Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

'साइबर वार्डेन': साना व्यवसायीहरूलाई साइबर हमलाबाट जोगाउन नयाँ पहल

Cyber security

साइबर सुरक्षामा सुधार ल्याउनका लागि अस्ट्रेलियाका केही ठुला बैङ्क, दूरसञ्चार सेवा दिइरहेको संस्था र साना व्यवसायीहरूको परिषद् मिलेर नयाँ पहलको सुरुवात गरेका छन्।


Published

Updated

By Deborah Groarke

Presented by Krishna Pokhrel

Source: SBS



Share this with family and friends


साइबर सुरक्षामा सुधार ल्याउनका लागि अस्ट्रेलियाका केही ठुला बैङ्क, दूरसञ्चार सेवा दिइरहेको संस्था र साना व्यवसायीहरूको परिषद् मिलेर नयाँ पहलको सुरुवात गरेका छन्।


अस्ट्रेलियालीहरुको जीवन शैलीको एक महत्त्वपूर्ण भागमा रूपमा इन्टरनेट रहँदै आएको छ।

सामाजिक रूपमा घुलमिल हुन होस् या चाहे व्यवसाय गर्न अनलाइनलाई महत्त्वपूर्ण पुलका रूपमा उनीहरूले प्रयोग गर्दै आइरहेका छन्।

तर अनलाइन प्रतिको निर्भरता बढ्दै जाँदा यसलाई अझ बढी सुरक्षित राख्नु पर्ने दबाब अस्ट्रेलियाली सरकारको साइबर सेक्युरिटी सेन्टरलाई छ।

सेन्टरका महानिर्देशक डेरेक बोपिङ्गका अनुसार अपराधीहरू अरूको पैसा हात पर्नका लागि हरदम प्रयत्न गरी रहेका हुन्छन्।

“हामीले दिने सन्देश पहिले र अहिलेको उस्तै नै छ, साइबर अपराधीहरू तपाईँको इमेल ह्याक गरेर वा विभिन्न सफ्टवेयर प्रयोग गरेर होस्, हरदम प्रयासरत हुन्छन्,” बोपिङ्ग भन्छन्।

ठुलो कम्पनी माथि आक्रमण भएर, यसका बारेमा चर्चा सुरु भएता पनि साना व्यवसायहरू यसको झनै जोखिममा रहने गरेको बोपिङ्गको भनाई छ।

तथ्याङ्कले पनि अस्ट्रेलियामा हुने साइबर अपराधका घटना मध्ये करिब ४३ प्रतिशत साना व्यवसायहरू प्रति लक्षित हुने गरेको देखाउँछ।

Cyber bullying
Source: SBS

यसका पछाडि ठुलो कारण रहेको बोपिङ्गको भनाई छ।

“अस्ट्रेलियामा साना तथा मझौला व्यवसायले करिब ५० लाख मानिसहरूलाई रोजगारी दिएको छ, गत आर्थिक वर्षमा अर्थतन्त्रमा यसले ४३८ अर्ब डलरको योगदान दिएको छ, यसै कारण पनि उनीहरू अपराधीहरूको निशानामा पर्छन्,” उनले भने।

यता सङ्घीय प्रहरीका क्रिस गोल्डस्मिथका अनुसार साइबर अपराधीले व्यवसायी इमेलहरू आफ्नो सजिलो हतियारका रूपमा प्रयोग गर्छन्।

उनका अनुसार गत वर्ष ६७,००० साइबर आक्रमण दर्ता भएका छन् र ती मध्ये एक तिहाइ धोका धडी वा व्यवसायीक इमेल प्रयोग गरी भएका अपराध छन्।

“सरल भाषामा भन्दा, विलहरू भुक्तानी गर्दा विश्वासिला स्रोतको प्रयोग गरी पैसा अन्यत्रै पठाइन्छन्,” उनले भने।

तर सबैभन्दा चासोको विषय त यो छ कि धेरै व्यवसायहरू सम्भावित आक्रमणका लागि तैयार अवस्थामा बसेका छैनन्।

काउन्सिल अफ स्मल बिजनेसले गरेको एक सर्वेक्षणका दौरान ५९ प्रतिशत व्यवसायले आफ्नो साइबर सुरक्षा 'ठिकै मात्र रहेको', 'सुधार गर्न सकिने' वा 'अत्यन्तै कमजोर' रहेको प्रतिक्रिया दिएका छन्।

र यसैमा सुधार ल्याउनका लागि अस्ट्रेलियाका केही ठुला बैङ्क, दूरसञ्चार सेवा दिइरहेको संस्था र साना व्यवसायीहरूको परिषद् मिलेर नयाँ पहल थालिएको छ जसको नाम “साइबर वार्डेन” दिइएको छ।

कमन वेल्थ बैङ्क, टेलेस्ट्रा, र साना व्यवसायको परिषद् काउन्सिल अफ स्मल बिजनेस अफ अस्ट्रेलिया (कोस्वा) मिलेर उक्त अभियान थालिएको हो।

उक्त काउन्सिलकी कार्यकारी प्रमुख एलेक्सी बोयड कार्यक्रमले साना व्यवसायीहरुलाई डिजिटल सुरक्षाका बारेमा ज्ञान दिने आशा राखेको बताउँछिन्।

यता ब्रुस बिल्सन साना व्यवसायका बारेमा परेका उजुरीहरू हेर्ने अब्बुड्सम्यान हुन्।

उनका अनुसार साइबर हमलाको नतिजा सानैमा सीमित हुन्छ भन्ने हुदैन्।

“यस्ता अपराधका सिकार बनेका साना व्यवसायीलाई त्यसबाट छुटकारा पाउनै लगभग ९,००० डलर खर्च हुन्छ। कतिपयले क्षति बेर्होन सक्दैनन् भने आफ्ना ग्राहकहरूको विश्वास पनि गुमाउँछन्, व्यवसाय नै बन्द गर्नु पर्ने अवस्थासम्म पुग्छन्,” उनले भने।

उनी साना व्यवसायहरूलाई यसबारे सचेत गराउने योजनालाई स्वागत गर्छन् तर साना व्यवसायमा आबद्ध करिब एक तिहाइ मानिसहरू आप्रवासी पुष्ठभूमीका भएको कुरालाई हेक्का राख्न पनि अनुरोध गर्छन्।

“अधिकांस सन्देशहरू जटिल भाषामा हुने भएकाले आप्रवासीहरूका लागि अप्ठेरो हुन सक्छ, सांस्कृतिक रूपमा विभिन्न पुष्ठभूमीका मानिसलाई समेट्ने कोसिस गर्नु पर्दछ,” उनले भने।

यता एलेक्सी बोयड भने सानो रूपमा सुरु हुने 'साइबर वार्डेन'को प्रभाव भने ठुलो पर्ने आशा राख्छिन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now