Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

महामारीका बेला आफूबाट गल्तीहरू भएको स्कट मोरिसनबाट स्वीकार

Prime Minister Scott Morrison during Question Time in the House Of Representatives at Parliament House in Canberra, Thursday, December 2, 2021. (AAP Image/Mick Tsikas) NO ARCHIVING

Prime Minister Scott Morrison during Question Time. Source: AAP

कोरोनाभाइरस महामारीको व्यवस्थापनबाट आफू “धेरै नै आशावादी” बनेको भन्दै प्रधानमन्त्री स्कट मोरिसनले माफी मागेका छन्।


Published

Updated

By Tina Quinn

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


कोरोनाभाइरस महामारीको व्यवस्थापनबाट आफू “धेरै नै आशावादी” बनेको भन्दै प्रधानमन्त्री स्कट मोरिसनले माफी मागेका छन्।


नेशनल प्रेस क्लब क्यानबेरामा बोल्दै प्रधानमन्त्रीले खोप कार्यक्रम, बृद्ध हेरचाहको क्षेत्रका समस्या र र्‍यापिड एन्टीजेन परीक्षण किटको अभावका कारण देखिएका सार्वजनिक आक्रोशहरूलाई सम्बोधन गर्ने प्रयास गरेका हुन्।

सरकारले ढिला काम गरेको वा अगाडिका योजनाहरू बनाउन असफल भएको भन्ने अलोचनाहरुको जवाफमा भने, उनले कोभिड-१९ को नयाँ भेरीएन्ट र स्वास्थ्य सल्लाहहरू माथि दोष थोपरिदिएका छन्।

महामारी र ओमिक्रनको उदयमा सरकारले देखाएको प्रतिक्रियाको भने उनले बचाउ गरे।

“गर्मी महिना सुरुहुदै गर्दा हामी आशावादी थियौं, म आशावादी थिए, हामी सबैले गर्मी महिनाको प्रतीक्षा गरिरहेका थियौं।"

"तर भाइरसले हामीलाई पुन: जमिनमा उतारीदियो, मानिसहरूले ठुलो निराशा भोग्नु पर्‍यो,” उनले भने।

बोल्ने क्रममा प्रधानमन्त्रीले यो पनि भने कि यदि उनीसँग खोप कायक्रमलाई पुन: सुरु देखि सञ्चालन गर्ने विकल्प हुँदो हो त उनी सेनाको सहयोगमा खोप कार्यक्रमलाई अगाडी बढाउँथे।

साथै बृद्ध स्याहार केन्द्र र अस्पतालहरूमा समन्वय गरी राम्रो व्यवस्थापन गर्ने पनि मोरिसनको भनाई थियो।

यस पटकको गर्मीयाम उल्लासमय हुने आशा गरिएको भए पनि ओमिक्रन लहर, सङ्क्रमणका कारण बढ्दो मृत्युदर र ऱ्यापिड एन्टीजेन परीक्षण किटको अभावका कारण बिग्रिएको र मतदाताहरू निराश बनेको पनि उनले स्विकारेका छन्।

“हामीले सोचेका पनि थिएनौ कि हामीले यस्तो भेरीएन्टको सामना गर्नु पर्ने हुनेछ जसलाई खोपले पनि सर्नबाट रोक्ने छैन।"

"हामीले खोप कार्यक्रमका लागि निकै धेरै खर्च गरेका छौ,” उनले भने।

स्काई न्युजका एन्ड्रू क्लिेनेलले प्रधानमन्त्रीलाई केही प्रश्न सोधेपछि भने प्रेस क्लबको माहौल केही बेर चिसिएको थियो।

साधारण अस्ट्रेलियालीहरुसंगको सामिप्यता टुटेको हो भन्दै उनले प्रधानमन्त्रीलाई पाउरोटी, पेट्रोल र ऱ्यापिड एन्टीजेन किटको भाउ कति छ थाहा छ भनेर प्रश्न गरेका थिए।

जवाफमा प्रधानमन्त्रीले आफू बजारमा दूध र पाउरोटी किन्न नजाने गरेको भन्दै ती चिजहरू किफायती रहून् भन्नेमा आफ्नो ध्यान रहेको बताए।

यता क्वीन्सल्याण्डमा बढ्दो सङ्क्रमणका बिच राज्यकी स्वास्थ्य मन्त्री युभेट डी'आथले बृद्धास्याहार केन्द्रमा सङ्क्रमणका कारण भइरहेका मृत्युका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने बताएकी छन्।

डी'आथ भन्छिन् कि कामदार, पिपिई र ऱ्यापिड एन्टिजेन परीक्षण किटको अभाव अहिले चर्को समस्याका रूपमा देखापरिरहेको छ।

प्रधानमन्त्री मोरिसनले सङ्क्रमणलाई व्यवस्थापन गर्ने आश्वासनका बिच यस्तो भइरहेको गुनासो उनले पोखिन्।

बृद्धास्याहारको क्षेत्रमा देखिएका समस्या समाधानका लागि खडा भएको शाही आयोगका सिफारिस पालना गर्न पनि प्रधानमन्त्रीलाई उनले आग्रह गरेकी छन्।

रिपोर्ट सुन्नुहोस् 

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्

उता भिक्टोरियामा काउन्सिलहरूले राज्यको स्वास्थ्य प्रणालीमा दबाब बढेको भन्दै दुई महिना भन्दा बढी उमेरका बालबालिकाहरूको स्वास्थ्य जाँच गर्न बन्द गरेको बताएको छ।

यता न्यु साउथ वेल्समा, संसदीय छानबिनले नर्सहरूले आफ्नो बिदा रद्द गर्नु परेको गुनासो सुनेको छ।

टास्मेनियामा पनि नर्सहरूले महामारीका कारण कर्मचारी अभाव झेल्नु परेपछि सम्बोधन गर्न औद्योगिक कारबाहीमा जाने बताएका छन्।

देशमा जारी ऱ्यापिड एन्टीजेन परीक्षण किटको अभाव र कालोबजारीलाई रोक्न अस्ट्रेलियन उपभोक्ता हित सम्बन्धी संस्थाले गैर कानुनी रूपमा मूल्यवृद्धि गर्नेलाई अदालतमा लिएर जाने चेतावनी दिएको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now