उक्त अध्ययनका क्रममा झन्डै दश मध्ये एक अस्ट्रेलियालीले समलिङ्गीहरूलाई समाजले स्विकार्नु पर्ने पक्षमा मत राखेका छन्।
सन् २०१७ को डिसेम्बरमा समलिङ्गी विवाहलाई कानुनी मान्यता दिइएको भए पनि तेस्रो लिङ्गीहरूको पक्षमा वकालत गर्नेहरू भने यस समुदायको अधिकार रक्षाका लागी अझ धेरै गर्न बाँकी रहेको बताउँछन्।
एलजीबीटिआईक्यु भन्नाले समलिङ्गी तथा तेस्रो लिङ्गी सम्पूर्णलाई जनाउँछ। तथापि केही संस्कृतिहरूमा वैकल्पिक लिङ्ग वा तेस्रो लिङ्गीलाई जनाउने कुनै उपयुक्त शब्द पाइँदैन।

समानता अस्ट्रेलियाका कानुनी निर्देशक गसन कासिसी यसलाई जन्मँदा मानिसहरूले बुझेको र देखेको लैङ्गिक अर्थ भन्दा फरक अवस्था हो भनी बुझाउँछन्।
अस्ट्रेलियामा समलिङ्गी कानुन विकास
बेलायती कानुनको प्रभावमा पहिले समलिङ्गी सम्बन्धहरू अस्ट्रेलियामा आपराधिक मानिन्थ्यो। सन् १९२४ सम्म न्यु साउथ वेल्समा यदि पुरुषहरूले समलिङ्गीसँग शारीरिक सम्बन्ध राखेको पाइएमा आजीवन कारावास सजाय दिइन्थ्यो।
त्यस्तै भिक्टोरियामा सोही क्रियाकलापका लागी सन् १९४९ सम्म पनि मृत्युदण्डको सजाय हुने गर्दथ्यो।
तर पनि दक्षिण अस्ट्रेलिया पहिलो राज्य बन्यो जसले सन् १९७५ मा आफ्नो कानुन परिमार्जन गरी समलिङ्गी सम्बन्धलाई आपराधिक क्रियाकलापका रूपमा नलिने निर्णय गर्यो।
र दक्षिण अस्ट्रेलियाको सिको गर्दै अन्य राज्यहरूले पनि यसलाई आपराधिक क्रियाकलाप मान्न छोडे र यसमध्ये टास्मेनिया यो सूचिमा अन्तिम बन्दै सन् १९९७ मा मात्र समलिङ्गी सम्बन्धलाई कानुनी मान्यता दियो।

सन् २००८ मा केभिन रड सरकारले समलिङ्गी जोडीहरू माथिको विभेद राख्ने सङ्घीय कानुनलाई हटायो, जस अन्तर्गत सुपरएनुएसन योजना, सामाजिक सुरक्षा, कर्मचारी क्षतिपूर्ति, कर, आप्रवासन, नागरिकता वितरण, वृद्ध स्याहार तथा स्वास्थ्य पर्दछ।
सरकारको सो निर्णयले यस समुदायको अहिलेको अवस्थासम्म ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको गसनको भनाइ रहेको छ।
सन् २०१७ मा पत्राचार मार्फत गरिएको राष्ट्रिय स्तरको सर्वेक्षण मा ६१.१ प्रतिशत जनसङ्ख्याले विवाहमा समानता हुनु पर्ने पक्षमा मत राखे, त्यस पछि मात्र समलिङ्गी जोडीहरूले अस्ट्रेलियामा कानुनी रूपमा वैवाहिक सम्बन्धमा बाँधिन पाउने भए।
र २०१८ को अप्रिल देखि त्यस्ता जोडीहरूले अस्ट्रेलिया भर बच्चा पनि अपनाउन पाउने भए।

लिभिङ्ग एण्ड लभिङ्ग इन डाइभरसिटि कि प्रमुख सम्पादक मारिया पालोट्टा- कियारोली यसरी त्यस्ता जोडीले बच्चा पनि राख्न हुर्काउन सक्ने बनाइनु समुदायका लागी महत्त्वपूर्ण कोशेढुंगा साबित भएको बताउँछिन्।
गसन कासिसी भन्छन् सबैले समान अवसर र अधिकार पाउन भन्नका लागी वृहद सामाजिक सुधार आवश्यक रहेको छ।
सन् १९७३ देखि मात्र अस्ट्रेलियाली मेडिकल सङ्घले समलिङ्गी हुनुलाई रोग वा स्वास्थ्य खराबीको सूचीबाट हटाएको थियो। कासिसीका अनुसार धेरै आप्रवासी समुदायहरूमा लैङ्गिकतालाई लिएर अझै पनि सङ्कुचित धारणा रहेको भन्दै यसले विश्वव्यापी समानता हुन बाट रोकेको बताउँछन्।
यो पनि पढ्नुहोस्

राधा ला बिया: एक हिन्दु समलिंगी पुरुषको बेग्लै पहिचान
"अहिले पनि अस्ट्रेलियाका धेरै आप्रवासी समुदायहरूमा प्रमुख अस्ट्रेलियाली समुदायले आज भन्दा ४० /५० वर्ष अगाडी गर्ने जस्तो छलफल हुन्छ। जस्तै समलिङ्गी हुनु मानसिक रोग होइन। यसलाई ठिक पार्न सकिँदैन वा यो सिक्ने कुरा पनि होइन। धेरै यस्ता गलत बुझाइहरू रहेका छन् विशेष गरेर भर्खरै अस्ट्रेलिया आएका मानिसहरूमा।"
सामाजिक चुनौती
सन् २०१८ मा मानव अधिकार कानुन केन्द्र, ला ट्रोब विश्वविद्यालय र गे तथा लेजबियन स्वास्थ्य भिक्टोरियाले गरेको संयुक्त अध्ययनले १० प्रतिशत लेजबियन, गे, बाइसेक्सुअल, ट्रान्सजेन्डर, इन्टरसेक्स र क्वेर अस्ट्रेलियालीहरू लाई आफ्नो लैङ्गिक प्राथमिकता स्विकार्न निकै गाह्रो हुने गरेको देखाएको छ।
यो धेरैका लागी अत्यन्त पीडादायक प्रक्रिया हो, पूर्व पादरी समेत रहेका एण्ड्रे अफामसगा पनि बर्से देखि आफ्नो लिङ्ग परिवर्तन गर्न चाहन्थे तर उनको लागी त्यो अत्यन्त गाह्रो भयो।
यो समलिङ्गी हुनु भनेको बिग्रिएको र केही खराबी हो भन्ने सोचाइ हो, र यदि तपाई समलिङ्गी हुनुहुन्छ भने तपाईँमा केही दोष छ, तपाई बिग्रिएको चिज हो जसलाई भगवानले ठिक पार्नु पर्ने हुन्छ।
एक क्रिस्चियन र मायाले भरिएको समोआ परिवारमा जन्मी हुर्केका भए पनि एण्ड्रेले आफ्नो जीवनको अधिकांश समय लाज र दोषी मानसिकताका साथ बिताउनु पर्यो।
राष्ट्रिय एलजीबीटिआई स्वास्थ्य गठबन्धनले गरेको एक अध्ययनले तेस्रो लिङ्गी १६ देखि २७ वर्षका युवाहरूले आफ्नो जीवनभरमा आत्महत्या प्रयास गर्ने सम्भावना अन्य युवाहरूको भन्दा पाँच गुणा बढी रहने गरेको छ।

धार्मिक पृष्ठभूमिका एण्ड्रे लाई समेत आफ्नो धर्म र समलिङ्गी हुनु बिच सम्बन्ध बनाउन नसक्दा एक पटक जीवन अन्त्य गर्ने बारेमा पनि सोच्नु परेको थियो।
"पन्ध्र वर्ष आफूलाई सामान्य बनाउन खोज्दा, म दुखी थिए, निकै तुच्छ महसुस गर्थे र म भर्खर ४० वर्षको भएको थिए र मलाइ अनुभव भयो कि सामान्य बन्ने यति धेरै मेहनत र सही काम गर्ने प्रयासका बावजुत पनि आफूले चाहेको जस्तो परिवर्तन पाउन सकिन। र यति धेरै वर्ष देखि आफूलाई एक्लो महसुस गरेको अब मैले जीवनभर गर्नु पर्छ भन्ने सोचाइ आउँदा मा भित्र आत्महत्या गर्ने सोचहरू आउन थालेका थिए।"
र त्यही अनुभव र सोचाइले गर्दा उनले अन्ततः आफ्नो प्राथमिकता र लैङ्गिक पहिचानलाई सार्वजनिक गर्ने निर्णय लिए।
सन् २०१४ को फेस द फ्याक्ट को तथ्याङ्कलाई अस्ट्रेलियाको मानव अधिकार आयोगले सार्वजनिक गरेको थियो। र उक्त तथ्याङ्कमा १० मध्ये ६ जना तेस्रो लिङ्गीहरूले गाली गलौजको सिकार हुनु पर्दछ भने १० मध्ये २ जनाले लैङ्गिकताका कारण शारीरिक आक्रमणको सामना गर्नु पर्दछ।
जसमा जन्मँदा महिलाका रूपमा जन्मेर पछि पुरुष बन्नेहरू (ट्रान्सजेन्डर पुरुष) सबैभन्दा बढी हिंसाको सिकार हुन्छन् भने, त्यसपछि जन्मँदा पुरुष तर पछि महिला बन्ने (ट्रान्सजेन्डर महिला) हरू यस्ता विभेदको सिकार हुने गरेको देखिन्छ।
यस समुदाय अन्तर्गतका १०० मध्ये ११ जना अस्ट्रेलियालीहरूले पर्याप्त सामाजिक तथा स्वास्थ्य सेवा प्राप्त गरुन् भन्ने सुनिश्चित गर्न समानता अस्ट्रेलियाले आफ्नो लैङ्गिक पहिचानलाई पनि जनगणनामा राखिनु पर्ने वकालत गर्दै आएको छ।

एलजीबीटिआईक्यु मा क्यु जसको अर्थ क्वेर वा प्रश्न भन्ने हुन्छ त्यसमा विशेष गरी अश्वेत मानिसहरू पर्ने गर्दछन्, जो पहिले नै छालाको रङ्गका कारण विभेदको सिकार हुने गर्दछन्।
न्युरोसाइकोलोजिस्ट डा. जुडी ट्यांग अस्ट्रेलियाली एलजीबीटिआईक्यु बहु सांस्कृतिक परिषद् (एजीएमसी) कि अध्यक्ष पनि हुन्।
र उनी भन्छिन् बहु सांस्कृतिक पृष्ठभूमिका तेस्रो लिङ्गीहरूले बहु सांस्कृतिक समुदायमा जाँदा बहु सांस्कृतिक व्यक्तिका रूपमा मात्र जानु पर्छ भने तेस्रो लिङ्गी समुदायमा तेस्रो लिङ्गीका रूपमा मात्र।
"त्यसैले यस्तो लाग्छ कि हामी (बहु सांस्कृतिक पृष्ठभूमिका तेस्रो लिङ्गी) ले कहिले पनि शत प्रतिशत आफू हुन पाउँदैनौँ।"

अस्ट्रेलियाको बहु सांस्कृतिक तेस्रो लिङ्गी समुदायका सम्बन्धमा धेरै अध्ययनहरू गरेकी डिकिन विश्वविद्यालयको स्वास्थ्य र सामाजिक विकासकी वरिष्ठ प्रशिक्षक मारिया पलोट्टा सामाजिक परिवर्तन परिवार बाट सुरु हुनेमा जोड दिन्छिन्।
यदि तपाई वा तपाइले चिनेको कोही सहयोगको खोजीमा हुनुहुन्छ भने लाइफलाइन क्राइसिस सपोर्टको १३१११४ नम्बरमा फोन गर्नुहोस् त्यस्तै १८००Respect को १८०० ७३७ ७३२ मा फोन गर्नुहोस्, बालबालिकाका वा ५ देखि २५ वर्षका हरूको लागी १८०० ५५ १८०० मा फोन गर्नुहोस्।
अथवा अन्य जानकारीका लागी Beyond Blue.org.au वा lifeline.org.au मा जानुहोस्।
यो पनि पढ्नुहोस्

अस्ट्रेलियन “मार्डि ग्रा” किन खास छ त?




