SKIP TO MAIN CONTENT

आर्थिक कुराकानी: अस्ट्रेलियामा 'स्प्रिङ सिजन' सँगै घरजग्गा बजार पनि तातेको हो?

People look at an auction sign outside a property in Beacon Hill, Sydney.
People look at an auction sign outside a property in Beacon Hill, Sydney. Source: Getty / Bloomberg

अस्ट्रेलियामा 'स्प्रिङ सिजन'को सुरुवातसँगै घरजग्गा बजार पनि केही उत्साहित बन्दै गएको आर्थिक सल्लाहकार विश्वास भट्टराईले बताएका छन्। विगत दुई महिनादेखि स्थिर रहेको ब्याजदर, नयाँ गर्भनरको आगमन, न्यून बेरोजगारी दर लगायतका कुराले राम्रो सङ्केत गरिरहेको उनको भनाइ छ। एसबीएस नेपालीसँगको मासिक कुराकानीका क्रममा विभिन्न बैङ्कहरूले 'रिफाइनान्सिङ'का लागि ल्याउने योजनाहरूको फाइदा उठाउन सकिने भए पनि आफूले के पाइरहेको छु वा के गुमाउँदै छु भन्ने कुरामा ख्याल राख्न जरुरी रहेको भट्टराईले बताएका छन्।

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा 'स्प्रिङ सिजन'को सुरुवातसँगै घरजग्गा बजार पनि केही उत्साहित बन्दै गएको आर्थिक सल्लाहकार विश्वास भट्टराईले बताएका छन्। विगत दुई महिनादेखि स्थिर रहेको ब्याजदर, नयाँ गर्भनरको आगमन, न्यून बेरोजगारी दर लगायतका कुराले राम्रो सङ्केत गरिरहेको उनको भनाइ छ। एसबीएस नेपालीसँगको मासिक कुराकानीका क्रममा विभिन्न बैङ्कहरूले 'रिफाइनान्सिङ'का लागि ल्याउने योजनाहरूको फाइदा उठाउन सकिने भए पनि आफूले के पाइरहेको छु वा के गुमाउँदै छु भन्ने कुरामा ख्याल राख्न जरुरी रहेको भट्टराईले बताएका छन्।

यस महिनाको आर्थिक कुराकानीमा समेटिएका विषयहरू:

  • नयाँ गभर्नर मिशेल बुलकले जिम्मेवारी सम्हालिसकेको अवस्थामा, ब्याज दर बढ्ने वा हाल कै कायम रहने, कस्तो देखिन्छ?
  • बेलाबेलामा बैङ्कहरूले 'रिफाइनान्सिङ'का लागि विभिन्न 'अफर'हरू ल्याएका हुन्छन्। बैङ्क परिवर्तन गर्दा वा फाइनान्स गरिँदा केही 'रिस्क' हुन्छ वा यसबाट फाइदा उठाउन सकिन्छ?
  • सिङ्गल पेरेन्ट्सले घर किन्न के गर्नुपर्छ? पाँच प्रतिशत 'डिपोजिट स्किम'मा घर किन्न सेन्टरलिङ्क पहिला जाने कि बैङ्क?
  • मेलबर्नका विकास हुँदै गएका कालकालो वा डनिब्रुक तिर घर किन्दा राम्रो कि ग्लेनरोइ वा वेरिबी जस्ता बस्ती रहेका ठाउँमा? नयाँ ठाउँमा बैङ्कले लोन दिन आनाकानी गर्छ र?
  • मेलबर्न, सिड्नी बाहेक घर किन्ने वा लगानीका हिसाबले सस्तो र 'ग्रोथ' देखिने ठाउँहरू चाहिँ कता छन्?

के आगामी महिना प्रसारण हुने शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुक, ट्विटर मार्फत वा यहाँ क्लिक गरेर पठाउन पनि सक्नुहुनेछ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now