नाजिर हुसेनसँगको पुरा कुराकानी सुन्न माथि रहेको मेडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्
१.‘द अग्ली डकलिंङ (कुरुप हाँस)’ नामक नाटकलाई तपाईको ड्रिम प्रोजेक्ट भन्नुको कारण के हो ? यसको पृष्ठभूमिबारे केही जानकारी गराउनु हुन्छ?
नेपाली रंगमञ्चमा करिव ८ वर्ष बिताएसकेको अनुभवको आधारमा नाटक निर्देशन गर्न इच्छुक थिए । यस कथाबारे थाहा भएपनि फिल्म सुटिङको व्यस्तताबाट फुर्सद निकाल्न भ्याएको थिइन्। मलाई डान्सको माध्यमबाट नाटकहरु मञ्चन गर्ने शैली मनपर्छ ।
डान्स र म्युजिकलाई जोडेर तीन वर्षअघि यो कथामा काम गर्न लागिपरेको थिए । झण्डै तीन महिनाको तयारीपछि बल्ल नाटक मञ्चन गर्न योग्य भएको हो ।
म मुश्लिम समुदायबाट प्रतिनिधित्व गर्छु ।
बाल्यकालमा मेरो परिवारले म मुश्लिमजस्तो देखिन्न भनेर भनिरहँदा आफै ‘द अग्ली डकलिंङ (कुरुप हाँस)’ हो भन्ने महशुस गर्थें ।
भावनात्मक रुपमा यो कथासँग निकट भएकाले निर्देशन आफैले गर्न सकेको थिए ।
२. आफ्नै जीवनसँग मिल्ने ‘द अग्ली डकलिंङ’ नाटक तयार गर्दा कत्तिको चुनौतीपूर्ण भयो ?
यो कथा संसारभरका मानिसको अनुभवमा आधारित भएको हुँदा चुनौतीपूर्ण देखिएको हो । कलाकारलाई हरेक रिहर्सलमा बारम्बार डान्स गर्ने भन्दापनि महशुस गर्ने कथा हो भनेर सम्झाइरहनु परेको थियो ।
३.रंगमञ्च हुँदै फिल्ममा उदाउनु भएको तपाईले आफ्ना कामहरुको मूल्याङ्न कसरी गर्नुभएको छ ?
मैले राम्रो काम गरिरहेको हुँदा काठमाडौंमा आफ्नो पहिचान बनाउन सकिरहेको छु । बाराको दृर्गम क्षेत्रबाट आएर संसारभरका मानिसलाई मैले जानेको कला देखाउन सकेको छु । यसले मलाई पनि प्रोत्सहित गरिरहेको हुन्छ ।
४.सबैतिर समान सहभागिताको बहस चलिरहेको छ । नेपाली मनोरञ्जन क्षेत्रमा मुश्लिम समुदायको प्रतिनिधित्व गर्ने तपाईको लागि यो कुराले कत्तिको महत्व राख्छ ?
मैले लागि काम महत्वपूर्ण हो जस्तो लाग्छ । फेरि मनोरञ्जन क्षेत्र भन्नासाथ देखिने कुरा धेरै हुन्छन्। समानताको बहस भइरहँदा कहिलेकाँही फ्यान वा मनोरञ्जन क्षेत्रमा आवद्ध व्यत्तिहरुको व्यवहारले गर्दा नराम्रो महशुस हुन्छ ।
मेरो जात कलाकार हो भन्दा आनन्द लाग्छ ।

५. विगत आठ वर्षदेखि नेपाली मनोरञ्जन क्षेत्रमा सक्रिय हुनुहुन्छ ? मुश्लिम भएकै कारण केही फिल्मबाट अन्तिम समयमा तपाईलाई हटाइयो घटना गुपचुप राख्नुको कारण केही थियो ?
सुरुवाती दिनमा मेरो कामको प्रशंसा गरिरहेका अग्रजहरुबाट नजानिने पाराले पीडित हुनपर्दा नराम्रो महशुस भएको थियो। उहाँहरुको व्यवहारको कारण स्क्रिप्टमा अटाएपनि फिल्ममा भने अटाउन सकिन् । सायद उहाँहरुलाई गोरो छाला, चिटिक्क परेको अनुहार खोज्नु भएको होला जस्तो लाग्थ्यो । अहिले मेरो काम सबैले मनपराइदिनु भएको छ ।
रंग र जातीय विभेदको शिकार भएपनि उहाँहरुको देखावटी व्यवहारबाट आश्चर्यमा परेको थिए। अहिले उहाँहरुलाई मेरो क्षमता र कामबारे थाहा हुँदै होला ।
यो कुराले दुखित तुल्याएपनि डिप्रेसनचाँहि कहिल्यै भएन् ।
६. बारादेखि काठमाडौंको यात्रा गरिरहँदा सफल कलाकारको रुपमा स्थापित हुन्छु भनेर कहिले सोच्नुभएको थियो ?
लोभचाँहि थियो। ११ कक्षामा पढ्दा मेरो दिदीले ‘कन्टेम्पोररी डान्स वर्कसप’मा सहभागी हुने अवसर जुटाइदिएपछि अभिनय क्षमता देखेर म लोभिएको थिए।




