वा शेयर्ड अक्कोमोडेसनको खोजी गर्ने मानिसहरूको सङ्ख्या बढ्दो छ।
अस्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्स (एबीएस) भनिने अस्ट्रेलियाको तथ्याङ्क विभागले साझा आवासलाई यसरी परिभाषित गरेको छ।
"दुई वा सो भन्दा बढी नाता नपर्ने व्यक्तिहरू जो १५ वर्ष वा सो भन्दा बढी उमेरका छन् र यदि उनीहरू एकै घरमा परिवारका रूपमा बस्छन् भने त्यसलाई साझा आवास भनिन्छ।"

क्लाउडिया कोन्ली फ्ल्याटमेट्स कम्युनिटी म्यानेजर हुन्।
यो एउटा अनलाइन प्लेटफर्म हो जसले यस्ता आवास खोजिरहेका व्यक्तिहरूलाई एकअर्कासँग जोड्ने गर्छ।
र उनी भन्छिन्, "सेयर हाउस भनेको सम्बन्ध नभएका र एउटै छानामुनि सँगै बस्ने र घर भाडा तथा बिलको रकम बाँड्ने तर जोडीमा नभएका मानिसहरू मिलेर बनेको घर हो ..."
पहिले चाहिँ युवाहरूले मात्र आफ्नो परिवारको घर छोडेर काम वा पढाइका लागि अर्को ठाउँमा बस्न खोज्दा यस्ता किसिमका घर खोज्छन् भन्ने सोचाइ हुने गर्थ्यो। तर अहिले त्यो अवस्था रहेको छैन।
क्लाउडिया भन्छिन् साझा घरमा बस्नेहरूमा पछिल्लो वर्ष ३५ वर्ष मुनिका व्यक्तिहरूमा १० प्रतिशतले कमी आएको छ भने त्यति प्रतिशत कै वृद्धि देखिएको छ ५५ वर्ष माथिका व्यक्तिहरूमा।
आर्थिक अफ्ठ्यारो
बढ्दो जीवन लागतले धेरै अस्ट्रेलियनहरूलाई आफ्नो खर्च कम गर्न बाध्य बनाएको छ।
अरूसँग मिलेर बस्दा सस्तो नै हुन्छ भन्ने नभए पनि उनीहरूले आफ्नो खल्तीको अवस्था सुहाउँदो वा अलि सस्तो खालको वासस्थान खोज्न थालेका र पछिल्लो दुई वर्षमा त्यस्ता मानिसहरूको सङ्ख्या निकै बढेको क्लाउडियाको भनाइ छ।
धेरै पैसा खर्च गर्न नसक्ने अवस्था हुने भएकोले साझा आवासमा बस्न चाहने व्यक्तिहरूले स्वतः कत्तिको सस्तो छ भन्ने कुरालाई प्राथमिकतामा राख्छन्।
वास्तवमा, हाम्रा ८५ प्रतिशत दर्शकहरू आर्थिक कारणले सेयर हाउजिङमा बस्छन् र यो वास्तवमै आफ्नो घर किन्न वा जीवनशैलीका लागि बचत गर्ने उद्देश्यका साथ हुन्छ, किनभने यसबाट घर भाडा बढी किफायती हुन सक्छ।क्लाउडिया कोन्ली, म्यानेजर, फ्ल्याटमेट्स कम्युनिटी
तर आर्थिक कारणले मात्र भने मानिसहरूले यस्ता वासस्थान खोज्ने हुँदैन।
कतिपय आप्रवासीहरू जो भर्खर अस्ट्रेलिया आएका छन् उनीहरूसँग 'रेन्टल हिस्ट्री' नभएर आफ्नो छुट्टै आवास भाडामा लिन सक्दैनन् र उनीहरूको लागि पनि अरूसँग बस्नुको विकल्प हुँदैन।
भिरिन्दर केन्डल, भिक्टोरियाका एक आवासीय विशेषज्ञ हुन्। र उनले के देखेका छन् भने धेरै आप्रवासीहरूलाई परम्परागत भाडाको आवास भेट्टाउन गाह्रो हुँदा साझा आवासमा बस्नु परेको छ।

माग र आपूर्तिको भूमिका पनि यसमा रहने गर्छ।
जारमा एउटा घर राख्दा प्राय: त्यसको लागि पहिलो हप्तामा नै ४० देखि १०० वटा निवेदन पर्ने गरेको केन्डलको भनाइ छ।
मानिसहरूले साझा आवासको विकल्प रोज्नुमा यो अवस्थाले पनि भूमिका खेल्छ।
भाडामा बसेकै मानिसहरूले चाहिँ अन्य व्यक्तिहरूलाई उक्त घरमा बस्न दिन पाउँछन् कि पाउँदैनन् त?
केन्डल त्यस्तो गर्न मिल्ने तर यसको लागि घरधनीबाट पहिले नै स्वीकृति लिएको हुनुपर्ने बताउँछन्।

भाडामा मान्छे राख्ने निर्णय
भाडामा बसेकै मानिसहरूले चाहिँ अन्य व्यक्तिहरूलाई उक्त घरमा बस्न दिन पाउँछन् कि पाउँदैनन् त?
केन्डल त्यस्तो गर्न मिल्ने तर यसको लागि घरधनीबाट पहिले नै स्वीकृति लिएको हुनुपर्ने बताउँछन्।
"मुख्य भाडावाला समयमै भाडा तिरिएको सुनिश्चित गर्न जिम्मेवार हुन्छन् र रियल स्टेटसँग कुराकानी पनि उनीहरूले नै गर्नुपर्छ।"
अनि घरधनीले आफू बस्दै आएको घरमा अरूलाई पनि भाडामा बस्न दिएमा सबै आधारभूत सुविधाहरू उपलब्ध गराउन जिम्मेवार पनि उसैको हुन्छन्।
सम्बन्धित सामाग्री

अस्ट्रेलिया बुझ्नुहोस्: स्टुडेन्ट भिसामा हुँदा कसरी खोज्ने बस्ने कोठा?
घरधनीको भान्सा छुट्टै हुनुपर्छ, छुट्टै बाथरुम र सरसफाइ सम्बन्धी पनि आफ्नै किसिमका समझदारी हुन्छन्।
साझा आवासको बसाइलाई शान्तिपूर्ण र संलग्न सबैका लागि सुखद बनाउन असहमतिहरूलाई तुरुन्तै समाधान गर्नु महत्त्वपूर्ण हुन्छ।
भाडामा बस्ने र घरधनी दुवैले कुनै पनि विवादबाट बच्नको लागि आफूहरूको बिचमा भएका सबै कुरा लिखित रूपमा राख्नु पर्ने कोन्लिको सुझाव छ।

साझा आवास बजारमा स्क्याम
स्क्यामको बिगबिगी भएको समयमा यस्ता साझा आवासलाई बजारमा भेट्टाउन चुनौतीपूर्ण रहेको छ।
भाडामा घर खोजिरहेकाहरूलाई लक्षित गरेर हुने स्क्यामको सम्भावना रहे पनि यसबाट बच्न सकिनेमा कोन्लि जोड दिन्छिन्।
स्क्याम बाट बच्ने सबैभन्दा सजिलो उपाय भनेको पत्याउनै गाह्रो हुने खालको अफर आयो भने त्यो स्क्याम हुनसक्ने तर्फ सचेत रहने साथै मानिसहरूलाई प्रत्यक्ष भेट्न नमिल्ने गरि अनलाइनमा यदि वस्तु तथा सेवाहरूका अफर आएका छन् भने सतर्कता अपनाउनु पर्ने उनको सुझाव छ।
अस्ट्रेलिया आउने तयारीमा रहेका र यहाँ आइपुग्ने बित्तिकै बस्ने ठाउँको व्यवस्था होस् भन्ने चाहना धेरैको हुनसक्छ। यस्तो बेलामा वासस्थानका लागि जो व्यक्तिसँग कुराकानी गरिरहनु भएको छ उक्त व्यक्ति र घरको वैधानिकता जाँच गर्नु पर्छ।
तपाईंका केही प्रश्न वा विषय वस्तु छनौटलाई लिएर कुनै सोच छन् ? हामीलाई australiaexplained@sbs.com.au मा इमेल पठाउनु होस्।






