रिजर्भ बैङ्कको ४.३५% ब्याजदर, बढ्दो महँगाइ अनि सामान्य आम्दानी भएका मानिसहरूले घर खरिद गर्न समेत त्यति सहज नभएको बताइँदै गर्दा, सन् २०२४ मा घरजग्गाको बजार कस्तो रहला त। अनि अस्ट्रेलियामा जग्गा खरिद गर्ने प्रक्रियादेखि पर्थमा घरजग्गा बजारमा पछिल्लो समय नेपाली लगायतका समुदायले देखाएको चासोका बारेमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँगको कुराकानी सुन्नुहोस्।
यस महिनाको आर्थिक कुराकानीमा समेटिएका विषयहरू:
- सन् २०२४ मा सुरुवातसँगै अस्ट्रेलियाको घरजग्गा बजार कस्तो रहने आशा गर्न सकिन्छ?
- अस्ट्रेलियामा घर बनाउन जग्गा खरिद गर्ने प्रक्रिया के हो?
- जग्गा किन्दा पनि घर किन्दा जस्तै सरकारी योजनाहरूको फाइदा लिन सकिन्छ?
- मानिसहरू पर्थमा घरजग्गा किन्नमा आकर्षित हुनुको कारण के हुन सक्छ?
- सिड्नी र मेलबर्नका कुन सबर्बहरूमा मानिसहरूको आकर्षण बढी छ?
के आगामी महिना प्रसारण हुने शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुक, ट्विटर मार्फत वा यहाँ क्लिक
गरेर पठाउन पनि सक्नुहुनेछ। आर्थिक कुराकानी हरेक महिना प्रसारण हुन्छ।
- नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।
Share




![[JPG]_How-Australia-Works_Ep1.jpg](https://assets.sbs.com.au/dims4/default/d1d4da1/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2Fe9%2F46%2F56cf4ff54074a36476e0bcb73e13%2Fjpg-how-australia-works-ep1.jpg&imwidth=1280)
![[JPG]_How-Australia-Works_Ep0.jpg](https://assets.sbs.com.au/dims4/default/9a0f61e/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2F8f%2F15%2F83a000db458f9fc153fde8cde907%2Fjpg-how-australia-works-ep0.jpg&imwidth=1280)